खेलकुद

  • एसिया कप छनौट फुटबल : नेपाल आज फिलिपिन्ससँग खेल्दै, कप्तान अनिल गुरुङको अन्तिम खेल

    एसिया कप फुटबलको छनौटमा नेपालले आफ्नो पाँचौँ खेल फिलिपिन्ससँग खेल्दै छ । खेल मंगल बार दिउँसो २ बजे एन्फा कम्लेक्स सातदोबाटोमा हुनेछ । नेपाली टोलीका मुख्य प्रशिक्षक ग्योतोकु कोजीले विगतका कमजोरीलाई सुधार गर्दै प्रतियोगितामा जित हाँसिल गर्ने लक्ष्य लिएको बताएका छन् । उनले प्रशिक्षणको क्रममा केही खेलाडी चोटग्रस्त भएकाले उनीहरुको अनुपस्थितिमा खेल रणनीति केही परिवर्तन...

  • news

    यु १९ एसिया कप : भारतविरुद्ध नेपालको ऐतिहासिक जित

    उन्नाइस वर्षमुनिको एसिया कप क्रिकेट अन्तर्गत नेपालले भारतलाई हराएको छ । भारतविरुद्ध नेपालको यो ऐतिहासिक जित हो ।  १८६ रनको लक्ष्य पच्छ्याएको भारत ४८ ओभर १ बलमा १६६ रन बनाउँदै अल आउट भयो । मलेसियामा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले भारतलाई १९ रनले हराएको हो । मलेसियामा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा एक सय ८५ रन बनाएको हो ।...

  • news

    यु १९ एसिया कप छनौट : नेपाल सबै खेलमा पराजित, ओमानले ५-० ले हरायो

    उन्नाइस वर्षमुनिको एशिया कप फुटबल छनौटमा नेपाल ओमानसँग पनि पराजित भएको छ ।  किर्गिस्तानको विस्केकमा भएको आफ्नो अन्तिम खेलमा नेपाल ओमानसँग ५-० ले पराजित भएको हो । पहिलो हाफमा तीन गोल खाएको नेपालले दोश्रो हाफमा थप दुई गोल खाएको थियो ।    नेपाली टोलीका प्रशिक्षक छिरिङ लोप्साङले टिमले आफ्नो क्षमता अनुसारको प्रदर्शन गर्न नसकेको भन्दै प्रदर्शनमा सुधार हुने बताएका थिए । तर...

  • news

    विश्व नम्बर एक नाडाललाई गार्डले चिनेनन्, गेटमै रोके

    राफायल नाडाल विश्वका सबैभन्दा चर्चित टेनिस खेलाडीमध्ये एक हुन् । विश्व नम्बर एक नाडाललाई खेलमा रुची राख्ने विश्वका सबैले चिन्छन् नै यस्तै फेसनमा रुची भएकाले पनि उनलाई चिन्छन् ।  टेनिस कोर्टमा खटिएका व्यक्तिले नै उनलाई चिनेनन् । नाडाललाई पेरिस मास्टर्स कप अन्तर्गत कोर्टमा छिर्ने बेलामा त्यहाँ खटिएका गार्डले चिनेनन् र कोर्टमा छिर्न दिएनन् । ति गार्डले कोर्टको प्रवेश...

  • news

    पहिलो हाफमा गोल, अन्तिममा रेड कार्ड

    फ्रेन्च लिग वान फुटबल अन्तर्गत आइतबार राति भएको खेलमा निसले डिजोनलाइृ १–० ले हरायो । निसका लागि मारिओ बालाटोलीले विजयी गोल गरेका हुन् ।  पहिलो हाफमा निसका लागि गोल गरेका बालाटोली खेलको अन्तिममा रातो कार्ड खाँदै मैदानबाट बाहिरिन बाध्य भए । ४० औं मिनेटमा बालाटोलीले पेनाल्टी मार्फत गरेको गोल नै निसको जितमा निर्णायक बन्यो । तर टिमलाई विजयी गोल गरेका बालाटोली ८९ औं मिनेटमा...

  • news

    रोनाल्डोको ठाउँ लिने रोनाल्डो जुनियरको संकेत

    लगातार दोस्रो वर्ष फिफा वर्ष खेलाडी अवर्डा जितेका पोर्चुगल तथा रियल मड्रिडका स्टार स्ट्राइकर क्रिष्टियानो रोनाल्डोले आफू विश्वको उत्कृष्ट खेलाडी रहेको प्रमाणित गरिसेका छन् । उनका छोरा क्रिष्टियानो रोनाल्डो जुनियर पनि पिताकै पथमा लाग्ने देखिएको छ । पिताकै बाटो पछ्याउने लक्षण देखाएका सात वर्षे जुनियर रोनाल्डोले फुटबल खेलमा राम्रो गर्न सक्ने देखिएको छ । रोनाल्डोले...

  • रोनाल्डोले भने - हरेक खेलमा गोल खोज्नेहरु ‘गुगल गर’ मेरो सबै गोल भेट्छौ

    रियल मड्रिडका स्टार स्ट्राइकर क्रिष्टियानो रोनाल्डोले हरेक खेलमा गोल खोज्नेहरुलाई गुगलमा ‘क्रिष्टियानोको गोल’ भनेर खोज्न सुझाव दिएका छन् ।    साबिक विजेता स्पेनिस क्लब रियल मड्रिड च्याम्पियन्स लिग अन्तर्गत बुधबार राति भएको खेलमा इंग्लिश क्लब टोटनह्यामसँग ३–१ ले पराजित भएको थियो । ३–० ले पछि परेको बेला रियल मड्रिडका लागि रोनाल्डोले ८० औँ मिनेटमा एक गोल...

  • news

    म्यानचेस्टर सिटीको शानदार जित, पुग्यो अन्तिम १६ मा

    इंग्लिस क्लब म्यानचेस्टर सिटी च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ । समूह ‘एफ’ अन्तर्गत बुधबार राति भएको खेलमा म्यानचेस्टर सिटीले इटालियन क्लब नापोलीलाई ४–२ ले हराएको हो ।  सिटीको जितमा निकोलास ओटामेन्डी, जोन स्टोन्स, सर्जियो अग्युरो र रहिम स्ट्रर्लिङले गोल गरे । नापोलीका लागि इनसिग्ने र फ्रेल्लो फिल्होले गोल गरे । खेलमा सुरुवाति अग्रता भने...

  • news

    मेस्सीलाई मैदानमै एक फ्यानको चुम्बन, अर्का फ्यानले लिए सेल्फी

    बार्सिलोनाले च्याम्पियन्स लिग फुटबल अन्तर्गत मंगलबार राति भएको खेलमा ओलम्पिआकोससँग गोलरहित बराबरी खेल्यो । यो खेल दुईपटकसम्म केहीबेर प्रभावित भएको थियो । स्टार खेलाडी लियोनल मेस्सीका दुई फ्यान खेल भैरहेका बेला मैदानमा गएपछि केहीबेर खेल प्रभावित भएको हो । मेस्सीले टचलाइनबाट कर्नर किक प्रहार गर्न लागेका बेला फ्यान उनी तर्फ गए । ती समर्थकले मेस्सीलाई अंगालो हाले र...

  • यु-१९ एसिया कप छनौट : नेपाल किर्गिस्तानसँग २-० ले पराजित

    उन्नाइस वर्षमुनिको एसिया कप फुटबलको छनौटमा नेपाल किर्गिस्तानसँग २-० ले हारेको छ । खेलको २१ औँ मिनेटमा १-० ले पछि परेको नेपालले दोस्रो हाफको इन्जुरी समयमा गोल खाँदा २-० ले पराजित भयो ।  १० वटा समूहबाट विजेता र उत्कृष्ट ६ उपविजेता इन्डोनेशियामा हुने १९ वर्षमुनिको एसिया कपमा छनौट हुने छन् । अर्पण कार्की कप्तान रहेको टोलीमा गएको महिना भुटानमा भएको १८ वर्षमुनिको साफ...

  • news

    मेसी र स्वारेजलाई भेट्न नेइमार बार्सिलाेनामा

    कुनै समय बार्सिलोना फुटबल क्लबमा ‘एमएसएन’ र रियल मड्रिडमा ‘बिबिसी’ उपमा दिएर केही खेलाडीको चर्चा हुने गथ्र्यो । एमएसएन अथार्त मेसी, स्वारेज र नेइमार बार्सिलोनाका ‘अट्याकिङ ट्रायो’ का रुपमा परिचित थिए भने रियलमा बेल, बेन्जेमा र क्रिस्टियानो रोनाल्डोको समूह त्यस्तै थियो । २२२ मिलियन युरोको कीर्तिमानी रकममा फ्रेन्च क्लब पिएसजी गएका नेइमारले बार्सिलोनामा मेसी,...

  • news

    विराट कोहली बने सबैभन्दा छिटो ९ हजार रन बनाउने खेलाडी

    कानपुरमा जारी भारत र न्यूजिल्याण्डबीचको तेस्रो एकदिवसीय खेलमा भारतीय खेलाडी विराट कोहलीले एकदिवसीय खेलमा नौ हजार रन पूरा गरेका छन् । ग्र्यान्डहोमको बलमा चौका हान्दै १९४ एक दिवसीय खेलमा कोहलीले नौ हजार रन पूरा गरेका हुन् । यसका साथै सबैभन्दा छिटो नौ हजार रन बनाउने खेलाडीको सूचिमा आफूलाई अग्रस्थानमा उभ्याउन सफल भए । यो भन्दा पहिले यो रेकर्ड एबि डिभिलियर्सको नाममा थियो...

  • महिला ट्वेन्टी–ट्वेन्टी विश्वकपको एशियाली छनौट खेल्न २२ नेपाली खेलाडी छनौट

    महिला ट्वेन्टी–ट्वेन्टी विश्वकप क्रिकेट अन्तर्गत एशियाली क्षेत्रको छनौटका लागि २२ जना खेलाडी छनौट गरिएको छ । तीन दिनसम्म कीर्तिपुर मैदानमा भएको प्रतियोगिताबाट २२ जना खेलाडी छनौट गरिएको छ ।  नेपाली राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक जगत टमटा, महिला राष्ट्रिय क्रिकेछ टिमका प्रशिषक सामसोन जङ थापा, कप्तान रुबिना क्षेत्री र आइसिसीका प्रतिनिधि अमिनुयल इस्लाम...

  • एसिया कप क्रिकेटको तयारीका लागि नेपालले बंगलादेशसँग अभ्यास खेल खेल्ने

    नेपालले १९ वर्ष मुनिको एसिया कप क्रिकेटका लागि बंगलादेशसँग अभ्यास खेल खेल्ने भएको छ । नेपाली टीमले अभ्यास खेलका लागि गरेको आग्रह बंगलादेशी टीमले स्वीकार गरेकाले आउँदो सोमबार नेपाली टीम बंगलादेश जाने टीम म्यानेजर रमन शिवाकोटीले जानकारी दिनुभयो । नेपाली टीमले बंगलादेशको १९ बर्षमुनिको राष्ट्रिय टीमसँग ३ वटा अभ्यास खेल खेल्नेछ । त्यसपछि नेपाल फर्किने र  एसिया कप...

  • news

    ब्राबोको उत्कृष्ट बचाउले क्वाटरफाइनल पुग्यो म्यानचेस्टर सिटी

    काराबावो कप अन्तर्गत मंगलबार राति भएको खेलमा गोलकिपर क्लाउडियो ब्राबोको उत्कृष्ट प्रदर्शनले म्यानचेस्टर सिटी क्वाटरफाइनलमा प्रवेश गरेको छ । वल्भरह्याम्टनविरुद्धको जितसँगै यो सिजन सिटी लगातार १४ खेलमा अपराजित रहेको छ ।  टाइब्रेकरमा ४–१ ले विजयी भएको सिटीका लागि ब्राबोले दुई प्रहार बचाएका थिए । यस्तै मंगलबार राति नै भएको खेलमा आर्सनलले नरविच सिटीलाई २–१ ले,...

सामाजिक संजाल

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Solududhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org