खेलकुद

  • news

    च्याम्पियन्स लिगमा लिभरपुलको कीर्तिमानी जित

    च्याम्पियन्स लिग फुटबल अन्तर्गत मंगलबार राति भएको खेलमा इंग्लिस क्लब लिभरपुलले कीर्तिमानी जित दर्ता गरेको छ ।  अवे मैदानमा भएको खेलमा प्रिमियर लिग क्लब लिभरपुलले स्लोभेनियाको क्लब मारिबोरलाई ७–० ले हराएको हो । समूह ‘ई’ अन्तर्गत अवे मैदानमा भएको खेलमा लिभरपुललाई कीर्तिमानी जित दिलाउन रोबर्टो फिरमिनो र मोहम्मद सालहले दुई दुई गोल गरे ।  यस्तै फिलिप कोन्टिन्हो,...

  • news

    मेस्सी र नेइमारलाई पछि पार्दै रोनाल्डोले जित्छन् बेस्ट फिफा अवार्ड–टोट्टी

    रोमा तथा इटालीका पूर्व फुटबलर फ्रान्सेस्को टोट्टीले यो वर्षको फिफा वर्ष खेलाडीको अवार्ड क्रिष्टियानो रोनाल्डोले जित्ने बताएका छन् ।  टोट्टीका अनुसार रियल मड्रिड स्टार रोनाल्डोका लागि यो वर्ष पनि निकै उत्साहपूर्ण रहने बताएका हुन् । रोनाल्डोले बार्सिलोनाका लियोनल मेस्सी र पेरिस सेन्ट–जर्मेन पिएसजीका नेइमारलाई पछि पार्दै बेस्ट फिफा पुरुष वर्ष खेलाडीको अवार्ड पाउने...

  • news

    नेपाल क्रिकेटको डिभिजन टु मा घटुवा

    नेपाल क्रिकेटको डिभिजन टु अर्थात दोश्रो श्रेणीमा घटुवा भएको छ । आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिपमा नेपाल र हङकङ्गको दोश्रो खेल रद्द भएपछि नेपाल एक तह घटुवामा परेको हो । यो घटुवा पछी पनि नेपालको विश्वकप खेल्ने सम्भावना भने कायमै छ । अब नेपालले डिभिजन टुको शीर्ष दुई देशमा पर्न सके विश्वकपका लागि छनोट हुनेछ ।  डिभिजन टु को खेल सन् २०१८ को फेब्रुअरिमा नामिबियामा हुनेछ...

  • इपिएलको बोलकबोलमा ७० जना खेलाडी समावेश हुने, बोलकबोल कात्तिक ६ गते

     एभरेष्ट प्रिमियर लिग इपिएलको लागि एक सय ६० जना खेलाडीले नाम दर्ता गराएकोमा ७० जना खेलाडीलाई मात्रै बोलकबोलमा सहभागी गराइने भएको छ ।  आयोजक इपिएलको प्राविधिक समितिले ६ वटा टिमसँग परामर्श गरेर १ सय ६० जनामध्ये ७० जना खेलाडीलाई मात्रै बोलकोबलमा सहभागी गराउने निर्णय गरेको हो ।  ए, बि र सी गरी तीन समूहमा छुट्याइएका खेलाडीको बोलकबोल कात्तिक ६ गते हुने इपिएलले जनाएको छ...

  • विश्व क्रिकेट लिग च्याम्पियनसिप : ८३ रनले हङकङसँग नेपाल पराजित

    विश्व क्रिकेट लिग च्याम्पियनसिपमा नेपाल हङकङसँग ८३ रनले पराजित भएको छ । टस हारेर ब्याटिङ गरेको हङकङले ५० ओभरमा सबै विकेट गुमाउँदै १९४ रन बनाएको थियो । १९५ रनको लक्ष्य पाएको नेपाल ३४ ओभर ५ बलमा सबै विकेट गुमाउँदै १११ रन बनायो । नेपालका लागि कप्तान पारस खड्काले सर्वाधिक २६ रन बनाए । त्यस्तै उपकप्तान ज्ञानेन्द्र मल्ल २१ रन बनाउँदै पेभेलियन फर्किए । आरिफ शेख २३, विनोद भण्डारी...

  • news

    शरद भेषावकरले हङकङसँगका दुवै खेल खेल्न नसक्ने

    क्रिकेटर शरद भेषावकरले आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिपमा हङकङसँगको खेल गुमाउने भएका छन् । विरामी परेका कारण भेषावकरले खेल्न नसक्ने भएपछि नरेश बुढाऐरलाई टिममा राखिएको छ । नेपाली क्रिकेट टिममा प्राविधिक विश्लेषक रमण शिवाकोटीका अनुसार बुढाऐर शुक्रबार बिहान हङकङ पुग्ने छन् । आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिपमा आफ्नो छैटौं चरणको खेलमा नेपालले शुक्रबार र...

  • news

    मेस्सीको कीर्तिमानमा स्वारेजले केहीबेरमै गरे बराबरी

    अर्जेन्टिनाका लियोनल मेस्सी र उरुग्वेका लुइस स्वारेजले दक्षिण अमेरिकी क्षेत्रको विश्वकप छनौट फुटबलमा सर्वाधिक गोलकर्ताको कीर्तिमान बनाएका छन् ।  विश्वकप छनौट अन्तर्गत बुधबार बिहान भएको इक्वेडरसँगको खेलमा ह्याट्रिक गरेका मेस्सीले पहिले कीर्तिमान बनाए । आफ्नो खेल जीवनमा अहिलेसम्म विश्वकप छनौटका ४५ खेल खेलेका मेस्सीले २१ गोल गरेर कीर्तिमान बनाए । इक्वेडरसँगको...

  • news

    एएफसीका अध्यक्ष खालिफा नेपालमा

    एशियाली फुटबल महासंघ एएफसीका अध्यक्ष शेख सल्मान बिन इब्राहिम अल खालिफा मंगलबार नेपाल आउनुभएको छ ।  दुईदिने भ्रमणका लागि अध्यक्ष खालिफासँगै एएफसीका अन्य पदाधिकारी पनि नेपाल आउनुभएको छ । उहाँहरुलाई अखिल नेपाल फुटबल संघका अध्यक्ष नरेन्द्र श्रेष्ठ, उपाध्यक्ष मणि कुँवर, महासचिव धीरेन्द्र प्रधान, प्रमुख कार्यकारी अधिकृत इन्द्रमान तुलाधरलगायतले त्रिभुवन अन्तरराष्ट्रिय...

  • news

    रियल मड्रिडबाट लोनमा बार्यन म्युनिख गएका रोड्रिग्वेज पहिलो खेलमै चम्किए

    जेम्स रोड्रिग्वेजले जर्मन बुण्डेस लिगा फुटबलको आफ्नो पहिलो खेलमा एक गोल गरेका छन् भने दुई गोलका लागि सहयोग गरेका छन् ।  स्पेनिस क्लब रियल मड्रिडबाट लोनमा जर्मन क्लब बार्यन म्युनिख गएक रोड्रिग्वेजले बुण्डेस लिगा अन्तर्गत मंगलबार राति भएको खेलमा क्लबलाई जिताउन रोड्रिग्वेजले महत्वपूर्ण भूमिका खेले ।  बार्यनले एफसी शाल्केलाई ३–० ले हराएको हो । बार्यनको जितमा रोबर्ट...

  • यु-१६ एसिया कप छनौटका लागि नेपाली टोलीको घोषणा

    सोह्र वर्षमुनिको एसियाकप फुटबल छनौटका लागि २३ सदस्यीय नेपाली टोलीको घोषणा गरिएको छ । टोलीको गोलकिपरमा विशाल सुनार, सिद्धार्थ थापामगर र रोहित कार्की रहेका छन् । यस्तै डिफेन्डरमा रोहन दोङ, रन्दिप पौडेल, दीपक भन्डारा, असिम गुरुङ्ख, सुवास कार्की, पुकार खड्का र सञ्जिव अर्याल रहेका छन् ।  यस्तै मिडफिल्डमा कप्तानसमेत रहेका रोशन राना, शेराव तामाङ्ख, सौगात खवास, सञ्जु श्रेष्ठ,...

  • news

    डिबालाको ह्याट्रिकमा युभेन्टसको प्रभावशाली जित

    इटालियन सिरी ए फुटबल अन्तर्गत आइतबार राति भएको खेलमा जित निकाल्दै युभेन्टसले विजयी यात्रा कायम राखेको छ । अवे मैदानमा भएको खेलमा युभेन्टसले सोसुओलोलाई ३–० ले हराएको हो ।  युभेन्टसको जितमा तीनै गोल पाउलो डिबालाले गरे । युभेन्टसबाट एक सयौं खेल खेलेका डिबालाले ह्याट्रिक गरे । अर्जेन्टिनी स्ट्राइकर डिबालाले १६, ४९ र ६३ औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरेका हुन्...

  • यु १९ एसिया कप छनौट : उत्कृष्ट प्रदर्शन गर्नेमा नेपाली खेलाडीको बर्चश्व

    यु १९ एसिया कप क्रिकेट छनोट प्रतियोगितामा नेपालले उपाधि मात्रै जितेन, उत्कृष्ट खेलाडीमा पनि बर्चश्व कायम गर्‍यो । धेरै विकेट लिने बलरको शिर्ष ३ स्थानमै नेपाली बलर परेका छन् । १५ विकेट लिएका सन्दिप लामिछाने पहिलो स्थानमा छन् । यस्तै १३ विकेट लिएका दिपेन्द्रसिंह ऐरी दोश्रो र ८ विकेट लिएका पवन सर्राफ तेश्रो स्थानमा छन् ।  ब्याटिङतर्फ नेपालका सन्दिप सुनार धेरै रन बनाउने...

  • news

    मेस्सीले गरे नयाँ सम्झौता, केही दिनमा सम्झौताको फोटो बाहिर आउने

    स्पेनिस फुटवल क्लब बार्सिलोनाका स्टार स्ट्राइकर लियोनल मेस्सीले नयाँ सम्झौता गरिसकेको बर्सिलोनाका अध्यक्ष जोसेफ मारिया बार्टोमेउले दाबी गरेका छन् । अध्यक्ष बार्टोमेउले मेस्सीले नयाँ सम्झौता अनुसार खेल्न पनि सुरु गरिसकेको बताएका छन् । बार्टोमेउका अनुसार मेस्सी सन् २०२१ सम्म बार्सिलोनामा अनुबन्धन भएका छन् । मेस्सीले सम्झौता पत्रमा मेस्सीका बुबाले हस्ताक्षर...

  • नेपाल भर्सेस सिंगापुर : नेपाल ७ विकेटले विजयी, बन्यो समूह विजेता

    उन्नाइस वर्षमुनिको एसिया कप क्रिकेटको छनौट (पूर्वी क्षेत्र) अन्तर्गत बिहीबार भएको खेलमा नेपालले सिंगापुरलाई सात विकेटले हराएको छ । सिंगापुरले पेश गरेको ६८ रनको लक्ष्य नेपालले १३ ओभर चार बलमा भेट्टायो । नेपालका लागि सन्दिप सुनारले ३५ बलमा २०, अनिल कुमार साहले १५ बलमा १८ तथा सुमित महर्जनले १२ बलमा नटआउट १० रन बनाए । यसअघि मलेसियाको क्लब अमानमा टस हारेर नेपाल पहिले फिल्डिङ...

  • news

    यु १९ एसिया कप छनौट क्रिकेट : नेपाललाई उपाधि जित्ने अवसर

    नेपालले १९ वर्षमुनिको एसिया कप क्रिकेटको छनौट (पूर्वी क्षेत्र) अन्तर्गत सोमबार भएको खेलमा प्रभावशाली जित निकाल्दै राम्रो सुरुवात गरेको छ । नेपालले थाइल्याण्डलाई २ सय ५५ रनले हराएको हो ।  नेपालका लागि सन्दिप लामिछानेले सात विकेट लिए । त्यस्तै किशोर महतो, नन्दन यादव र शहाब आलमले एक-एक विकेट लिए । २ सय ८२ रनको लक्ष्यसहित मैदानमा आएको थाइल्याण्डले १० ओभरमा २६ रन बनाउँदा सबै...

सामाजिक संजाल

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Solududhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org