अन्तर्राष्ट्रिय

  • news

    चिनियाँ कम्युनिष्ट पार्टीको १९ औँ सम्मेलन बेइजिङमा सुरु

    चिनियाँ कम्युनिष्ट पार्टीको १९ औँ राष्ट्रिय सम्मेलन बुधबारदेखि बेइजिङमा सुरु भएको छ ।  सम्मेलन बेइजिङको ग्रेट हल अफ दि पिपुलमा सुरु भएको हो ।  सम्मेलनका लागि बेइजिङमा सुरक्षा व्यवस्था कडा पारिएको छ । सम्मेलनले पाँच वर्षका लागि नयाँ नेतृत्व चयन गर्नुका साथै आगामी पाँच वर्षमा गर्नुपर्ने कामहरुको योजना पनि पारित गर्नेछ । कंग्रेसमा सहभागिताका लागि चीनका विभिन्न...

  • news

    पोर्चुगल र स्पेनको जंगलमा आगलागीः ३१ जनाको मृत्यु

    पोर्चुगलका दुई छुट्टाछुट्टै स्थानका जंगलमा भएको आगलागीका कारण कम्तिमा ३१ जनाको ज्यान गएको छ । पोर्चुगलको उत्तरी सीमा क्षेत्रमा रहेको स्पेनिस क्षेत्र गालिसिया क्षेत्रको जंगलबाट आगलागी फैलिएको हो ।  यस्तै पोर्चुगलको मध्य क्षेत्रमा रहेको जंगलमा पनि आगलागी भएको छ । यसले गर्दा कम्तिमा ३१ जनाको ज्यानगएको तथा धेरै मानिस घाइते भएको पोर्चुगलको नागरिक सुरक्षा अधिकारीले...

  • news

    ३१ वर्षीय कुर्ट्स विश्वकै कान्छो राष्ट्रप्रमुख बन्ने सम्भावना

    अस्ट्रियाको कन्जरभेटिभ पिपुल्स पार्टीका अध्यक्ष जेबास्टियन कुर्ट्स विश्वकै कान्छा राष्ट्रप्रमुख हुने सम्भावना बढेको छ । ३१ वर्षीय कुर्ट्स अध्यक्ष रहेको कन्जरभेटिभ पिपुल्स पार्टीले आइतबार भएको आम चुनावमा बहुमत नल्याए पनि नयाँ गठबन्धनको सरकार बनाउन सक्ने हैसियत पाउने अवस्था रहेको विविसीले जनाएको छ ।  उहाँले नेतृत्व गरेको अष्ट्रियाको कन्जरभेटिभ पिपुल्स पार्टीले...

  • news

    चीनले कसरी चुन्छ राष्ट्रपति ?

    हरेक पाँच वर्षमा विश्वको ध्यान चीनको राजनीतिले तान्ने गर्दछ । सत्तारुढ कम्युनिस्ट पार्टीको कंग्रेसतर्फ सबैको ध्यान जाने गर्दछ ।  यही सम्मेलन अर्थात कंग्रेसले कम्युनिस्ट पार्टीको नेतृत्व कसले गर्दछ भन्ने कुराको निर्णय गर्दछ । जसले कम्युनिस्ट पार्टीको कमाण्ड मात्रै होइन, चीनको एक अर्ब तीस करोड नागरिकको सरकार प्रमुखको भूमिका निर्वाह गर्दछन् । त्यति मात्रै होइन, तीनै...

  • news

    फोटो खिचाउन पोज दिँदै गरेकी युवतीको समुद्रमा खसेर ज्यान गयो

     इंग्ल्याण्डको इस्ट ससेक्समा फोटो खिचाउन पोज दिँदै गर्दा समुद्रमा खसेर एक युवतीको ज्यान गएको छ ।  इस्ट ससेक्सको ककमिअर ह्याभेनमा रहेको सेभेन सिस्टर्स क्लिफ्समा फोटो खिचाउने क्रममा २३ वर्षकी दक्षिण कोरियन विद्यार्थी हेवोन किमको ज्यान गएको हो । किम जुन २२ मा त्यहाँ एक्लै घुम्न गएकी थिइन् ।उनले त्यहाँ घुम्न आएका एक जना अपिरिचितलाई फोटो खिच्न लगाएकी थिइन् । फोटोका लागि...

  • news

    क्याटालोनियाका नेतालाई स्पेनिस प्रधानमन्त्रीको पाँचदिने अल्टिमेटम

    स्पेनका प्रधानमन्त्री मारियानो राखोइले क्याटालोनियाका स्वतन्त्रतावादी नेतालाई स्वतन्त्रता घोषणा गर्ने वा नगर्ने अन्तिम निर्णय गर्न पाँच दिनको समय दिनुभएको छ ।  स्पेनबाट स्वतन्त्र हुन चाहेको क्याटालोनियामा गएको अक्टोबर १ मा जनमत संग्रह भएको थियो । स्पेनको संवैधानिक अदालतले अवैध भनेको जनमत संग्रहमा स्वतन्त्रताको पक्षमा बहुमत आएको थियो । यसपछि मंगलबार...

  • नाबालिग श्रीमतीसँग शारीरिक सम्बन्ध राखे बलात्कार ठहरिने

    भारतको सर्वोच्च अदालतले नाबालिग श्रीमतीसँग शारीरिक सम्बन्ध राखे बलात्कार ठहर हुने फैसला गरेको छ । भारतीय समाचार संस्था पिटिआइका अनुसार १८ वर्षभन्दा कम उमेरको श्रीमतीसँग शारीरिक सम्बन्ध राख्नु अपराध भएको र यसलाई बलात्कार मानिने सर्वोच्चले फैसला गरेको हो ।  अदालतका अनुसार नाबिलिग पत्नीले आफूसँग श्रीमानले शारीरिक सम्बन्ध राखेमा १ वर्षभित्र मुद्दा दायर गर्न सक्ने छन्...

  • news

    क्यालिफोर्नियाको रक्सी उत्पादनका लागि प्रख्यात क्षेत्रमा भीषण आगलागी, १० जनाको मृत्यु

    अमेरिकाको क्यालिफोर्नियाको जंगलमा भीषण आगलागी हुँदा कम्तिमा १० जनाको ज्यान गएको छ । क्यालिफोर्नियाको वाइन रिजन (रक्सी उत्पादनका लागि प्रख्यात) क्षेत्रमा तीब्र गतिमा फैलिएको आगोका कारण जनधनको क्षति भएको हो ।  आगलागीका कारण कम्तिमा १५ सय फार्म नष्ट भएका छन् । क्यालिफोर्नियाको नापा, सोनोमा र युवा काउन्टीका फार्म बढी प्रभावित भएका छन् । यी फार्ममा रक्सी उत्पादनका लागि...

  • news

    रोहिंग्या समस्याः बंगलादेश जाँदै गरेको डुंगा डुब्दा १२ जनाको मृत्यु

    म्यानमारमा भड्किएको हिंसाका विस्थापित भएर बांगलादेश आउँदै गरेका रोहिंग्या मुसलमान चढेको डुंगा डुब्दा कम्तिमा १२ जनाको ज्यान गएको छ ।  रोहिंग्या मुसलमानको बसोबास रहेको म्यानमारको रखाइन प्रान्तमा पछिल्लो समय हिंसा भड्किएका कारण त्यहाँबाट रोहिंग्या मुलमान विस्थापित भएका छन् ।  विस्थापित मध्ये धेरैको गन्तव्य बंगलादेश बनेको छ । बंगादेश नजिक नाफ नदीमा डुंगा डुब्दा...

  • news

    मेक्सिको भूकम्पः मृत्यु हुनेको संख्या २४८ पुग्यो

    मेक्सिकोमा गएको शक्तिशाली भूकम्पका कारण ज्यान गुमानेको संख्या दुर्य सय ४० नाघेको छ । भूकम्पका कारण अहिलेसम्म कम्तिमा दुई सय ४८ जनाको ज्यान गएको पुष्टि भएको मेक्सिकोका अधिकारीले बताएका छन् ।  ज्यान गुमाउनेमा २० भन्दा बढी बालबालिका रहेको राष्ट्रपति एन्ड्रिक पेन्ना निएटोले जानकारी दिनुभयो । यस्तै एउटा विद्यालय भत्किँदा ३० जना बालबालिका हराएका छन् । मेक्सिकोको...

  • हवाई आक्रमणमा परि इराकमा ३०६ आइएस लडाकू मारिए

    इराकको पश्चिमी क्षेत्रमा भएको हवाई आक्रमणमा परि ३०६ जना अतिवादी इस्लामिक लडाकू मारिएका छन् । लडाकूहरूलाई लक्षित गरी भएको आक्रमणका कारण उनीहरु बस्ने आश्रयस्थलहरू ध्वस्त भएको इराकी सेनाले आइतबार जनाएको छ ।  जेट लडाकू विमान मार्फत् यही सेक्टेम्बर ११ देखि १६ सम्म आईएसको मुख्यालय र त्यस वरपर आक्रमण भएको हो । अकासात, आना, अल क्विम लगायत अन्बार प्रदेशका विभिन्न ठाँउहरुमा...

  • news

    म्यानमारका सेना प्रमुखको आरोप : रोहिंग्या अतिवादी

    म्यानमारको सेनाका उच्च अधिकारीले रोहिंग्याकै कारण अहिलेको समस्या आएको आरोप लगाउनुभएको छ ।  पछिल्लो पटक भड्किएको द्वन्द्वका कारण म्यानमारका हजारौं रोहिंग्या मुसलमान विस्थापित भइरहेको अवस्थामा म्यानमारको सेनाका उच्च अधिकारीले उनीहरुकै कारण समस्या उत्पन्न भएको आरोप लगाउनुभएको हो । म्यानमारको सेनाका जनरल मिन आङ हलांगले रोहिंग्या कहिल्यै पनि जातिय समूह नरहेको...

  • लन्डन रेलमा हमला गर्ने थप एकजना पक्राउ

    लन्डनमा केही दिनअघि रेलमा भएको आक्रमणका एकजना संकास्पद व्यक्तिलाई पक्राउ गरिएको समाचार छ ।  लन्डन प्रहरीले सो रेलमा भएको हमलामा संलग्नमध्ये चारजनाको खोजी गरिरहेको छ । एकजना युवकलाई शनिबार अबेर राति लन्डनमा पक्राउ गरिएको जानकारी प्रहरीले दिएको हो । ती व्यक्तिलाई लन्डनको पश्चिमी भाग हाउन्स्लोमा पक्राउ गरिएको हो । सो कुराको जानाकारी प्रहरीले एक विज्ञप्तिमार्फत आइतबार...

  • लण्डनको भूमिगत रेलमा विस्फोट भएपछि २२ जना घाइते

    लण्डनको भूमिगत एक रेलमा विस्फोट हुँदा कम्तीमा २२ जना घाइते भएका प्रहरीले जनाएको छ । यात्रुले खचाखच रहेको रेलको अघिल्लो भागमा शुक्रबार बिहानै गराइएको विस्फोटपछि केही यात्रुको अनुहारमा विस्फोटका कारण जलेको र रगताम्मै अवस्थामा देखेको एक प्रत्यक्षदर्शीले बताए ।  प्रहरीले घटनालाई ‘आतंकवादी घटना’ भनेको छ । “पश्चिम लण्डनको पासन्स ग्रीन स्टेसनमा बिहान साढे ८ बजे...

  • news

    इर्मा आँधी : फ्लोरिडाको नर्सिङ होममा विद्युत नहुँदा ८ जनाको मृत्यु

    समुद्री आँधी इर्माका कारण हप्ता दिनसम्म विद्युत आपूर्ति बन्द हुँदा अमेरिकको फ्लोरिडामा रहेको नर्सिङ होममा ८ जनाको ज्यान गएको छ ।   तीनजना हलिवुड सिटीको नर्सिङ होममा मृत अवस्था भेटिएको र अरु पाँचजनाको अस्पतालमा उपचारको क्रममा ज्यान गएको ब्रोवार्ड काउन्टीक मेयर बार्बरा शारिइफले बताउनुभएको छ । हलिवुड हिल्स फ्यासिलिटीमा रहेका नर्सिङ होमबाट अरु एक सय १५ जनालाई उद्धार...

सामाजिक संजाल

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Solududhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org