प्रदेश

  • मोरङको कानेपोखरीमा आगलागी हुँदा एकै परिवारका चार जनाको मृत्यु

    मोरङको कानेपोखरी गाउँपालिका–३, हरकपुरस्थित एक घरमा आगलागी हुँदा एकै घरका चार जनाको जलेर ज्यान गएको छ । बिहिबार बिहान २ बजे लागेको आगोले ५६ वर्षिय चन्द्रकुमार राई, ५० वर्षिय पार्वता राई, ४५ वर्षिय बिष्णुकुमारी राई (तामाङ) र ८५ वर्षिय गंगामाया राईको आगोले जलेर ज्यान गएको हो । चन्द्रकुमार राई घरमुली हुन् । उनकी आमा गंगामाया, श्रीमती पार्वता र बहिनी बिष्णुकुमारीको जलेर...

  • झारफुकको भरपर्दा आँखाको ज्योति गुम्दै, बिरामीलाई अस्पताल पठाइदिन आग्रह

    धामीझाँक्रीको भरमा परेर अझैपनि गाउँदेखि सहरसम्मका अधिकांश मानिसले मोतियाविन्दुका कारण आँखाको ज्योति गुमाउने गरेका छन्।  चेतना अभावका कारण मोतियाविन्दु भएपछि झारफुक गर्न धाँमीझाक्री कहाँ जाँदा उपचार नपाएर उनीहरुले आँखाको ज्योति गुमाउने गरेका हुन्।  मोतिविन्दु भएर आँखाको ज्योती गुमेपछि मात्र उपचारका लागि अस्पताल आउने परिपाटी बढेपछि मेची आँखा अस्पताल...

  • इलामका सात स्थानीय तहमा बैंक नहुँदा सदरमुकामै धाउनुपर्ने बाध्यता

    इलामका सात स्थानीय तहमा बैंक नहुँदा आर्थिक कारोबार गर्न कठिनाई भएको छ । इलामका माङसेबुङ्ग, फाकफोकथुम, माइजोगमाई, सन्दकपुर, रोङ, चुलाचुली गाउँपालिका र माइनगरपालिकामा अझैपनि बैंकहरु खुलेका छैनन् ।   बैंक नहुँदा सर्वसाधरण, शिक्षक, स्थानीय तहका कर्मचारी र जनप्रतिनीधिलाई समेत समस्या भएको छ । चुनावपछि सबै अधिकार गाउँ आउदा समेत कारोबारका लागि सदरमुकाम धाउनु पर्ने बाध्यता...

  • news

    बारामा मतदाता कुर्दै कर्मचारी

    बारामा दिउँसो २ बजेसम्म ६० प्रतिशत मतदान भएको छ । बिहानैदेखि मतदाता लाइनमा बसेकोले चाडै नै मतदान सम्पन्न हुने लागेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।  बाराका धेरैजसो मतदान केन्द्र खाली भैसकेको र कर्मचारीले मतदाता कुरिहरेको निर्वाचन कार्यालयले जनाएको छ । कलैया उपमहानगरपालिकाको वडा नम्बर ९ मा रहेको नेपाल राष्ट्रिय प्रावी र मालपोत कार्यलयमा मतदाता नआएकोले...

  • भूकम्पले क्षतिग्रस्त भवनमै पठनपाठन गर्नुपर्ने बाध्यता

    रामधन राई-खोटाङ, खोटाङको रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलाको पञ्चकन्या आभारभुत विद्यालय र जनकल्याण आधारभुत विद्यालयको भवन पुनःमर्मत नहुँदा जोखिम मोलेर पठनपाठन गर्नुपर्ने बाध्यता छ । भूकम्प गएको दुई बर्ष बढी बितिसक्दा पनि कुनै निकायबाट सहयोग नपाउँदा जिर्ण भवनमा जोखिम मोलेर पठनपाठन गर्नुपरेको विद्यालय परिवारले जनाएको छ । भूकम्पले पञ्चकन्या आधारभुत...

  • ठगी तथा अप्ठ्याराबाट बचाउन सम्झाई–बुझाई राहदानी !

    रामधन राई,खोटाङ बैदेशिक रोजगारीका क्रममा युवाहरु ठगीने तथा अप्ठ्यारोमा पर्ने गरेको भन्दै जिल्ला प्रशासन कार्यालय खोटाङबाट सम्झाईबुझाई मात्र राहदानी प्रदान गर्ने बताईएको छ । बैदेशिक रोजगारीको प्रक्रिया तथा सम्बन्धित बिषयमा केही पनि नजान्न निरक्षरहरु समेत राहदानी बनाउन आउने गरेकाले त्यस्ता युवालाई प्रयोजन बुझेर सम्झाई बुझाई मात्र राहदानी प्रदान गर्न शुरु...

  • ताम्लिछाको वडा परिषदमा सवैभन्दा वढी भौतीक पुर्वाधारमा वजेट विनियोजन,

    सिमसन राई, भाद्र ३०, उदयपुर सुनकोसी गाँउ पालिका वडा न. २ ताम्लिछाको वडा परिषदमा सवैभन्दा वढी भौतीक पुर्वाधारमा वजेट विनियोजन गरिएको छ । कुल बजेट ५० लाख मध्ये ३५ लाख रुपैयाँ भौतीक पुर्वाधारमा विनियोजन गरिएको हो । ताम्लिछा देखी कटुवाल भञ्याङ सम्म सडक स्तर उन्नतीको लागि १३ लाख रुपैयाँ, लिम्मा, गोडेली, साभाटो सडकको लागि १० लाख, लैकु ज्यामीरे सडकको लागी ६ लाख ६० हजार र डाप्सा...

  • मौन अवधिको पूर्वसन्ध्यामा दलहरुले जनकपुरमा गरे शक्ति प्रदर्शन

    मौन अवधिको पूर्वसन्ध्यामा दलहरुले जनकपुरमा शक्ति प्रदर्शन गरेका छन् । मौन अवधि शुक्रबार राति १२ बजे पश्चात लागु हुने भएपछि प्रचारप्रसार गर्न नपाउने भएकाले दलका उम्मेदवारहरुले शक्ति प्रदर्शन गरेरै मतदातालाई आकर्षित गर्ने प्रयास गरेका छन् । शुक्रबार नेकपा एमाले, राजपा नेपाल, संघीय समाजवादी फोरमले जनकपुरको विभिन्न नगरपालिका तथा गाउँपालिकामा प्रचारप्रसारसँगै ¥याली...

  • ओली बाहेक सबै शीर्ष नेता तराईमा

    प्रदेश नम्बर २ का सकेसम्म धेरै स्थानीय तहमा चुनाव जित्ने लक्ष्यका साथ चुनावमा होमिएका ठूला दलले चुनावी प्रचारलाई तीब्र बनाएका छन् ।  का‍ंग्रेस, माओवादी केन्द्र, राष्ट्रिय जनता पार्टी, फोरम लोकतान्त्रिक, संघीय समाजवादी पार्टी, लगायत दलका शीर्ष नेता २ नम्बर प्रदेशका ८ जिल्लाका विभिन्न ठाउँमा हुने चुनावी सभामा सहभागी भइरहेका छन् । एमालेले अध्यक्ष केपी शर्मा ओली बाहेकका...

  • आवश्यक परे मन्त्रिपरिषद फेरि बिस्तार हुन्छ, आचारसंहिता उल्लंघन भएको छैन : प्रधानमन्त्री देउवा

    प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद बिस्तार गरेर सरकारले आचारसंहिताको उल्लंघन नगरेको दाबी गर्नुभएको छ । प्रदेश नम्बर २ का स्थानीय तहमा आउँदो असोज २ गते हुने चुनावको प्रचार प्रसारका लागि जाने क्रममा मंगलबार बिहान विराटनगरमा प्रधानमन्त्री देउवाले सबैको चित्त बुझाउनक लागि मन्त्रिपरिषद बिस्तार गरेको र आवश्यकताको आधारमा अझै मन्त्री थपिन सक्ने बताउनुभयो...

  • ​खोलाले बगाएर एक युवतीको मृत्यु

    भोजपुरको षडानन्द नगरपालिकामा खोलाले बगाएर एक जनाको ज्यान गएको छ । आइतबार साँझ कान्ले खोलामा आएको बाढीले बगाउँदा षडानन्द नगरपालिका–७ की १९ बर्षीया दिचना दर्जीको ज्यान गएको हो । धान गोडेर घर फर्कने क्रममा खोला तर्न खोज्दा देउराली र तुंगेछा वीचको कान्ले खोलाले दर्जीलाई बगाएको इलाका प्रहरी कार्यालय दिंलाले जनाएको छ...

  • गाउँपालिका र विमानस्थल जोड्ने सडक निर्माण सुरु

    खोटाङको दिप्रुङ गाउँपालिकाले गाउँपालिका र खानीडाँडा विमानस्थल जोड्ने सडक निर्माण सुरु गरेको छ ।  दिप्रुङ गाउँपालिका–१ याम्खा र रुपाकोट मझुवागढी नगरपालिकाको खानीडाँडा विमानस्थल जोड्ने १५ किलोमिटर लामो सडक निर्माण सुरु गरिएको हो । सडक विभागको आर्थिक सहयोगमा दुई वर्षअघि डिपिआर तयार पारिएको सडक गाउँपालिकाभित्रका विरामीलाई खानीडाँडा विमानस्थल हुँदै सुविधा सम्पन्न...

  • news

    नदी दोहनमा प्रयोग गरिएका टिपर र ट्रयाक्टर नियन्त्रणमा

    मोरङको स्थानीय खोलावाट अवैध रुपमा ढुङ्गा, गिट्टी र बालुवा निकासी कार्यमा प्रयोग हुँदै आएका एक टिपर र दुई ट्रयाक्टरसहित ३ सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय बेलबारीवाट गएको टोलीले गएराति सुन्दरहरैचा नगरपालिका–६ भुल्केस्थित गछिया खोलावाट बा ४ ख ८७३३ नम्बरको टिपर र को २ प ५५१७ नम्बरको ट्रयाक्टरसहित चालकलाई नियन्त्रणमा लिएको हो...

  • प्रदुषित पानी पिउँदा रामेछापको दाहाल गाउँका सबै गाउँले बिरामी

    रामेछापको मन्थली नगरपालिका–१ का स्थानीय बासिन्दा दुषित पानी पिएका कारण बिरामी परेका छन् । पानीको अभावमा खोलाको पानी पिउँदा मन्थली–१ स्थित दाहाल गाउँका सबै उपभोक्ता बिरामी परेका हुन् ।दाहाल गाउँका उपभोक्ताहरुले वर्षौ पहिलेदेखि प्रयोग गर्दैै आएको पधेँरो सुकेका कारण उनीहरु खोलाको पानी पिउन बाध्य छन् । दाहाल गाउँमा बसोवास गर्ने २५ घरधुरी उपभोक्ताहरुले अहिलेसम्म पिउने...

  • इलाममा दरबन्दीअनुसार डाक्टर नहुँदा बिरामी मारमा

     इलाम अस्पतालमा दरबन्दी अनुसारका बिशेषज्ञ डाक्टर नहुँदा वर्षांैदेखि इलामका बासिन्दा समस्या झेल्दै आइरहेका छन् ।  दरबन्दी अनुसारका डाक्टर नहुँदा बिरामीलाई जिल्ला बाहिर जानु पर्ने बाध्यता छ । ५० शैयाको अस्पताल स्वीकृत भएपछि अस्पतालमा ६४ जनाको दरबन्दी थपिएको हो । तर अस्पतालमा अहिले ३२ जना कार्यरत रहेका अस्पतालका सूचना अधिकारी रीता अधिकारीले जानकारी दिनुभयो । उहाँका...

सामाजिक संजाल

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Solududhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org