राष्ट्रिय

  • news

    प्रधानमन्त्री देउवा छैटौँ पटक विजयी

    डडेल्धुरा, २४ मंसिर , डेल्धुराबाट प्रधानमन्त्री तथा नेपाली काँगे्रसका सभापति शेरबहादुर देउवा विजयी हुनुभएको छ । प्रधानमन्त्री देउवा डडेल्धुराबाट छैटौँपटक विजयी हुनुभएको हो । देउवाले २८ हजार ४४ मत ल्याएर विजयी हुनुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी वाम गठबन्धनका उम्मेदवार माओवादीका खगराज भट्टले २१ हजार ११५ मत ल्याएर पराजित हुनुभएको हो । माओवादीका भट्ट...

  • news

    को हुन् पहिलो निर्वा्चित महिला सांसद कमला रोका ?

    काठमाडौँ, २२ मंसिर ः नेकपा (माओवादी केन्द्र)का उम्मेदवार कमला रोका पूर्वी रुकुमबाट प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको पहिलो निर्वा्चित महिला सांसद बन्नुभएको छ । कान्छो जिल्लाको रुपमा परिचित पूर्वी रुकुमबाट विजयको खाता खोलेर वाम गठबन्धनका उम्मेदवार रोकाले संघीय नेपालको नयाँ यात्रा शुरु गर्नुभएको छ । माओवादीले सञ्चालन गरेको सशस्त्र संघर्षमा महिला छापामारको रुपमा...

  • हुम्लामा बामगठबन्धनका दलबहादुर रावल बिजयी ।

    हुम्ला, २२ मंसिर                  जिल्लामा प्रदेशसभा ‘क’ मा वाम गठबन्धनका तर्फबाट एमालेका दलबहादुर रावल सात हजार १५८ मत ल्याई विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका थानबहादुर रोकायाले चार हजार ८११ मत प्राप्त गर्नुभयो । अहिले प्रदेश ‘ख’ को मत गणना शुरु भएको मुख्य निर्वाचन अधिकृत मोहनीप्रसाद पौडेलले जानकारी दिनुभयो...

  • news

    संकटमा कांग्रेसः देउवाले राजीनामा देलान् ?

    धेरै मानिसहरुले यसलाई हतारमा गरिएको विश्लेषण ठान्न सक्छन् । तर, मतगणनाको सुरुआती रुझानले के देखाइसकेको छ भने यो चुनावमा कांग्रेसले शर्मनाक हार व्यहोर्ने र वाम गठबन्धनले सुविधाजनक बहुमत पाउने पक्कापक्की जस्तै छ । कांग्रेस नेता बालकृष्ण खाँडको दाबीअनुसार पहिलो चरणमा मंसिर १० गते चुनाव भएका ३२ जिल्लामा माओवादी र एमालेले बढी सिट जिते पनि दोस्रो चरणमा चुनाव भएका ४५...

  • शव बोकेरै मतदान गर्न केन्द्रमा पुगे मलामी

     मंसिर २१, २०७४, पाल्पा जिल्लाको रिब्दीकोट गाउँपालिका–७, मैनादीको हर्केडाँडाकी एक महिलाको मृत्यु भएपछि शव बोकेरै मतदान केन्द्रमा मलामी मतदान गर्न पुगेका छन् । हर्केडाँडाकी १०१ वर्षीया लिलाकुमारी गैरेको आज बिहान मृत्यु भएपछि मलामी शव बोकेर नै मतदान केन्द्रमा पुगेर मृतकका छोरा युद्धराज गैरेले बतासे मतदान केन्द्रमा मतदान गरेका छन् ।  उनीलगायत १६ जना मलामीले बतासे...

  • सप्तरीबाट बाम गठबन्धनका उम्मेदवार यादवको उम्मेदवारी खारेज ।

    सोलु एफ एम÷सप्तरी, मंसिर २०   सर्वोच्च अदालतले प्रतिनिधिसभातर्फ सप्तरीबाट वाम गठबन्धनका उम्मेदवार शिवपुजन यादवको उम्मेदवारी खारेज गर्ने निर्वाचन आयोगको निर्णयलाई सदर गरेको छ ।  न्यायाधीशद्वय दीपकराज जोशी र डम्बरबहादुर शाहीको संयुक्त इजलासले आज यादवको उम्मेदवारी खारेज गर्ने आयोगको निर्णयलाई सदर गरेको हो ।  यादव कूटनीतिक राहदानी दुरुपयोगमा विशेष...

  • दोस्रो चरणमा हुने निर्वाचनको तयारी पुरा, ढुक्क भएर मतदान गर्नुहोस ः प्रमुख आयुक्त ।

    सोलु एफ एम  मंसिर २०, २०७४ ः काठमान्डौ । निर्वाचन आयोगले भोलि हुने दोस्रो चरणको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । दोस्रो चरणको निर्वाचनको पूर्वसन्ध्यामा बुधबार राजधानीमा पत्रकार सम्मेलन गरी प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले ४५ जिल्लामा बिहीबार हुन लागेको निर्वाचनको तयारी पूरा भएको जानकारी दिएका हुन् । प्रमुख...

  • news

    काठमाडौंमा पानी पर्‍यो, मनाङमा हिमपात

    २० मंसिर–मौसम बदलीका कारण काठमाडौं उपत्यकामा हल्का पानी परेको छ । मनाङ लगायतका हिमाली जिल्लामा भने हिमपात भएको छ । मौसमविद समीर श्रेष्ठले काठमाडौं र ललितपुरमा हल्का पानी परेको जानकारी दिए । उनका अनुसार भक्तपुरमा भने पानी परेको छैन । यस्तै पश्चिम नेपालका धेरैजसो हिमाली बस्तीमा हिउँ परेको श्रेष्ठले बताए । उनले भने, ‘हिउँ कहाँ-कहाँ कति पर्‍यो भनेर नाप्ने कण्डिसन...

  • शिवपुजनको रिटमा सर्वोच्चले माग्यो लिखित जवाफ

    उम्मेदवार खारेज गर्ने निर्वाचन आयोगको निर्णयविरुद्ध सर्लाही ४ का वाम गठबन्धनका उम्मेदवार शिवपुजन राय यादवले दायर गरेको रिटमा सर्वोच्च अदालतलले कारण देखाउ आदेश जारी गरेको छ ।   न्यायाधीश दिपकराज जोशीको इजलासले लिखित जवाफ माग गर्दै अन्तरिम आदेश जारी गर्ने नगर्नेबारे छलफल का लागि भोलि नै बोलाएको छ । पहिलो संविधानसभामा फोरमका सांसद रहेका शिवपुजनलाई रातो पासपोर्ट...

  • news

    बम बिस्पोटमा परेका गगनले भने, ‘संयोगले बाँचे’

    १८ मंसिर–काठमाडौंको चपलीमा पूर्वस्वास्थ्यमन्त्री गगन थापालाई लक्षित गरेर बम विस्फोट भएको छ । विस्फोटमा काठमाडौं ४ का उम्मेदवार थापासहित ११ जना घाइते भएका छन् । उनीहरु मध्ये चारको अवस्था गम्भीर छ । शिक्षण अस्पतालमा उपचारपछि गगन थापा अहिले डिस्चार्च भईसकेका छन् । घरदैलो अभियानका क्रममा सडकमा हिडिँरहँदा विस्फोट भएको थापाले बताए । भने, ‘घरदैलो निर्धारित समयभन्दा ढिला...

  • दोस्रो चरणमा कति मत खस्ला ?

    मंसिर १७ – पहिलो चरणमा भएको मंसिर १० को चुनावमा ३२ जिल्लाका मतदाताले हालेको मतको बाकस मंसिर २१ गते ५ बजेदेखि खुल्न थाल्नेछ । बाकस खुल्न थालेपछि धेरैको धड्कन रोकिने नतिजा पनि आउन थाल्नेछ । किनकी पहिलो चरणको चुनावमा उठेका ७ सय २ जना उम्मेदवार मध्ये ३७ जनाले प्रतिनिधिसभामा र ७४ जनाले मात्र प्रदेशसभामा जित्ने छन् । बाँकी ५ सय ९१ जना उम्मेदवार हार्ने निश्चित छ । पहिलो चरणमा...

  • news

    ‘मृत्यु भएका १७ र विदेश गएका २२ जनाले भोट हाले’

    धादिङको रुबीभ्याली गाउँपालिका–४ बोरोङका उत्तम तामाङ अहेव हुनुहुन्छ । उहाँलाई मंसिर १० गते भएको प्रतिनिधिसभा र प्रदेशसभा चुनावको पहिलो चरणमा सरकारले कर्मचारीको रुपमा तिप्लिङमा खटाएको थियो । उहाँ चुनाव गराउन जानुभयो । मंसिर १० गते तिप्लिङमा चुनाव गराइरहँदा उहाँको नाममा मुक्रावदेवी मावि मतदान केन्द्रबाट भोट खस्यो । अफ्नो नाममा भोट खसेको तामाङलाई जानकारी छैन...

  • आज सार्वजनिक बिदा

    १५ मंसिर–सरकारले इस्लाम धर्मका प्रवर्तक हजरत मुहम्मद सल्ललल्लाहो अलैहे वोसल्लमको जन्मदिनको अवसरमा शुक्रबार विदा दिएको छ। उनी इस्लाम धर्मका प्रवर्तक र अल्लाहका अन्तिम शन्देशवाहक मानिन्छन्। हजरत मुहम्मदको जन्मदिन नेपालका मुस्लिम समुदायले पनि श्रद्धापूर्वक मनाउने गर्छन् ।   शुक्रबार सबै सरकारी कार्यालय, विदेशस्थित नेपाली नियोगहरुमा समेत सार्वजनिक विदा दिने...

  • भारतले निर्यातमा अंकुश लगाएपछि प्याजको मूल्य छोइनसक्नु

    गत शुक्रवार कालिमाटी तरकारी तथा फलफूल बजारमा प्रतिकिलो ८५ रुपैयाँमा प्याज खरिद गरेका उपभोक्ताले त्यसको भोलिपल्टै ११५ रुपैयाँ तिरे । त्यसयता मंगलबार फेरि प्याजको भाउ बढेर प्रतिकिलो १२५ रुपैयाँ पुगेको छ ।   यो कालिमाटी तरकारी बजारभित्रको भाउ हो । बजारमा त अहिले प्याजको भाउ प्रतिकिलो १५० रुपैयाँसम्म पुगेको छ । एक महिनाअघि प्रतिकिलो ७५ रुपैयाँसम्ममा प्याजको खरिद...

  • news

    उदयपुरमा बम विष्फोट : कांग्रेस उम्मेदवार कार्कीसहित ६ जना घाइते

    उदयपुरको दनुवारबेसीमा उम्मेदवारलाई लक्षित गरेर बम विस्फोट भएको छ । विस्फोटमा परि प्रतिनिधिसभाका लागि क्षेत्र नम्बर २ मा कांग्रेसका उम्मेदवार नारायणबहादुर कार्कीसहित ६ जना घाइते भएका छन् । उहाँको चुनाव प्रचारमा प्रयोग भएको बा १५ च ७८०६ नम्बरको गाडीलाई लक्षित गरी बम विस्फोट भएको हो । विस्फोटमा परि घाइते हुनुभएका कांग्रेस उम्मेदवार कार्कीको अवस्था गम्भीर रहेको उदयपुरका...

सामाजिक संजाल

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Solududhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org