अन्तर्राष्ट्रिय

  • सुकी राष्ट्रसंघीय महासभामा नजाने, रोहिंग्यामाथिको ज्यादतीबारे संयुक्त राष्ट्रसंघले अनुसन्धान गर्ने

    म्यानमारका राज्य सल्लाहकार एवम् विदेशमन्त्री आङ सान सुकी संयुक्त राष्ट्रसंघको महासभामा सहभागी नहुने हुनुभएको छ । उहाँले उक्त सभामा आफ्नो उपस्थिति रद्द गर्नुभएको म्यानमार सरकारले जनाएको छ ।  म्यानमारमा पछिल्लो समयमा यहाँका स्थानीय रोहिंग्या समुदायका नागरिकका कारण राजनीतिक रुपमा विवाद उत्पन्न भएको छ । जसका कारण उहाँले उक्त भ्रमण नै रद्द गर्नुभएको बताइएको छ...

  • उत्तर कोरियाको आणविक परीक्षण ठूलो चुनौती– दक्षिण कोरिया

    दक्षिण कोरियाका विदेशमन्त्रीले उत्तर कोरियाले हालै गरेको आणविक परीक्षण आगामी दिनका लागि सबैभन्दा ठूलो चुनौती भएको बताउनुभएको छ ।  उहाँले भन्नुभयो– यो आणविक परीक्षण दक्षिण कोरियाका लागि आगामी कैयौँ बर्षहरुका लागि समेत एउटा ठूलो चुनौतीका रुपमा रहने छ ।  साथै आफ्नो देशको कूटनीतिक मात्र नभएर सुरक्षा चुनौतीका रुपमा पनि यो मुद्दा आगामी दिनमा झनै खतरनाक रुपमा आउने...

  • news

    मेरो नाम मोहम्मद हो, म रोहिंग्या हुँ

    ३३ वर्षका मोहम्मद सोय म्यानमारको रखिने राज्यको बुथिदाउङमा बस्दै आएका थिए । उनी त्यहाँबाट भागेर शरणार्थीका रुपमा बंगलादेश आएका छन् । – म पनि अरु रोहिंग्याजस्तै खेतीपाती गरेर खाने मान्छे हुँ । हामीलाई अरुलाई जस्तो पढ्ने अधिकार छैन । त्यसैले हामीले प्रहरी, सेना र अन्य सरकारी कार्यालयमा काम गर्ने अवसर पाउँदैनौं । हामीले खेतमा काम गर्नुपर्छ । जंगलबाट बाँस नबटुली हाम्रो...

  • news

    रोहिंग्या मुसलमानको पीडा : हामी फुटबल झैँ, सबैतिरबाट लात्ती खाइन्छ

    म्यानमारका जारी हिंसाका कारण रोहिंग्या मुसलमान समुदाय आफ्नो घर छाड्न बाध्य भएका छन् । झण्डै डेढ लाख रोहिंग्या समुदायका मानिस बंगलादेश पुगिसकेका छन् । बंगलादेशकी प्रधानमन्त्री शेख हसीना भने रोहिंग्या मुसलमानलाई घर फर्काउन म्यानमार सरकारलाई दबाब दिने बताउनुहुन्छ ।  अहिले विश्वको ध्यान म्यानमारमा जारी हिंसाले तानेको छ ।  च्याउ जसरी उम्रिँदैछन् शरणार्थी...

  • मुम्बई आक्रमणका दुई जनालाई मृत्युदण्ड

    भारतको मुम्बाईमा सन् १९९३ मा भएको श्रृङ्खलाबद्ध बम बिस्फोटमा संलग्न २ जनालाई मृत्युदण्डको फैसला सुनाइएको छ । मुम्बईको एक अदालतले २३ वर्षअघि मुम्बईका विभिन्न ठाउँलाई लक्षित गरी गराइएको श्रृङ्खलाबद्ध बम बिस्फोटमा संलग्न फिरोज खान र तारिह मर्चेन्टलाई मृत्युदण्डको सजाँय सुनाएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।  बम आक्रमणमै संलग्न अबु सलेम र करिमुल्लाहलाई भने...

  • news

    भारतमा वरिष्ठ पत्रकार गौरी लंकेशको गोली हानी हत्या

    भारतमा वरिष्ठ पत्रकार गौरी लंकेशको हत्या भएको छ । दक्षिणपन्थीको कडा आलोचक रहेकी पत्रकार लंकेशको मंगलबार बेलुका गोली हानी हत्या भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।  मंगलबार बेलुका बेंगलुरुमा रहेको घर फर्किँदै गर्दा लंकेशमाथि गोली प्रहार भएको प्रहरीले जनाएको छ । उहाँमाथि गोली किन हानिको हो भन्ने बारे अहिले नै केही भन्न नसकिने बेंगलुरुका पुलिस कमिश्नर सुनील...

  • news

    उत्तर कोरियाले युद्धको सुरुवात गर्‍यो : अमेरिका

    उत्तर कोरियाका नेता किम जोङ–उनले नयाँ युद्धको सुरुवात गरेको अमेरिकाले आरोप लगाएको छ । संयुक्त राष्ट्रसंघका लागि उमेरीकी दूत निकी हेलीले उत्तर कोरियाले पछिल्लो पटक गरेको शक्तिशाली परमाणु बमको परीक्षणले नयाँ युद्धको सुरुवात गरेको बताउनुभएको हो ।  उत्तर कोरियाले आइतबार हाइड्रोजन बमसहितको परमाणु परीक्षण गरेपछिको अवस्थाबारे छलफल गर्न बोलाइएको राष्ट्र संघीय सुरक्षा...

  • news

    यस्तो पो प्रेम ! प्रेमीका लागि राजदरबार छोड्दै जापानी राजकुमारी !

    जापानकी राजकुमारी माकोले एक आम जापानी नागरिकसँग विवाह गर्न लाग्नुभएको छ । त्यति मात्रै होइन, उहाँले विवाहका लागि शाही खानदान नै त्यागेर विवाह गर्न लाग्नुभएको हो । जापानका सम्राटबाट अनुमति पाएपछि राजकुमारी माकोले विवाहको घोषणा गर्नुभएको हो । यो घोषणासँगै विवाहको लामो प्रक्रिया पनि सुरु भएको छ । यसैका साथ उहाँको शाही दर्जा पनि सकिनेछ ।  जापानको एक विवादित कानुनका...

  • news

    उत्तर कोरियाको दाबी : हाइड्रोजन बमको सफल परीक्षण

    उत्तर कोरियाले हाइड्रोजन बमको सफल परीक्षण गरेको दाबी गरेको छ । उत्तर कोरियाको राष्ट्रिय टेलिभिजनले हाइड्रोजन बमको सफल परीक्षण गरिएको बताएको हो ।  परीक्षण गरिएको हाइड्रोजन बम मिसाइल लोड गर्न सकिने खालको रहेको बताएको समाचार संस्था एएफपी र रोयटर्सले जनाएका छन् । हाइड्रोजन बम परीक्षणका लागि उत्तर कोरियाका नेता किम जोङ–उनले निर्देशन दिनुभएको हो ।  उत्तर कोरियाको...

  • news

    अफगानिस्तानमा अमेरिकी हवाई आक्रमणमा एकै परिवारका १३ जनाको मृत्यु

    पूर्वी अफगानिस्तानमा भएको अमेरिका आवद्ध सेनाको हवाई आक्रमणमा एकै परिवारका १३ जनाको ज्यान गएको छ । १५ जना घाइते भएका छन् ।    अमेरिकी सेनाले हवाई कारबाही भने पनि मारिएका एकै परिवार १३ जनामा प्राय महिला र बालबालिका रहेका एएफपीले जनाएको छ । अमेरिकी सुरक्षा बलले यस घटनाको अनुसन्धान भइरहेको जानकारी दिएका छन् । एक अफगान अधिकारीका अनुसार भने काबुलनजिकै लोगार प्रान्तको दासत ए...

  • news

    तस्बिरमा बेलायतकी राजकुमारी डायनाको जीवन

    राजकुमारी डायनाकाे निधन भएको २० अाैं स्मृति  दिवसमा क्यामेराका लेन्सले कैद गरेका उहाँको जीवनका  विभिन्न क्षणलाई प्रस्तुत गरिएको छ । डायना फ्रान्सेस स्पेन्सरको जन्म सन् १९६१ को जुलाई १ मा नरफोल्कको स्यान्ड्रिघंम नजिकै भएको थियो ।  आफ्ना आमाबुवाको छोडपत्र भएपछि नर्थएम्प्टनशायर र स्कटल्याण्डका घरमा डायनाको यात्रा जारी रहयो ।  विद्यालय तहको अध्ययन सकिएपछि...

  • news

    उत्तर कोरियाले भन्यो-अबको निशाना अमेरिकाको गुआम

    उत्तर कोरियाले जापानको जमिनमाथिबाट मिसाइल प्रहार गर्नु प्रशान्त महासागरमा आफ्नो सैन्य कारवाहीको पहिलो चरण रहेको बताएको छ । अब आफ्नो तयारी प्रशान्त महासागरमा रहेको अमेरिकी क्षेत्र गुआममा मिसाइल आक्रमण रहेको उत्तर कोरियाले बुधबार चेतावनी दिएको छ ।  उत्तर कोरियाको सरकारी समाचार संस्था केसिएनएले जापानमाथिबाट मिसाइल प्रहार गर्नु आफ्नो देशको प्रशान्त महासागरको सैन्य...

  • news

    उत्तर कोरियाले प्रहार गरेको मिसाइल जापान माथिबाट उड्यो

    उत्तर कोरियाले फेरि मिसाइल परीक्षण गरेको छ । उत्तर कोरियाले प्रहार गरेको मिसाइल जापनको उत्तरी क्षेत्रमाथिबाट गएर समुद्रमा खसेको छ ।  स्थानीय समय अनुसार मंगलबार बिहान उत्तर कोरियाले जापानको जमिनमाथिबाट जाने गरमिसाइल प्रहार गरेको हो । सुरक्षात्मक चुनौतीका कारण जापानले मिसाइल ध्वस्त पार्नका लागि केही प्रयास नगरेको बिबिसीले जनाएको छ ।  मिसाइल समुद्रमा खस्नुअघि तीन...

  • news

    ‘बलात्कारी’ बाबा राम रहीमलाई १० वर्ष जेल

    भारतका धर्मगुरु गुरमीत रामरहीम सिंहलाई १० वर्षको जेल सजाय सुनाइएको छ । बलात्कार मुद्दामा दोषी पाइएका उनलाई अदालतले १० वर्षको जेल सजाय सुनाएको हो ।  भारत हरियाणाको धार्मिक संगठन डेरा सच्चा सौदाका प्रमुखसमेत रहेका गुरुमीत रामरहीम सिंहमाथि हत्या, बलात्कार तथा जवर्जस्ती परिवार नियोजना गराएकोसमेत आरोप लागेको थियो । अदालतले सोमबार सजाय सुनाउनु अघिदेखि नै हरियाणाको...

  • news

    दोक्लाम विवाद : तनाव बढ्नुमा चीन जिम्मेवार रहेको भारतीय सेना प्रमुखको आरोप

    भारतले सीमा क्षेत्र दोक्लाममा विवाद बढ्दै जानुमा चीन जिम्मेवार रहेको आरोप लगाएको छ । भारतीय सेनाका प्रमुख जनरल बिपिन रावतले भारत, भुटान र चीनको सीमा क्षेत्र दोक्लाममा विवाद बढ्नुमा चीन दोषी रहेको आरोप लगाउनु भएको हो । उहाँले चीनले यथास्थितिलाई बदल्न खोज्दा अहिलेको परिस्थिति आएको बताउनुभएको छ । उहाँले दोक्लाममा अझै तनाव बढ्ने संकेत पनि गर्नु भएको छ । चीनले आफ्नो सैन्य...

सामाजिक संजाल

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Solududhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org