राष्ट्रिय

  • मतदाता शिक्षा प्रभावकारी बनाउन प्रधानमन्त्री देउवाको आग्रह

    प्रधानन्त्री शेरबहादुर देउवाले आगामी मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा चुनावका लागि मतदाता शिक्षा प्रभावकारी बनाउन आग्रह गरेका छन् ।   शुक्रबार आफ्नै निवास बालुवाटारमा निर्वाचन आयुक्तहरुसँगको भेटमा प्रधानमन्त्रीले मताधिकार लोकतान्त्रमा सबैभन्दा महत्वपूर्ण विषय भएको अधिकतम मत खस्ने र न्युन मत बदर हुनेगरी मतदाता शिक्षा प्रभावकारी बनाउन आग्रह गरेका...

  • news

    कमलादीबाट पक्राउ परेका भारतीय नागरिकको साथबाट पञ्जाब प्रहरीको परिचयपत्र बरामद

     काठमाडौंको कमलादीबाट पक्राउ परेकामध्ये एकजनाको साथबाट पञ्जाब प्रहरीको परिचय पत्र बरामद भएको छ । यससँगै प्रहरीको अनुसन्धानले पनि नयाँ मोड लिएको छ । बुधबार कमलादीको एक रेष्टुरेन्टमा विवाद भएपछि गोली चलेको थियो । गोली चलाउनेमध्येका २ जनालाई प्रहरीले तत्कालै नियन्त्रणमा लिएको थियो । शुरुमा उनीहरु भारतीय सार्प सुटर रहेको प्रहरीले जानकारी दिएको थियो । खानतलासीको...

  • news

    नारायणगढ–मुग्लिन सडक : दैनिक ८ घण्टा बन्द नगरे काम गर्न कठिन हुने आयोजनाको भनाई

    दसैँदेखि छठ पर्वसम्मलाई लक्षित गरी २४ घण्टा खुला गरिएको नारायणगढ–मुग्लिन सडकखण्ड अब के गर्ने भन्ने विषयमा अन्यौल देखिएको छ । दिउँसोको समयमा सडक बन्द गरेर काम नगरे तोकिएको समयमा निमार्ण कार्य नसकिने आयोजनाले बताएको छ भने प्रशासनले एकतर्फी मात्र सडक बन्द गरेर काम गर्न सुझाव दिएको छ । आयोजनाले एकतर्फी बन्द गर्दा काम गर्न झन कठिन हुने बताएको छ ।  नारायणगढ–मुग्लिन सडक...

  • news

    प्रतिक्रियावादी राज्यसत्ता भन्दै गाडी चढे बालकृष्ण ढुंगेल

    प्रहरीले पक्राउ गरेका माओवादी केन्द्रका नेता बालकृष्ण ढुंगेललाई डिल्लीबजार कारागार चलान गरिएको छ । मंगलबार बिहान सातदोबाटोबाट पक्राउ परेका नेता ढुंगेललाई जिल्ला अदालत काठमाडौंले फैसला कार्यान्वयनका लागि डिल्लीबजार कारागार पठाएको हो ।  ढुंगेललाई दोषी ठहर गरेको फैसला जिल्ला अदालत ओखलढुंगाबाट फ्याक्समार्फत मगाएर छलफलपछि काठमाडौं जिल्ला अदालतले ढुंगेललाई...

  • गुल्मी दुर्घटना : मृतकको संख्या ९ पुग्यो, ८ घाइते, ५ जनाको सनाखत हुन बाँकी

    वुटवलबाट गुल्मीको सदरमुकाम तम्घासका लागि छुटेको माइक्रोबस गुल्मीको बिरवासमा दुर्घटना हुँदा ९ जनाको ज्यान गएको छ । सोमबार बिहान तम्घासका लागि छुटेको बा ४ ख ५५०१ नम्बरको माइक्रोबस  गुल्मी दरबार गाउँपालिका वडा नम्बर ४ मा दुर्घटनामा परेको थियो ।  दुर्घटनामा ९ जनाको ज्यान गएको र ८ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक अनुरागकुमार द्धिबेदीले...

  • news

    प्रत्यक्षतर्फको मतपत्र छुट्टाछुट्टै छाप्ने आयोगको निर्णय

    निर्वाचन आयोगले मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा चुनावका लागि प्रत्यक्षतर्फको मतपत्र दुईवटा छाप्ने निर्णय गरेको छ । आयोगले एउटै पानामा माथिल्लो भागमा प्रतिनिधिसभा र तल्लोभागमा प्रदेशसभाको मतपत्र छाप्ने तयारी गरे पनि सर्वोच्च अदालतको आदेशका कारण अब छुट्टछुट्टै पानामा मतपत्र छाप्ने निर्णय गरेको हो । निर्वाचन आयोग उच्च स्रोतले उज्यालो अनलाइनसँग भन्यो,...

  • news

    प्राधिकरणका सिइओ भुसाल र जापानका राजदूत ओगावाबिच भेट

    नेपालका लागि जापानका राजदूत मासासी ओगावाले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका नवनियूक्त प्रमुख कार्यकारी अधिकृत (सिइओ) युवराज भुसालसँग भेट गर्नुभएको छ । सिंहदरवारमा भएको भेटमा राजदूत ओगावाले हनुमानढोका, पाटन दरवार स्क्वायर र देवी तलेजु मन्दिर पुनर्निर्माणबारे चासो राख्नुभयो । सम्पदा पुनर्निर्माणमा जापानले गरेको सहयोग अनुसार काम अघि बढ्न नसकेकोप्रति चिन्ता व्यक्त...

  • चुनावको तयारी तिव्र, एक सय २८ क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय खुल्यो

    दोस्रो चरणमा मंसिर २१ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालय बिहीबारदेखि ४५ जिल्लामा खुलेका छन् । निर्वाचन आयोगमा रहेको संयुक्त निर्वाचन परिचालन केन्द्र (जेइओसी) बाट प्राप्त जानकारी अनुसार सबै मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतका कार्यालयहरु बिहीबारदेखि सञ्चालनमा आएका हुन् । दोस्रो चरणमा...

  • साउदीमा आवास अनमुति र श्रम सम्बन्धी नियम अवज्ञा गर्नेलाई यस्तो सजाय हुन्छ (भिडियो)

    राजतन्त्रात्मक शासन व्यवस्था भएको साउदीको कानुन इस्लामिक धार्मिक कानुन सारियामा आधारित छ ।  सारिया अति कट्टर र कठोर कानुन मानिन्छ । मुस्लिम धर्ममा गर्न नहुने भनिएका कुनै पनि काम गरेमा साउदीमा कडा दण्ड दिइन्छ । त्यसैले कामदारका रुपमा साउदी जानेहरुले सारिया कानुन उल्लंघन गर्न नहुने कुरामा विशेष सतर्क रहनुपर्छ ।  कमाई धेरै नभए पनि साउदी अरव नेपाली कामदारको तेश्रो...

  • news

    गोविन्द केसीकै मान्छे शंकाको घेरामा, उत्तरपुस्तिका सीआइबीले जाँच्दै

    ७ कात्तिक, काठमाडौं । मेडिकल माफियाविरुद्ध गुणस्तरीय मेडिकल शिक्षाको मुख्य बटमलाइन बनाएर शुरु भएको डा.गोविन्द केसीको अनसनको १३औं श्रृंखला भर्खरै सकिएको छ । तर, मेडिकल शिक्षाको प्रवेशद्वारमै भएको ‘माफिया सेटिङ’ भने केसीको आन्दोलनको विषय बन्न सकेन । संयोग नै मान्नुपर्छ, एमबीबीएस प्रवेश परीक्षाको प्रश्नपत्र आउट गर्ने गिरोहका केही प्रमुख सदस्यहरु डा.केसीको अनसन...

  • news

    पुनर्निर्माण प्राधिकरणमा तेस्रो सीईओ, भुसालसामु चुनौतीका चाङ

    भूकम्पपछिको पुनर्निर्माणका लागि गठित राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका तेस्रो प्रमुख कार्यकारी बनेका छन्, युवराज भुसाल । सुरुमा राष्ट्रिय योजना आयोगका उपाध्यक्षसहित डा. गोविन्द पोखरेललाई प्राधिकरणको प्रमुख कार्यकारीको जिम्मेवारी दिइएको थियो । अध्यादेशमार्फत् भएको उक्त व्यवस्थाले निरन्तरता नपाएपछि एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारले सुशील ज्ञवालीलाई...

  • news

    चुनावका लागि सबै प्रकारको सहयोग उपलब्ध हुनेछ–प्रधानमन्त्री

    प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य चुनाव तोकिएको मितिमा सम्पन्न गर्न सरकारका तर्फबाट सबै प्रकारको सहयोग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।  प्रधानमन्त्री देउवाले बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा निर्वाचन आयोगका पदाधिकारीसँगको भेटमा तोकिएको मितिमा चुनाव गर्न निर्वाचन आयोगलाई आवश्यक पर्ने सबै प्रकारको सहयोग...

  • भक्तपुरमा चालक अनुमति पत्रको ट्रायल परीक्षा सुरु

    यातायात व्यवस्था कार्यालय भक्तपुरले बुधबारदेखि चारपाङ्ग्रे गाडीको  चालक अनुमति पत्र लाइसेन्सको ट्रायल परीक्षा सुरु गरेको छ ।  भक्तपुरमा कार्यालय संचालन गरेपछि चार पाङ्ग्रे गाडीको लिखित परीक्षा र अरु सेवा दिदै आएपनि बुधबाट चारपाङ्ग्रेको ट्रायल परीक्षा शुरु भएको हो । यसअघि गत शनिबारदेखि मोटरसाइकल र स्कुटरको चालक अनुमति पत्र लाईसेन्सको ट्रायल परीक्षा शुरु गरिएको...

  • news

    यस्तो छ टेलिकमको तिहार तथा छठ विशेष छुट र अफर

    दसैँमा विभिन्न अफर र छुटको योजना ल्याएको नेपाल टेलिकमले तिहार तथा छठ पर्वको अवसरमा पनि छुट तथा अफर उपलब्ध गराएको छ । टेलिकमले तिहार तथा छठको अवसरमा कात्तिक १ देखि १५ गतेसम्म प्रयोग गर्न सकिने गरी विभिन्न अफर उपलब्ध गराएको हो । १. रिचार्जमा बोनस: जिएसएम तथा सिडिएमए प्रिपेड मोबाइलमा रिचार्ज कार्डमार्फत रिचार्ज गर्दा बोनस उपलब्ध गराइएको छ । ५०, १ सय ,२ सय, ५ सय र १ हजार...

  • news

    कांग्रेसका समानुपातिक उम्मेदवार ८८ किलो सुन तस्करीको आरोपमा पक्राउ

    चीनबाट सुन तस्करी गर्ने गरेको आरोपमा प्रहरीले नेपाली कांग्रेसको समानुपातिक उम्मेदवारको सूचीमा परेका एक व्यक्तिलाई पक्राउ गरेको छ ।  रसुवाका मानबहादुर तामाङलाई ८८ किलो सुन तस्करीमा संलग्न रहेको आरोपमा सोमबार काठमाडौंको बालाजुबाट पक्राउ गरिएको अपराध महाशाखाका एसपी नरेन्द्र उप्रेतीले जानकारी दिनुभयो । यसअघि पनि विभिन्न समयमा तामाङको चिनियाँ तस्करसँग सम्बन्ध...

सामाजिक संजाल

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Solududhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org