खेलकुद

  • news

    पेरिसकको ह्याट्रिक, शीर्ष स्थानमा फर्कियो इन्टर मिलान

    १८ मंसिर–इन्टर मिलान फेरि इटालियन सिरी ए फुटबलको शीर्ष स्थानमा फर्किएको छ । लिगमा अपराजित रहेको इन्टर मिलानले आइतबार राति भएको खेलमा केएभोमाथि ५–० को शानदार जित दर्ता गर्दै महत्वपूर्ण तीन अंक जोड्दै फेरि शीर्ष स्थानमा उक्लिएको हो ।  इन्टर मिलानको जितमा इभान पेरिसकले ह्याट्रिक गरे भने माउरो आइकार्डी र स्क्रिनिएरले एक एक गोल गरे । २३ औं मिनेटमा पेरिसकको गोलबाट इन्टर...

  • news

    विराट कोहलीले तोडे ब्रायन लाराको कीर्तिमान

    मंसिर १७ – भारतीय क्रिकेट टिमका कप्तान विराट कोहलीले कप्तानका रुपमा सबैभन्दा बढी दोहोरो शतक बनाउने नयाँ कीर्तिमान बनाएका छन् । भारतको नयाँ दिल्लीमा श्रीलंकासँगको तेश्रो टेष्ट क्रिकेटमा दोहोरो शतक बनाएका कोहलीले कप्तानका रुपमा सबैभन्दा बढी ६ पटक दोहोरो शतक बनाउने कीर्तिमान बनाएका हुन् । यसअघि यो कीर्तिमान वेष्ट इण्डिजका कप्तान ब्रायन लाराको नाममा थियो । लाराले...

  • news

    ‘विश्वकपको डेब्युमै अर्जेन्टिना प्रतिस्पर्धी, उत्साहित छौं’

    आइसल्याण्डले गएको वर्ष भएको युरोकप फुटबलमा उत्कृष्ट प्रदर्शन गर्दै विश्व फुबलमा चासो राख्ने सबैलाई चकित पारेको थियो । युरोकपमा आफ्नो जादु देखाउँदै अन्तिम ८ सम्म पुगेको आइसल्याण्डले आउँदो वर्ष रुसमा हुने विश्वकप फुटबलमा स्थान बनाएर अर्को इतिहास बनाएको छ ।  पहिलो पटक विश्वकप खेल्न थालेको आइसल्याण्ड शुक्रबार मस्कोमा भएको ड्र अनुसार दुईपटकको विश्व विजेता अर्जेन्टिना...

  • आफ्नै गुरुविरुद्ध कस्तो खेल्ला नेपालले

    १५ मंसिर–श्रीलङ्काकै आफ्ना अग्रज रोय लुक डायसको सुस्त ढाँचामा अभ्यस्त हुँदै गरेको नेपाली टीमलाई केही आक्रामक र व्याटिङ फोकस्ड गर्न नेपाली टीमको मुख्य प्रशिक्षकका रुपमा पुबुदु दासानायकेले धेरै गरेका छन् । उनकै प्रशिक्षणमा नेपालले २०१५ मा ट्वेन्टी ट्वेन्टीको विश्वकप खेलेको इतिहास लेखेको थियो । र हामीले कुनैपनि खेलको विश्वकपमा आफ्नो देशको झण्डा र जर्सि फर्फराएको...

  • news

    इपिएल क्रिकेटको खेल तालिका सार्वजनिक

    आउँदो पुस ३ गतेदेखि हुने एभरेस्ट प्रिमियर लिग (इपिएल) क्रिकेट प्रतियोगिताको खेल तालिका सर्वाजनिक भएको छ । त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदान कीर्तिपुरमा हुने प्रतियोगिताको उद्घाटन खेलमा पुस ३ गते सोमबार काठमाडौं किङस् इलाभेन र ललितपुर प्याट्रियोर्ट खेल्ने भएका छन् ।   १२ दिनसम्म चल्ने प्रतियोगितामा ६ टिमले १९ खेल खेल्नेछन् । प्रतियोगितामा काठमाडौं किंग्स...

  • news

    रियल मड्रिड हारबाट जोगियो, पुग्यो अन्तिम १६ मा

    रियल मड्रिड स्पेनिस कोपा डेल रे फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ । अन्तिम ३२ अन्तर्गत मंगलबार राति भएको दोस्रो लेगमा  तेस्रो डिभिजनको फुएनलाब्रादासँग २–२ को बराबरीमा रोकिए पनि समग्रमा ४–२ को जितसहित रियल मड्रिड अन्तिम १६ मा पुग्न सफल भएको हो ।  तेस्रो डिभिजनको क्लबसँग पराजित हुन नदिन रियल मड्रिडका लागि दुवै गोल बोर्जा मायोरलले गरे । दुवै गोलका लागि दुई महिनापछि...

  • news

    विश्व क्रिकेट लिग च्याम्पियन्सका लागि राष्ट्रिय टोली घोषणा, को–को परे ?

    विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत युएईसँग हुने खेलका लागि राष्ट्रिय टोलीको घोषणा गरिएको छ ।  बन्द प्रशिक्षणमा रहेका २० जना खेलाडीबाट च्याम्पियनसिपका लागि पारस खड्काको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरिएको हो । टोलीमा ज्ञानेन्द्र मल्ल, शक्ति गौचन, शरद भेषावकर, सागर पुन, बसन्त रेग्मी, बिनोद भण्डारी, सन्दिप लामिछाने, सोमपाल कामी र करण केसी छन् ।  यस्तै १९ वर्ष...

  • news

    महिला क्रिकेट : नेपालको पहिलो जित, मलेसियालाई ३३ रनले हरायो

    महिला ट्वेन्टी ट्वेन्टी विश्वकप क्रिकेट एसिया छनौटमा नेपालले पहिलो जित हात पारेको छ । नेपालले शुक्रबार आफ्नो चौथो खेलमा मलेसियालाई ३३ रनले हराएको हो ।   १ सय ९ रनको लक्ष्य पछ्याएको मलेसियाले २० ओभरमा ७ विकेट गुमाएर ७५ रन मात्र बनाउन सक्यो । नेपाललाई जिताउन करुणा भण्डारीले ३ तथा रीतुकुमारी कनौजिया, नेरी थापा, सरिता मगरले एक एक विकेट लिए ।  थाइल्याण्डको बैंककमा पहिले...

  • news

    बार्यन म्युनिखका फ्यानले गरे मैदानमा नोटको वर्षा

    च्याम्पियन्स लिग फुटबल अन्तर्गत बुधबार राति भएको बार्यन म्युनिख र एन्डरलेक्टबिचको खेल भइरहेका बेला मैदानमा पैसाको बण्डल बर्सियो ।  अवे मैदानमा भएको खेलमा जर्मन क्लब बार्यन म्युनिखका समर्थकले पैसाको बण्डल मैदानमा फालेका हुन् । उनीहरुले साँच्चिकै नोटको बण्डल नभइ नक्कली नोटको बण्डल फ्याँकेका हुन् ।  च्याम्पियन्स लिग अन्तर्गत अवे मैदानमा हुने खेलको टिकट मूल्य...

  • news

    महिला क्रिकेट : नेपाल र हङकङको खेलमा पनि पानी पर्‍यो, अंक बाँडियो

    महिला ट्वेन्टी ट्वेन्टी विश्वकपको एशियाली छनौटमा नेपालले मंगलबार हङकङसँग पनि अंक बाँडेको छ । थाइल्याण्डको बैंककमा पानी परेर खेल हुन नसकेपछि हङकङ र नेपालले समान १–१ अंक बाँडेका हुन् ।   वर्षाले खेल रोकेपछि नेपालले पहिलो खेलमा सोमबार घरेलु टोली थाइल्याण्डसँग पनि अंक बाँडेको थियो । ६ टिम सहभागी प्रतियोगितामा राउन्ड रोविन लिगका आधारमा खेल हुने छ । मंगलबारको खेलमा पनि...

  • क्यानडाको टोरन्टोमा भएको तेक्वान्दोमा यानकुमारीलाई स्वर्ण

    क्यानडामा भएको टोरन्टो ओपन तेक्वान्दो च्याम्पियनसिपमा यानकुमारी चौलागाईले स्वर्ण पदक जितेकी छिन् । क्यानडाको टोरन्टो शहरमा भएको ५७ केजी तौल समूहको फाइनलमा यानकुमारीले क्यानडाकी खेलाडी लौजन लौरिनलाई हराउँदै स्वर्ण जितिन् । अर्का २ राष्ट्रिय खेलाडी भने पदकविहिन रहे । टोरन्टोस्थित भेराइटी भिलेज एथ्लेटिक सेन्टरमा भएको खेलमा ज्ञानी चुनरा र रेजिना कार्की पदक विहिन रहे ।...

  • news

    काभानी चम्किए, नेइमारले गोल गरेनन्, पिएसजीले जित्यो

    फ्रेन्च लिग वान फुटबलको लिडर पेरिस सेन्ट–जर्मेन (पिएजी) ले ६ अंकको अग्रता कायम गरेको छ । लिग अन्तर्गत शनिबार राति भएको खेलमा पिएसजीले नान्टेसलाई ४–१ ले हराएर दोस्रो स्थानको मोनाकोसँगको अंक दूरी ६ पुर्‍याएको हो ।  पिएसजीको जितमा एडिसन काभानीले दुई तथा एन्जल डि मारिया र पास्टोरीले एक एक गोल गरे । नान्टेसका लागि नाकोउल्माले एक गोल फर्काए ।  घरेलु मैदानमा भएको खेलमा ३८...

  • यु १९ एसिया कप : नेपालका अघि बाधक बन्यो अफगानिस्तान, नेपाल सात विकेटले पराजित

    उन्नाइस वर्षमुनिको एसिया कप क्रिकेटको फाइनल यात्राका लागि नेपालका अघि अफगानिस्तान बाधक बनेको छ । शुक्रबार भएको सेमिफाइनलमा नेपाल अफगानिस्तानसँग सात विकेटले पराजित भएकाे छ ।  मलेसियाको किनरारा ओभल मैदानमा अफगानिस्तानले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङमा आएको नेपालले २८ ओभरमा १ सय ३ रन बनाउँदा सबै विकेट गुमाएको थियो । जवाफी ब्याटिङमा आएको अफगानिस्तानले १८ ओभरमा ९४...

  • मंसिर २ गतेदेखि पोखरामा ‘ट्यालेन्ट हन्ट’ क्रिकेट

    पोखरा राइनोज टिमले मंसिर २ गतेदेखि पोखरामा ‘ट्यालेन्ट हन्ट’ क्रिकेट प्रतियोगिता गर्ने भएको छ । जगदम्बा स्पोट्र्स प्राइभेट लिमिटेड (जे फोर)ले एभरेष्ट प्रिमियर लिगसँग आवद्ध भई ‘पोखरा राइनोज’ नामको क्रिकेट खोलाडी टोली बनाएको छ ।  सन् २०१७ मा स्थापना भएको उक्त टिममा शक्ति गौचनको नेतृत्व रहेको छ । अन्य खेलाडिमा  विनोद भण्डारी, सुशन भारी, राजेश पुलामी मगर, विक्रम शोव,...

  • news

    विश्वकपमा पुग्यो अष्ट्रेलिया, जेडिनकले गरे ह्याट्रिक

    अष्ट्रेलियालाई दोश्रो पल्ट विश्वकपको मैदानमा पुर्‍याउन माइल जेडिनकले ह्याट्रिक गरे । फ्रिकिकमार्फत ५३ औं मिनेटमो पहिलो गोल गरेका उनले ७२ औं र ८५ औं मिनेटमा पेनाल्टीमार्फत गोल गरे । यसअघि अष्ट्रेलियाले सन् २००६ को विश्वकप खेलेको थियो । इन्जुरी समयमा होन्डुरसका मेयनोर फिगोराले गोल गर्दै अन्तर कम गरे ।  अब न्युजिल्याण्ड र पेरु मध्ये एक टिम आउँदो विश्वकमा छानिने छन् ।...

सामाजिक संजाल

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Solududhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org