अन्तर्राष्ट्रिय

  • news

    डोकलाममा सैन्य अभियान गर्ने चीनको तयारी

    चीनले सीमा विवाद रहेको क्षेत्र डोकलामबाट भारतीय सेनालाई हटाउनका लागि सैन्य अभियानको तयारी गरिरहेको भारतीय सञ्चार माध्यमले जनाएका छन् । भारतीय सेनालाई डोकलामबाट हटाउनका लागि आउँदो दुई हप्ताभित्र सानो सैन्य अभियानको तयारी गरेको चिनियाँ कम्युनिष्ट पार्टीको पत्रिका ग्लोबल टाइम्सलाई उद्धृत गर्दै भारतीय पत्रिका द इन्डियन एक्सप्रेसले जनाएको छ । ग्लोबल टाइम्समा छापिएको...

  • news

    भारत–चीन सीमा विवादः डोकलामबाट भारतीय सेना पछि हटेको चीनको दाबी

    सीमा विवाद रहेको क्षेत्र डोकलामबाट भारती सेना पछि हटेको चीनले दाबी गरेको छ । डोकलाममा भारतीय सैनिकको संख्या कम भएको चीनले दाबी गरेको भारतीय पत्रिका इकोनोमिक टाइम्सले जनाएको छ ।  चीनको विदेश मन्त्रालयले जारी गरेको १५ पृष्ट लामो दस्तावेजमा डोकलाम सीमामा पहिले चार सयको हाराहारीमा भारतीय सैनिक रहेकोमा अहिले घटेर ४० पुगेको उल्लेख गरिएको छ । तर भारतले भने चीनको दाबीको खण्डन...

  • news

    अफगानिस्तान : मस्जिदमा आक्रमण, २९ जनाको मृत्यु

    अफगानिस्तानको पश्चिमी शहर हेरातमा रहेको एक मस्जिदमा आक्रमण हुँदा २९ जनाको ज्यान गएको छ । ६४ जना घाइते भएका छन् ।  इरानको सीमा क्षेत्रमा पर्ने पश्चिम शहर हेरातमा रहेको जावादिया मस्जिदको प्रवेशद्वारमा बम आक्रमण भएको हो । कम्तिमा दुईजना आक्रमणकारीले आक्रमण गरेको र त्यसमध्ये एकजना आत्मघाती आक्रमणकारी रहेको सरकारी अधिकारीले बताएका छन् ।  हेरात शहरका गर्भनरले आत्मघाती...

  • news

    भारतको गुजरातमा बाढी, २१८ जनाको मृत्यु

    भारतको गुराजतमा बाढीका कारण पछिल्लो केही दिनमा दुई सय १८ जनाको ज्यान गएको सरकारी अधिकारीले पुष्टि गरेका छन् । पछिल्लो दुई दिनमा बाढीका कारण ज्यान गुमाउनेको संख्या दोब्बर भएको राज्य सरकारले जनाएको छ ।  बाढी कम हुँदै जाँदा पछिल्लो दुई दिनमा मात्रै एक सय भन्दा बढीको शव भेटिएको छ । भारतको पश्चिमी राज्य गुरातमा लगातारको वर्षासँगैको बाढीका कारण चार लाख ५० हजार भन्दा बढी मानिस...

  • news

    ७५५ अमेरिकी कुटनीति कर्मचारीलाई रुस छोड्न पुटिनको आदेश

    अमेरिकाले रुसमाथि नयाँ प्रतिबन्ध लागएपछि दुई देशबिचको सम्बन्धमा थप तनाव उत्पन्न भएको छ । अमेरिकाले मस्कोमाथि नयाँ प्रतिबन्ध लगाउने निर्णय गरे लगतै रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले मस्कोमा रहेका अमेरिकी कुटनीतिकज्ञलाई देश छाड्न आदेश दिनुभएको छ ।  अमेरिकी कुटनीतिक मिसनका सात सय ५५ जनाले रुस छोड्नु पर्ने पुटिनले घोषणा गर्नुभएको हो । ती सबै अमेरिकी अधिकारीले आउँदो...

  • लागुऔषध तस्करी विरुद्धको कारबाहीमा मेयर मारिए

    फिलिपिन्सका राष्ट्रपति रोद्रिगो दुतेर्तेको विशेष कार्यक्रमका रुपमा सञ्चालित लागुऔषध तस्करी विरुद्धको कारबाहीका क्रममा आइतबार बिहान फिलपिन्सको एक नगरपालिकाका मेयर मारिएका छन् । प्रहरीले यो कारबाही फिलिपिन्सका विभिन्न नगर र ग्रामीण क्षेत्रमा पनि जारी राखेको छ ।  प्रहरीको कारबाहीमा परी आइतबार बिहान ती मेयरसहित ११ जना व्यक्तिको मृत्यु भएको अधिकारीहरुले जानकारी...

  • news

    पाकिस्तानी प्रधानमन्त्री शरिफले दिए राजीनामा

    पाकिस्तानी प्रधानमन्त्री नवाज शरिफले राजीनामा दिनुभएको छ । त्यहाँको सर्वोच्च अदालतले  सार्वजनिक पदमा बस्न अयोग्य ठहर गरेपछि शरिफले पदबाट राजीनामा दिनुभएको हो ।  सर्वोच्च अदालतका न्यायाधीश असिफ सइद खोसासहित पाँच जना न्यायाधीशको इजलासले अकुत सम्पत्ति कमाएर विदेशमा राखेको ठहर गर्दै नवाज शरिफलाई सार्वजनिक पदमा बसन अयोग्य ठहर गरेको हो । ३ पटक पाकिस्तानको...

  • राजीनामा दिएको १५ घण्टामै नीतीशले लिए सपथ

    नीतीश कुमार भारतको बिहार राज्यको २२ औँ मुख्यमन्त्री हुनुभएको छ । राज्यपाल केशरीनाथ त्रिपाठीले कुमारलाई पटनाको राजेन्द्र मण्डप हलमा पद तथा गोपनियताको सपथ खुवाउनुभएको थियो ।  नीतीश कुमारसँगै  भारतीय जनता पार्टीका नेता सुशील कुमार मोदीले उपमुख्यमन्त्रीको सपथ लिनुभएको छ । बुधबार मात्रै राष्ट्रिय जनता दल र कंग्रेसँगको गठबन्धनसँग काम गर्न कठिन भएको भन्दै कुमारले...

  • news

    नवनिर्वाचित भारतीय राष्ट्रपतिले सपथ लिए

    रामनाथ कोविंदले भारतको १४औं राष्ट्रपतिको रुपमा सपथ लिनुभएको छ । सपथग्रहण समारोहमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, पूर्व प्रधानमन्त्री मनमोहन सिंह, पूर्व राष्ट्रपति प्रतिभा पाटिल, कांग्रेस अध्यक्ष सोनिया गान्धी, बिहारका मुख्य मन्त्री नीतीश कुमारलगायतका उच्चपदस्थ व्यक्तिहरुको उपस्थिति रहेको थियो ।  नवनिर्वाचित नवनिर्वाचित राष्ट्रपति कोविंद राजघाट पुगेर...

  • ७० जना गाँउले अपहरित, सात जनाको हत्या

    अफगानिस्तानको दक्षिणी क्षेत्रमा पर्ने एउटा गाँउबाट ७० जना व्यक्ति शुक्रबार अपहरणमा परेका छन् । प्रहरीले उनीहरूलाई तालिवान लडाकूहरूले अपहरण गरेको आरोप लगाएको छ भने अन्य कम्तीमा सात जना मारिएको पनि जनाएको छ ।  अपहरणमा परेकामध्ये तीस जनालाई छाडिदिएको भए पनि अरू कम्तीमा तीस जना अझै पनि बेपत्ता रहेको कान्दाहार प्रान्तका प्रहरी प्रमुख अब्दुल राजिकले एएफपीलाई जानकारी...

  • news

    अफगानिस्तान : तालिबानद्वारा अपहरण गरेका सातजनाको हत्या

    अफगानिस्तानमा तालिबान बिद्रोहीले अपहरण गरेका कम्तिमा सातजनाको हत्या गरेका छन् । तालिबान बिद्रोहीले कान्दाहार प्रान्तको गाउँबाट यो हप्ताको सुरुमा ६० भन्दा बढी गाउँलेलाई अपहरण गरेका थिए ।  त्यसमध्ये कम्तिमा सातजनालाई अफगान बिद्रोहीले हत्या गरेको अफगान प्रहरीका उच्च अधिकारीलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ । अपरहणमा परेका मध्ये ३० जना भने मुक्त भएका छन् । तर अझै ३०...

  • लेखकलाई ६ महिनाभित्र मुस्लिम नबने हातखुट्टा काटिदिने धम्की

    भारतको केरला राज्यका प्रसिद्ध मलयाली लेखक केपी रमनउन्नीलाई एउटा बेनामे धम्कीपूर्ण पत्र पुगेको छ । पठाउनेको परिचय नखुलेको पत्रमा रमनउन्नीको लेखनका कारण मुस्लिम युवक भड्किएको भन्दै ६ महिनाभित्र मुस्लिम नबने दाहिने हात र देब्रे खुट्टा काटिदिने धम्की दिइएको छ ।  लेखकले पत्रबाट पत्र कसले पठाएको हो भन्ने नखुलेपनि मलप्पुरम जिल्लाको मंजेरीबाट आएको हुन सक्ने आशंका गरेका छन्...

  • news

    भाजपाका नेता रामनाथ कोविन्द भारतको १४ औं राष्ट्रपतिमा निर्वाचित

    भारतीय जनता पार्टीका नेता रामनाथ कोविन्द भारतको १४ औं राष्ट्रपतिमा निर्वाचित हुनुभएको छ । बिहीबार भएको मतगणनामा राष्ट्रिय प्रजातान्त्रिक गठवन्धनका राष्ट्रपतिका उम्मेदवार कोविन्दले ६५ प्रतिशत मत पाउनुभएको भारतीय सञ्चार माध्यमले  जनाएका छन् । उहाँका प्रतिस्पर्धी युपीएकी उम्मेदवार मिरा कुमारले ३४ प्रतिशत मत पाउनुभयो । कोविन्दले राष्ट्रपति प्रणव मुखर्जीलाई...

  • news

    ७५ वर्षअघि हराएको जोडी हिउँमुनि पुरिएको अवस्थामा भेटिए

    दोस्रो विश्वयुद्धताका आफ्नै फार्महाउसबाट हराएको एक स्विस जोडी ७५ वर्षपछि हिउँले पुरिएको अवस्थामा मृत फेला परेका छन् । सन् १९४२ मा मार्सेलिन र फ्रान्सिन डुमोलिन आफ्नै फार्म हाउसमा दुध दुहुन गएपनि कहिल्यै फर्केनन् ।   स्कि रिर्सोटका एक जना कामदारले गत हप्ता काम गर्दै गर्दा ती दुई दम्पतीको शव फेला पारेका थिए ।  एल्पस पर्वतको हिउको चट्टानमा जमेकोअवस्थामा ती दुईको शव...

  • news

    एउटा बाँदरका कारण ५० हजार मानिस अँध्यारोमा

    बाँदरले पावर स्टेशनमा क्षती पुर्‍याएपछि जाम्बियाका ५० हजार भन्दा धेरै मानिस अँध्यारोमा बस्न बाध्य भएका छन् । एउटा लंगुरे बाँदरले गएको आइतबार दक्षिण जाम्बियामा रहेको एउटा पावर स्टेशनको विजुलीको तारमा क्षती पुर्‍याएपछि ५० हजार भन्दा धेरै मानिस अन्धकारमा बस्न बाध्य भएका बिबिसीले जनाएको छ ।   मानिसका कारण विद्युत आपूर्तिमा समस्या भएको भए कारवाही गर्न सकिने भए पनि...

सामाजिक संजाल

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Solududhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org