राष्ट्रिय

  • news

    गणपुरक संख्या नपुग्दा संसद बैठक स्थगित

    गणपुरक संख्या नपुगेपछि व्यवस्थापिका संसद बैठक स्थगित भएको छ ।   शुक्रबारको बैठकमा भूमिसुधारमन्त्री गोपाल दहितले समाजिक न्याय तथा मानवअधिकार समितिको प्रतिवेदनसहित मधेसी आयोग विधेयकमाथि छलफल गरियोस् भन्ने प्रस्ताव पेश गरे । तर, नेमकिपाका सांसद प्रेम सुवालले गणपुरक संख्या नभएको भन्दै नियमापत्ति जनाए । सभामुख ओनसरी घर्ती मगरले प्रक्रियामा गइसकेको भन्दै बैठक अघि...

  • news

    राजपाको मुख्य निशानामा माओवादी केन्द्र !

    राष्ट्रिय जनता पार्टीले स्थानीय तहको चुनावका लागि घोषणा पत्र सार्वजनिक गरेको छ । बिहीबार पार्टी कार्यालय बबरमहलमा अध्यक्ष मण्डलका नेताहरुले संयुक्त रुपमा घोषणा पत्र सार्वजनिक गरेका हुन् । घोषणा पत्रमा अन्य पार्टीबारे राजपा नेपालको दृष्टिकोण पनि समावेश छ, जसमा एमाले भन्दा माओवादीप्रति बढी आक्रामक देखिएको छ ।   माओवादी केन्द्रले लोकतान्त्रिक प्रणालीमाथि विश्वास...

  • news

    भृकुटीमण्डपमा ‘दसैँको बेला सस्तो मेला’ सुरु

    काठमाडौंको भृकुटीमण्डपमा ‘दसैँको बेला सस्तो मेला’ सुरु भएको छ । ६ दिनसम्म चल्ने स्टक क्लियरेन्स मेलामा कपडा, जुत्ता, हस्तकाला, विद्युतीय सामग्री र फिटनेसका एक सय भन्दा धेरै स्टलहरु राखिएका छन् ।   दसैँमा चाहिने सबै सामग्री एकैठाउँमा उपलब्ध गराउने उद्देश्यले मेला आयोजना गरिएको इभेन्ट सोलुसनका मेला संयोजक दिपेश जोशीले जानकारी दिनुभयो । मेलाको उद्घाटन गर्दै नेपाल...

  • निर्वाचन आयोगले आफैले जारी गरेको आचारसंहिता उल्लंघन गर्‍यो

    निर्वाचन आयोगले आफैले जारी गरेको आचारसंहिता उल्लंघन गरेको छ । आयोगले प्रतिनिधिसभा र प्रदेशसभाको चुनावलाई लक्षित गरि लागू गरेको निर्वाचन आचारसंहिता विपरित पाँच दिनमा दुई जना सचिवको सरुवा भएको छ ।  आयोगका सचिव शंकर अधिकारीको तीन दिनमै सरुवा भएको हो । त्यसअघिका सचिव महेश्वर न्यौपानेको ठाउँमा अधिकारीलाई आयोगमा सरुवा गरिएको थियो । आपुर्ति मन्त्रालयबाट लगिएका सचिव...

  • news

    उपप्रधानमन्त्री महरा पर्सि चीन जाने

    उपप्रधान एवं परराष्ट्रमन्त्री कृष्णबहादुर महरा बुधबार चीन भ्रमणमा जाने भएका छन् । महरा चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणामा बेइजिङ जान लागेका हुन् । उनले चिनियाँ विदेशमन्त्रीका साथै चिनियाँ उच्च नेताहरुलाई भेट्ने कार्यक्रम छ ।   महराले ग्वान्झाओमा स्थापना भएको नेपालको महावाणिज्य दूतावासको उदघाटन गर्ने कार्यक्रम पनि रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।...

  • news

    खाद्य संस्थानका ‘खलनायक’ नै महाप्रबन्धकको दौडमा

    ‘उनी संस्थानका लागि बोझ हुन्, उनले अवकाश पाएर विदा हुँदा हामी निकै खुशी छौं,’ नेपाल खाद्य संस्थानका तत्कालीन महाप्रबन्धक शिवहरि श्रेष्ठले अवकाश पाएको केही समयपछि संस्थानका एक अधिकारीले भनेका थिए ।   संस्थानका ती अधिकारीको भनाइबाटै तत्कालीन महाप्रबन्धक श्रेष्ठको व्यवहारबाट संस्थानका कर्मचारी कति आजित थिए भन्ने स्पष्ट हुन्छ । ६ साउन ०७० मा संस्थानको महाप्रबन्धक...

  • प्रधानमन्त्री निवासबाहिर प्रदर्शनमा आंशिक प्राध्यापक

     करार नियुक्ति पाउनुपर्ने लगायत माग गर्दै आन्दोलन गरिरहेका त्रिभुवन विश्वविद्यालयका आंशिक प्राध्यापकले शनिबारदेखि प्रधानमन्त्री निवास बाहिर प्रदर्शन गर्न थालेका छन् ।   लगातारको आन्दोलन र धर्नालाई सरकारले वेवास्ता गरेकाले त्रिभुवन विश्वविद्यालयका कुलपति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाको ध्यानाकर्षण गराउन बालुवाटार बाहिर प्रदर्शन गर्न शुरु गरिएको...

  • news

    विद्यासुन्दरज्यू ! यो खुलामञ्च हो कि डम्पिङ साइड ?

    राजधानीमा रहेका महत्वपूर्ण सार्वजनिक स्थलहरु मिचिने र अतिक्रमण हुने क्रम तीव्र बनेको छ । यस्तै अतिक्रमणको चपेटामा परेको छ राजधानीको मुटुमा रहेको खुल्लामञ्च ।   खुलामञ्चको संरक्षण र सञ्चालन गर्ने जिम्मेवारी काठमाडौं महानगरपालिकाको हो । तर, सभा/सम्मेलनका लागि निर्माण गरिएको स्थलमै सवारी साधन पार्किङबारे महानगर नै बेखबर छ । पञ्चायतकालमा समेत संरक्षण हुँदै आएको यो...

  • news

    निर्वाचन कानुन बनाउने कुरा सुट किनेजस्तो सजिलो छैनः मन्त्री थापा

    कानुन मन्त्री यज्ञबहादुर थापाले प्रदेश र प्रतिनिधि सभाको चुनाव कानुन अभावकै कारण नरोकिने बताएका छन् । कांग्रेस सांसदकै कारण संसदको राज्यव्यवस्था समितिबाट विधेयक अघि नबढेको गुनासो आइरहेका बेला कांग्रेस नेतासमेत रहेका मन्त्री थापाले सो कुरा बताएका हुन् ।   बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा मन्त्री थापाले निर्वाचनको लागि चाहिने ऐन तथा...

  • news

    निर्वाचन क्षेत्र निर्धारण आयोगले प्रतिवेदन बुझायो, कुन प्रदेशमा कति क्षेत्र ?

    निर्वाचन क्षेत्र निर्धारण आयोगले आज आफ्नो प्रतिवेदन सरकारलाई बुझाएको छ । प्रधानमन्त्री शेरबहादुर देउवालाई आयोग अध्यक्ष कमलनारायण दासले प्रतिवेदन बुझाएका हुन् । नेपालको संविधानबमोजिम संघीय संसदका लागि १६५ र प्रदेश सभाका लागि २३० गरी प्रत्यक्षतर्फ कुल ३९५ क्षेत्रसहितको प्रतिवेदन बुझाइएको आयोगले जनाएको छ ।   आयोग सदस्य माधव अधिकारीका अनुसार एक नम्बर प्रदेशमा २८, २...

  • news

    डोल्पावासीको चामल दुई वर्षदेखि काठमाडौँमै थन्कियो

    डोल्पाको उत्तरी क्षेत्रका बासिन्दाले दुई वर्षदेखि सहुलियतको चामल र नुन खान पाएका छैनन् । विगतका वर्षमा सरकारले उपल्लो डोल्पाका शे–फोक्सुन्डो, छार्काताङसोङ र डोल्पो बुद्ध गाउँपालिकाका बासिन्दाका लागि सहुलियतको चामल नुनलगायत खाद्यान्न उपलब्ध गराउँदै आएको थियो । तर, केरुङ नाका विवादपछि उपल्लो डोल्पाका बासिन्दाका लागि सरकारले उपलब्ध गराउँदै आएको चामल दुई वर्षदेखि...

  • news

    हुण्डी कारोबारीविरुद्ध हालसम्मकै बढी विगोसहित मुद्दा दायर

    हुण्डी कारोबारीविरुद्ध सर्वाधिक राशीको विगो दाबीसहित जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर भएको छ । राजश्व अनुसन्धान बिभागले चार अर्ब १४ करोडको विगो दाबीसहित सोमबार मुद्दा दायर गरेको हो । दलबहादुर पुन, लव कुमार नेपाल, मिलिमा थामी राई, राजेन्द्र गुरुङ, विद्यादेवी गुरुङ, मिलन गुरुङ र धरम गुरुङविरुद्ध मुद्दा दायर भएको छ । राजश्व अनुसन्धान विभागले करीव १ वर्षको अध्ययनपछि...

  • news

    भूकम्प प्रभावित जोखिमपूर्ण वस्ती स्थानान्तरण प्रक्रिया सुरु

    राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जोखिमयुक्त पहिचान भएका वस्तीका भूकम्प प्रभावितलाई लाभग्राहीको सूचीमा राख्ने प्रक्रिया सुरु गरेको छ ।   प्राधिकरण कार्यकारी समितिको पछिल्लो बैठकले धादिङको गंगाजमुना गाउँपालिकाका १७ घरधनीलाई लाभग्राही सूचीमा राखेको हो । प्राधिकरणले यसरी लाभग्राही सूचीमा राखेकाहरुमा गंगाजमुना गाउँपालिका वडा नम्बर १ रि गाउँका ल्बेक लामा तामाङ,...

  • news

    जागिर खोज्दै हुनुहुन्छ ? खुल्यो रोजगारीको सूचना दिने सरकारी वेबसाइट

    रोजगारीको खोजी हुनुहुन्छ, त्यसो हो भने आफ्नो लागि आवश्यक जागरिक अब सरकारी वेबसाइटमै गएर पनि खोज्न सकिने भएको छ । सरकारले युवालाई रोजगारसम्बन्धी सूचना दिन http://www.jobkhoj.gov.np  वेबसाइट सञ्चालनमा ल्याएको छ । अहिले विभिन्न निजी क्षेत्रका कम्पनीले रोजगारीको सूचना दिन साइटहरु चलाइरहेका छन् । अब भने सरकारी तवरबाटै यस्तो सुरु प्रयास भएको छ । यसमा विभिन्न पदहरुमा माग भएका...

  • news

    देउवाले देशको शीर निहुर्‍याएः ओली

     भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवाको अभिव्यक्तिले देशको शीर निहुरिएको टिप्पणी प्रमुख विपक्षी दलका नेताले गरेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीले संविधान संशोधनलाई लिएर देउवा भारतीय समकक्षीसामू ‘गिडगिडाएको’ आरोप लगाए । नियमित उपचारका लागि बैकक जाने क्रममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै ओलीले देउवाको चर्को आलोचना गरे ।   देउवाले मोदीलाई...

सामाजिक संजाल

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Solududhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org