अन्तर्राष्ट्रिय

  • news

    साउदी अरेबियामा भ्रष्टाचार विरुद्धको अभियानः राजपरिवारका सदस्य र मन्त्री पक्राउ सुरुवात मात्रै

    भ्रष्टाचार आरोपमा राजपरिवारका सदस्य, बहालवाला मन्त्री तथा अरु धेरै पूर्व मन्त्री पक्राउ गर्नु भ्रष्टाचार विरुद्धको अभियानको सुरुवात मात्रै रहेको साउदी अरेबियाका महान्यायाधीवक्ताले बताउनुभएको छ । महान्यायाधीवक्ता शेख साउद अल मोजेबले एक वक्तव्य जारी गरी आइतबारदेखि सुरु भएको पक्राउ अभियान देशबाट भ्रष्टाचार अन्त्य गर्ने अभियानको सुरुवात मात्रै रहेको बताउनुभएको हो ।...

  • news

    बर्खास्त क्याटालान नेतालाई रिहा गर्न बेल्जियमका न्यायाधीशको आदेश

    स्पेनको क्याटालोनियाका बर्खास्त नेता कार्लेस पुइग्डमोन्ट र उहाँको सरकारका चार पूर्व मन्त्रीलाई बेल्जियमको अदालतले स्वतन्त्र गरेको छ । नेता पुइग्डमोन्टले सहयोगीसहित बेल्जियममा आत्मसमर्पण गर्नुभएको थियो ।  उहाँको सम्बन्धमा अनुसन्धान गरिरहेका बेल्जियमका न्यायाधीशले उहाँलाई रिहा गर्न आदेश दिएको बिबिसीले जनाएको छ । नेता पुइग्डमोन्टसहितका उहाँका सहयोगीले स्वीकृति...

  • news

    ट्रम्पलाई कहिले जित्दैनौ भनेका साउदी राजकुमार पक्राउ

    साउदी अरेबियाका युवराज मोहम्मद बिन सलमानको नेतृत्वमा गठन भएको भ्रष्टाचार विरुद्धको नयाँ कमिटिले ११ जना राजकुमार, चारजना बहालवाला मन्त्री तथा दर्जनौं पूर्व मन्त्रीहरुलाई पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा ट्वीटर र एप्पलमा लगानी रहेका राजकुमार अलवालिद बिन तलाल पनि रहेका छन् । भ्रष्टाचार विरुद्धको नयाँ कमिटिमा पक्राउ पूर्जी जारी गर्ने तथा यात्रा प्रतिबन्ध लगाउनेसम्मको...

  • न्युयोर्क आक्रमणकारीलाई मृत्युदण्ड दिनुपर्छ – राष्ट्रपति ट्रम्प

    अमेरिकाको म्यानहटनमा गएको मङ्गलबार भएको आतङ्ककारी हमलामा आफ्ना सैनिकको हात रहेको आतङ्ककारी संगठन, आइएसले दाबी गरेको छ ।  प्राप्त जानकारीअनुसार आतङ्ककारी संगठनको प्रकाशनले जनाएको भनी बिहीबार अमेरिकामा सार्वजनिक गरिएको समाचारमा आइएसले न्युयोर्कमा हमला गर्ने व्यक्ति आफ्नो सैनिक भएको दाबी गरेका छ ।  उनीहरुको प्रकाशन अल–नबा नामक साप्ताहिक पत्रिकामा आक्रमणबारे...

  • news

    बेलायती रक्षा मन्त्री फालनद्वारा राजीनामा

    बेलायती रक्षा मन्त्री माइकल फालनले पदबाट राजीनामा दिनुभएको छ ।  रक्षा मन्त्री फालनले आकश्मिक रुपमा आफ्नो राजीनामा प्रधानमन्त्री टरीज मे समक्ष बुझाएका बिबिसीले जनाएको छ । उहाँले राजीनामाको कारण भने खुलाउनु भएको छैन । फालन विरुद्ध १५ वर्ष अघि एक महिला पत्रकारलाई अभद्र व्यवहार गरेको आरोप लागेको थियो । उहाँले आफ्नो विगतको व्यवहारप्रति क्षमा समेत माग्नु भएको छ । उहाँले...

  • चुरोट नखाने कर्मचारीलाई ६ दिन बढी बिदा !

    जापानको एक व्यावसायिक कम्पनीले चुरोट नखाने कर्मचारीका लागि विशेष सुविधा दिएको छ ।  टोकियोमा रहेको पिआला कम्पनीले चुरोट नखाने कर्मचारीलाई वार्षिक बिदामा थप ६ दिन थप्ने योजना ल्याएको समाचार संस्था एएफपीले जनाएको छ । कार्यालय समयमा चुरोट खाने कर्मचारीका कारण काममा असर परेको भन्दै चुरोट नखाने कर्मचारीलाई प्रोत्साहन गर्न तथा चुरोट नखाने बानीको विकास गर्न सुविधा...

  • news

    सेनामा तेस्रो लिंगीलाई प्रतिबन्ध लगाउने ट्रम्पको प्रयास असफल

    अमेरिकाको एक संघीय अदालतले अमेरिकी सेनामा तेस्रो लिंगी समुदायले काम गर्न नपाउने गरी लगाएको प्रतिबन्ध तत्काल कार्यान्वयन गर्न नपाउने गरी रोक लगाएको छ ।  राष्ट्रपति डोनाल्ड ट्रम्पले तेस्रो लिंगी समुदायमाथि सेनामा काम गर्न नपाउने गरी प्रतिबन्ध निर्णय गर्नुभएको थियो । तर जिल्ला न्यायाधीश कोलिन कोल्लार–कोटेलीले ट्रम्पले प्रेसिडेन्सियल मेमो मार्फत सेनामा तेस्रो...

  • news

    अब फुटबल हेर्न रंगशाला जान पाउने भए साउदी महिला

    साउदी अरेबियाका महिला अब फुटबल मैदानमा जान पाउने भएका छन् ।  साउदी सरकारले पहिलो पटक फुटबल स्टेडियममा महिलालाई जाने अनुमति दिन लागेको हो । अर्को वर्षदेखि महिलाले  परिवारसँग फुटबल प्रतियोगिता स्टेडियममा गएर नै हेर्न पाउने बिबिसीले जनाएको छ । त्यसका लागि तयारी भइरहेको साउदी सरकारले जनाएको छ ।  यसअघि साउदी सरकारले महिलालाई गाडी चलाउन अनुमति दिएको थियो ।  साउदीमा...

  • news

    सोमालियाको राजधानीमा दुईवटा विस्फोट, २३ जनाको मृत्यु

    सोमालियाको राजधानी मोगादिशुमा दुईवटा बम विस्फोट हुँदा कम्तिमा २३ जनाको ज्यान गएको छ । घटनामा ३० जना भन्दा धेरै घाइते भएका छन् ।  तीन सय ५० जनाको ज्यान जाने गरी दुई हप्ताअघि भएको बम विस्फोटपछि फेरि मोगादिशुमा विस्फोट भएको हो । मोगादिशुमा रहेको एक होटलमा भएको पहिलो विस्फोट कार बम हो । विस्फोटपछि बिद्रोहीले थप आक्रमण गरेका थिए । यस्तै पुरानो संसद भवन नजिक दोस्रो विस्फोट...

  • news

    ४० डाक्टर, १६ घण्टासम्म अपरेसन, त्यसपछि अलग भए टाउको जोडिएका बच्चा

    भारतको ओडिशाका दुई बालकको टाउको जोडिएको थियो । दिल्लीमा रहेको अखिल भारतीय आयुर्विज्ञान संस्थान अर्थात एम्सका ४० जना डाक्टरको टिमले १६ घण्टा लामो असरेसनपश्चात टाउको जोडिएका जुम्ल्याहा बालक जग्गा र कलियालाई सफलतापूर्वक अलग गरेको छ ।  म्याराथन सर्जरी एम्सले दिएको जानकारीअनुसार यो अपरेसन अक्टोबर २५ को बिहान ६ बजेदेखि सुरु भएको थियो । अपरेसन टोलीमा २० जना सर्जन, १० जना...

  • news

    आइन्सटाइनले लेखेका दुई वाक्य करोडौंमा बिक्री, के छ त्यस्तो विशेष ?

    भौतिक शास्त्रमा नोबेल पुरस्कार पाएका अल्बर्ट आइनस्टाइनले लेखेका दुई वटा नोट लिलाम बजारमा करोडौंमा बिक्री भएको छ । सन् १९२२ मा जापानको टोकियोमा आइनस्टाइनले लेखेको ती नोट १५ लाख अमेरिकी डलर (१५ करोड ५६ लाख नेपाली रुपैयाँ) मा बिक्री भएको हो । वैज्ञानिक अल्बर्ट आइनस्टाइन होटेलमा थिए । केही समय पहिले उनलाई नोबेल पुरस्कार दिइएको खबर सुनाइएको थियो । आइनस्टाइनले एउटा कागजमा केही...

  • अन्तर्राष्ट्रिय विकासमा चीनको नेतृत्वदायी भूमिका

    गत महिना, बिल एन्ड मेलिन्डा गेट्स फाउन्डेसनले संयुक्त राष्ट्रसंघीय दिगो विकास लक्ष्य (एसडीजी) को प्रगति सम्बन्धी प्रतिवेदन सार्वजनिक गरेको छ ।  चरम गरिबीको उन्मूलन र अकाल मृत्युमा कमी ल्याउने प्रयत्नहरुलाई प्रकाश पार्ने उद्देश्यका साथ संकलित तथ्याँकले सबैलाई झक्झक्याउने मनसाय पनि राखेको थियो । प्रतिवेदनको निचोड छ, पृथ्वीले सामना गरिरहेका विश्वव्यापी विकास...

  • चिनियाँ राष्ट्रपति सि जिनपिङको विचारधारा संविधानमा समावेश गरिने

    चीनको कम्युनिस्ट पार्टीले राष्ट्रपति सि जिनपिङको विचारधारालाई संविधानमै समावेश गर्ने निर्णय गरेको छ । झण्डै एक हप्तादेखि चलिरहेको कम्युनिष्ट पार्टीको भेलामा संविधानमै सि जिनपिङ बिचारधारा लेख्ने पक्षमा सहमति जुटेको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।  संविधानमा सिलाई चीनका पहिलो कम्युनिस्ट नेता तथा संस्थापक माओत्सेतुङ्गको कै बराबरीको दर्जा समेत दिइएको...

  • news

    उत्तर कोरियाविरुद्ध कडा रुपमा प्रस्तुत हुने जापानी प्रधानमन्त्रीको चेतावनी

    जापानको मध्यावधी चुनावको एक्जिट पोलमा विशाल जितको सम्भावना देएिपछि जापानका प्रधानमन्त्री सिन्जो आबेले उत्तर कोरिया विरुद्ध कडा रुपमा उत्रिने बताउनुभएको छ । प्रधानमन्त्री आबेले देशको परिवर्तित राजनीतिक संकटका बीच जनादेश बढाउनका लागि एक वर्ष पहिले नै चुनाव गराएको बताउनुभएको छ । पछिल्लो समय उत्तर कोरियाले जापानको उत्तरी द्विप होक्काइदोमा लक्षित गरेर दुई वटा मिसाइल...

  • हेपाटाइटिस ‘ए’ का कारण अमेरिकामा १९ जनाको ज्यान गयो

    अमेरिकाको क्यालिफोर्नियामा हेपाटाइटिस ‘ए’ का कारण १९ जनाको ज्यान गएको छ ।  क्यालिफोर्नियामा ५ सयभन्दा बढीलाई हेपाटाइटिस ‘ए’ को संक्रमण भएको स्थानीय अधिकारीलाई उधृत गर्दै बिबिसीले जनाएको छ । संक्रमित धेरै व्यक्ति घरविहीन नागरिक हुन् । हेपाटाइटिस ‘ए’ को संक्रमण बढेपछि त्यहाँको सरकारले आपतकालीन अवस्था घोषणा गरेको छ । हेपाटाइटिस एले कलेजोमा असर पु¥याउँछ...

सामाजिक संजाल

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Solududhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org