प्रदेश

  • भोजपुरमा छिमेकीको गोरु मार्ने तीन युवक पक्राउ

     भोजपुरको पश्चिम टेम्केमैयुङ गाउँपालिका–८ गोगनेमा छिमेकीको गोरु मारेको अभियोगमा तीन जना युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्थानीय २२ वर्षका भिम विष्ट, २१ वर्षका विकास तामाङ र १९ वर्षका खगेन्द्र विष्ट रहेका छन् । उनीहरुले गत असोज २३ गते राति स्थानीय छत्र हादुर विष्टको गोठमा रहेको एक हल गोरुलाई बञ्चरोले हानेर मारेका थिए । आफ्नो गोरु मारेपछि विष्टले...

  • आंशिक लाभग्राहीको आवास प्रवलीकरण अनुदान सम्झौता

    खोटाङमा आंशिक क्षति भएका लाभग्राहीसँग आवास प्रवलीकरण अनुदान सम्झौता सुरु गरिएको छ ।  २०७२ साल वैशाख १२ गतेको महाभूकम्प तथा सोको पराकम्पनका कारण क्षतीग्रस्त निजि आवास तथा भवन पुःर्ननिर्माणका लागि जिल्लामा रुपाकोट मझुवागढी नगरपालिकाबाट आंशिक क्षति भएका लाभग्राहीको आवास प्रवलीकरण अनुदान सम्झौता सुरु गरिएको हो ।  पहिलो चरणमा साविकको रुपाकोट मझुवागढी नगरपालिका–१...

  • मोरङमा लालबाबुदेखि मिनेन्द्र रिजालसम्मले यसरी गरे मनोनयन दर्ता

    मोरङका ६ वटा निर्वाचन क्षेत्रमा तामझाम र बाजागाजासहित मनोनयन दर्ता भएको छ । मोरङमा विभिन्न पार्टीका धेरै केन्द्रीय नेताहरुले उम्मेदवारी दिएका छन् । उम्मेदवारी दर्ता भई रहेको निर्वाचन कार्यलय आसपासमा ठूलो मात्रामा प्रहरी परिचालन गरिएको छ । जिल्लामा कांग्रेस र वाम गठबन्धनका केन्द्रीय नेताहरुका कारण पनि जिल्लाको चुनावी प्रतिस्पर्धा रोचक देखिएको छ । दुवै गठबन्धन मात्र...

  • ढुंगेल पक्राउको विरोधमा एक घण्टा चक्काजाम

    ओखलढुंगामा माओवादी केन्द्रले नेता बालकृष्ण ढुंगेलको रिहाइको माग गर्दै कोण सभा तथा आधा घण्टा चक्काजाम गरेको छ ।  ओखलढुंगाको मानेभञ्याङमा कोणसभा तथा चक्का जाम गरेर माआवादी केन्द्रले विरोध जनाएको हो । माओवादी केन्द्रले विज्ञप्ती जारी गरेर नेता ढुंगेलको रिहाइको माग गरेको छ ।   मानेभञ्याङ्मा भएको कोण सभालाई सम्बोधन गर्दै नेकपा माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य...

  • प्रदेश नम्बर १ को चुनावी प्रतिस्पर्धा : कसको अवस्था कस्तो ?

    आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको चुनावको सरगर्मी प्रदेश नम्बर एकमा पनि बढेको छ । पहिलो चरणमा प्रदेश नम्बर एकका ६ जिल्लामा चुनाव हुँदैछ । हिमाली र पहाडी जिल्लामा हुने पहिलो चरणको चुनाव राजनीतिक दलदहरु मत माग्न व्यस्त भइरहँदा चुनावी अड्कल बाजीहरु पनि सुरु भइसकेको छ । प्रदेश नम्बर एकमा हुने  पहिलो चरणको चुनावको कुरा गर्दा ताप्लेजुङ्ग, भोजपुर र संखुवासभाको चुनावी सरगर्मी...

  • बिर्तामोडमा तीन दिनदेखि जारी कर्फ्यू हट्यो, जनजीवन सामान्य बन्दै

    आइतबार राति ९ बजेदेखि बिर्तामोडमा कर्फ्यू नियमित गरिएको छैन । मानिसहरु दैनिक उपभोग्य वस्तु खाद्यान्न, सागसव्जी र फलफूलका पसलमा भिड लागेका छन् । सोमबार  दिँउसो ३ बजे सम्म लागि स्थगित कर्फ्यू पूर्णरुपमा हटाइएको झापाका प्रमुख जिल्ला अधिकारी ऋषीराम तिवारीले बताउनुभएको छ । तीन साताअघि संकास्पद रुपमा मृत भेटिएका एकजना बालकको मृत्युबारे सही अनुसन्धान नभएको भन्दै बढेको...

  • चट्याङ लागेर एकै घरका तीन जना घाइते

    ओखलढुंगामा चट्याङ पर्दा एकै घरका तीन जना घाइते भएका छन् । पानीसँगै परेको चट्याङ लागेर चिसंखुगढी गाउँपालिका–४ का ६५ वर्षीय बुद्धीबहादुर विश्वकर्मा, उनका ३४ वर्षीय बुहारी कृष्णलक्ष्मी र १० वर्षका नाती कुशल घाइते भएका हुन् । चट्याङले विश्वकर्मा परिवारको एउटा भैंसी मरेको प्रहरीले जनाएको छ । चट्याङ लागेर घरमा समेत क्षति पुगेको छ । पानीसँगै आएको हावा हुरीले यस क्षेत्रमा...

  • news

    बिर्तामोडमा प्रहरीको गोली लागेर एक जनाको मृत्यु, १० घाइते

    झापाको बिर्तामोडमा बालकका हत्यारालाई कारवाही गर्न माग गर्दै भएको प्रदर्शनमा प्रहरीले गोली चलाउँदा एक जनाको ज्यान गएको छ । गोली लागेर अर्जुनधारा नगरपालिका–११ का नरेश थापाको ज्यान गएको प्रहरीले जनाएको छ ।गोली लागेर घाइते भएका थापाको उपचारका क्रममा मेची अञ्चलमा उपचारका क्रममा ज्यान गएको हो । प्रहरीको गोली लागेर १० जना भन्दा धेरै घाइते भएका छन् । उनीहरुको मेची अञ्चल...

  • उदयपुरमा एक ट्रयाक्टर चालक मृत फेला

    उदयपुरमा बिहीबार बिहान एक जना ट्रयाक्टर चालक मृत अवस्थामा भेटिएका छन् । जिल्ला प्रहरी प्रमुख एसपी नवराज भट्टका अनुसार उदयपुरगढी गाउँपालिका–७ र रौतामाई गाउँपालिका–९ को सिमानामा पर्ने चिहानेखोला नजिकै चालक शिवकुमार सदा मृत भेटिएका हुन् ।   अन्दाजी ३० वर्षे सदाको घर त्रियुगा नगरपालिका–६ जलजले हो । स १ त ५९६० नम्बरको ट्रयाक्टरका चालक सदा ट्रयाक्टर रोकीरहेको छेउमा...

  • बोक्सी भन्दै एक महिलालाई खुकुरी तताएर कुट्ने युवती पक्राउ

    शरिरमा बोक्सीको पिसाच लागेको भन्दै झारफुक गर्ने नाममा एक महिलालाई फलाम तताएर डाम्दै कुटपिट गर्ने एक युवतीलाई पाँचथर प्रहरीले पक्राउ गरेको छ । तुम्वेवा गाँउपालिका ३ बस्ने  २६ वर्षकी लिपा भनिने दिव्यानी माङ्लाकलाई प्रहरीले प्रक्राउ गरेको हो ।  माङ्लाकले आफ्नो शरिरमा बोक्सी लागेको भन्दै त्यसै गाँउकी ४५ वर्षकी महिलालाई खुकुरी तताएर डाम्दै कुटपिट गरेकी थिइन । पीडित...

  • news

    उम्मेदवारी फिर्ता गर्न हेलिकप्टर चार्टर गरेर आए माओवादीका बागी उम्मेदवार

    रामेछाप, कात्तिक ८ – वाम गठबन्धनविरुद्ध बागी उम्मेदवारी दिएका नेकपा माओवादी केन्द्रका तीन जना उम्मेदवार आफ्नो उम्मेदवारी फिर्ता लिनको लागि सेनाको हेलिकोप्टर चढेर जिल्ला सदरमुकाम मन्थली आएका छन् ।   पार्टी नेता तथा वाम गठबन्धनबीच चार दिनको लामो प्रयासपछि माओवादी केन्द्रको शीर्ष नेतृत्वले प्रतिनिधिसभा तर्फ बागी उम्मेदवारी दिएका पार्टी नेता मैनकुमार मोक्तान र...

  • झापामा डेंगुका कारण कसैको मृत्यु भएको छैन : जनस्वास्थ्य

    झापामा अहिलेसम्म डेंगुका कारण कसैको ज्यान नगएको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ ।  डेंगुका कारण ज्यान गएको भनिएको बिर्तामोड नगरपालिका–४ विर्ताबजारका ४० वर्षका उमेश साहको अन्य कारणबाटै ज्यान गएको उक्त कार्यालयका स्रोत व्यक्ति कुलबहादुर पौडेलले जानकारी दिनुभयो । “साहको अन्य कारणबाट मृत्यु भएको हो”, उहाँले भन्नुभयो, “हामी अनुसन्धान गर्दैछौँ ।”  मृतक...

  • रामेछापमा वाम गठबन्धनलाई वागी उम्मेदवारको झड्का

    प्रदेश सभा र प्रतिनिधि सभाको चुनावको लागि आइतबार भएको मनोनयन दर्तासँगै रामेछापमा वामगठबन्धनबाटै वागी उम्मेदवारी परेपछि गठबन्धनलाई समस्या परेको छ । एमाले र माओवादी केन्द्रबिच सहमति भएर बनेको वाम गठवन्धनसँगै जिल्लाका अन्य नेताहरुलाई मिलाएर प्रजातान्त्रिक पक्षलाई फितलो बनाउने गठबन्धनको योजना निकै कठीन देखिएको छ । जिल्लामा वागी उम्मेदवारको रुपमा उम्मेदवारी दिएका...

  • news

    सार्वजनिक जग्गाको अतिक्रमण बढ्दो

    जिल्लाका विभिन्न ठाउँमा सार्वजनिक जग्गाको अतिक्रमण बढेको छ । डडुवाको देउराली कुखुरे आहाल १५ वर्षयता बजारमा परिणत भएको छ । सार्वजनिक जग्गामा घर बनाएर स्थानीय बासिन्दाले व्यापार गरिरहेका छन् । मन्थलीस्थित फुलासीको पोखरीडाँडामा अतिक्रमण बढेको छ । गाल्वा बजारको अवस्था पनि त्यस्तै छ । दोरम्बा बजारमा सार्वजनिक जग्गा अतिक्रमण गर्दै घर बनाउने क्रम तीव्र छ । मन्थलीसँगैको...

  • प्रदेश नम्बर दुईमा हाम्रो सरकार बन्छ : उपेन्द्र यादव

    संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले नेपाली कांग्रेसको नेतृत्वको लोकतान्त्रिक गठबन्धनमा बस्ने इच्छा नरहेको बताउनुभएको छ ।  विराटनगर विमानस्थलमा सोमबार बिहान सञ्चारकर्मीसँग कुराकानी गर्दै गठबन्धनसँग सिटको तालमेल हुने सम्भावना भने रहेको स्पष्ट पार्नुभयो । आपसी समझदारीमा सिटमा तालमेल गरिने उहाँको भनाइ थियो ।  उहाँले लोकतान्त्रिक गठबन्धनमा...

सामाजिक संजाल

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Solududhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org