खेलकुद

  • news

    नेपाल साफ यू-१५ च्याम्पियन बन्न असफल, भारतसँग २-१ ले पराजित

    अग्रता जोगाउन नसक्दा नेपाल, यू-१५ साफ च्याम्पियनसीपको उपबिजेतामा सीमित भएको छ । फाइनलमा नेपाल चीर परिचित प्रतिद्वन्द्वी भारतसँग २-१ ले निराश बन्यो ।   सातदोवाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा आइतबार सम्पन्न फाइनलमा नेपालले पहिलो हाफमा पेनाल्टीमार्फत अग्रता बनाएको थियो । भारतीय डिफेण्डरले रञ्जन पुनलाई डिबक्सभित्र फल गरेपछि रेफ्रीले नेपाललाई पेनाल्टीको अवसर...

  • news

    बार्सिलोना डेम्बेलको अनुबन्ध नजिक

    स्पेनिस क्याटलान बार्सिलोना उस्मान डेम्बेलको अनुबन्ध नजिक पुगेको छ । यदि यो सफल भएमा नेयमारपछि सर्वाधिक महंगो ट्रान्सफर हुनेछ ।   बोरुसिया डर्टमुन्डका २० वर्षीय फ्रान्सेली फवार्ड डेम्बेललाई बार्सिलोनाले १५० मिलियन युरो तिर्नेछ । यद्यपि डर्टमुन्डले अगष्टको सुरुवातमा बार्सिलोनाको प्रस्ताव अस्वीकार गरेको थियो । लगतै डेम्बेल निलम्बनमा परे र अगष्ट ५ पछि खेलेको...

  • बार्सिलोनाको मुद्दामा नेइमारले सामना गर्ने

    पेरिस सेन्ट जर्मेइनका स्ट्राइकर नेइमारले आफ्नो पूर्वक्लव बार्सिलोनाले दायर गरेको मुद्दाको सामना गर्ने भएका छन् ।   बार्सिलोनाले नेइमारसँग ८.५ मिलियन युरो दावी गरेको छ जुन उनले ९ महिनाअघि ५ वर्षको सम्झौता गरेबापत पाएका थिए । ब्राजिलियन स्ट्राइकर नेइमारले यसै महिनाको सुरुमा पिएसजीसँग २२२ मिलियन युरोको कीर्तिमानी सम्झौता गरेका थिए । २५ वर्षीय नेइमार र उनका वकिलले...

  • यु १५ साफ च्याम्पियनसिप : नेपाल भारतसँग पराजित

    पन्ध्र वर्षमुनिको साफ च्याम्पियनसिप फुटबलमा नेपाल भारतसँग २-१ गोल अन्तरले पराजित भएको छ । जितसँगै भारत समूह ‘बि’ को विजेता बनेको छ । एन्फा कम्लेक्स सातदोबाटोमा भएको खेलमा २७ औँ मिनेटमा गोल गर्दै बिक्रम प्रताप सिंहले नेपाललाई अग्रता दिलाएका थिए । ४० औँ मिनेटमा पाएको पेनाल्टीमार्फत भारतका रोशनले बराबरी गोल फर्काए । खेलको ६४ औँ मिनेटमा रवि बहादुर रानाले गोल गर्दै...

  • news

    नयाँ बिधान पारित गर्न क्यानको विशेष साधारणसभा सुरु

    नेपाल क्रिकेट संघको प्रस्तावित विधानबारे छलफल गर्न मंगलबारदेखि नेपाल क्रिकेट संघ क्यानको बिशेष साधारणसभा सुरु भएको छ ।   आन्तरिक विवाद चरमोत्कर्षमा पुगेसँगै डेढ वर्षअघि अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीले क्यान निलम्बन गरेपछि गठन गरिएको सल्लाहकार समूहले तयार पारेको बिधान पारित गराउनका लागि आजको साधारणसभा आयोजना गरिएको हो । क्यानको निर्वाचित कार्यसमितिलाई...

  • news

    दूधे गोल्डकप असोज पहिलो सातादेखि

    झापाको शिवसताक्षी नगरपालिकामा आगामी असोज ४ गतेदेखि प्रथम दूधे गोल्डकप फुटबल हुने भएको छ ।   आयोजक दूधे युथ क्लबले आइतबार बिर्तामोडमा पत्रकार सम्मेलनको आयोजना गरी असोज ४ गतेदेखि ११ गतेसम्म प्रतियोगिता हुने जनाएको हो । स्थानीय दूधे खेल मैदानमा हुने प्रतियोगितामा दुई विभागितसहित ८ वटा टोलीले सहभागिता जनाउनेछन् । आयोजक दूधे युथ क्लबका अध्यक्ष सन्तोष थोप्रा लिम्बूका...

  • news

    संकटमा बार्सिलोना !

    पहिले नै यो स्पष्ट थिएन तर, स्पेनिस सुपर कपमा रियलसँगको लज्जास्पद पराजयले पुष्टि गरेको छ कि बार्सिलोना अहिले संकटमा छ । कोपा डेल रे विजेताको हैसियतमा स्पेनिस सुपर कपमा ला लिगा तथा युरोपियन च्याम्पियन रियल मडि्रडसँग प्रतिस्पर्धा गरेको बार्सिलोनाले दुई लेगमा गरी ५-१ गोलको पराजय व्यहोर्‍यो । सिजनको तीन ठूला उपाधि जितेर विश्वकै महान क्लबमा रुपान्तरित हुने क्रममा रहेको...

  • news

    विश्व उत्कृष्ट फुटबलरको प्राम्भिक मनोनयनमा रियल मड्रिडको बर्चस्व

    विश्व फुटबलको उत्कृष्ट टोलीको रुपमा रहँदै रियल मड्रिडले फिफा बेष्ट प्लेयरको प्रारम्भिक सूचिमा रियल मड्रिडका खेलाडीहरु हावी भएका छन् ।   फिफाले बिहीबार ‘द वेष्ट’को प्रारम्भिक सूचि सार्वजनिक गरेको छ र २४ खेलाडीमध्ये युरोपियन च्याम्पियन रियलबाट ७ खेलाडी परेका छन् । क्रिष्टियानो रोनाल्डो, ड्षनी कार्भाजल, टोनी क्रुज, लुका मोड्रिक, केलर नाभास, सर्जियो रामोस र...

  • news

    यू-१५ साफमा नेपालको लक्ष्य उपाधि

    शुक्रबारदेखि काठमाडौंमा सुरु हुने यू-१५ साफ च्याम्पियनसिपमा नेपालको लक्ष्य उपाधि भएको प्रशिक्षक सुनील श्रेष्ठले बताएका छन् ।   बिहीबार भएको खेलअघिको पत्रकार सम्मेलनमा प्रशिक्षक श्रेष्ठले पहिलो पटक हुन लागेको यू-१५ साफमा घरेलु मैदानको फाइदा उठाउँदै आफ्नो टोली बिजयी हुने दावी गरे । उनले भने, ‘हाम्रो समूहमा माल्दिभ्स, भारतजस्ता बलिया टोली छन्, उनीहरुलाई हराएर...

  • news

    ए डिभिजन लिग मंसिर १४ बाट गर्ने एन्फाको निर्णय

    अखिल नेपाल फुटबल संघ (एन्फा)ले ए डिभिजन लिग फुटबल आगामी मंसिर १४ गतेदेखि गर्ने निर्णय गरेको छ ।   बुधबार बसेको एन्फा बार्डको ए डिभिजन लिगको मिति तय गरेको हो । लिग चार वर्षदेखि हुन सकेको छैन । राउन्ड रोबिन डबल लिग झण्डै ६ महिनासम्म चल्नेछ । एन्फा सीईओ इन्द्रमान तुलाधरका अनुसार एन्फा कम्प्लेक्स सातदोवाटो र एपीएलको हलचौक मैदानमा लिग खेलाउने योजना छ । साथै एसियन क्लब...

  • news

    नेइमारः बार्सिलोना छोडेर मरिन, थप सजीव भएँ

    नेइमारले आफूले अहिले सबैभन्दा बढी सजीव महसुस गरेको बताएका छन् । फ्रन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) बाट लिग वानमा आइतबार राति डेब्यु गरेका ब्राजिलियन स्ट्राइकर नेइमारले आफू बार्सिलोनामा हुँदा भन्दा अहिले सजीव महसुस गरेको बताएका हुन् । नेइमारले आइतबार राति भएको ग्यांग्वोंसँगको खेलमा एक गोल गरे भने एक गोलका लागि सहयोग गरेका थिए । यो खेलमा पिएसजी ३–० ले विजयी भयो । २५...

  • news

    रोनाल्डोमाथि ४ देखि १२ खेलको प्रतिवन्ध लाग्न सक्ने

    एल क्लासिको भिडन्तमा रातो कार्ड पाएका क्रिष्टियानो रोनाल्डोमाथि ४ देखि १२ खेलको प्रतिवन्ध लाग्न सक्ने भएको छ । बार्सिलोनाविरुद्ध गोल गरेको दुई मिनेटपछि नै रातो कार्ड पाएका उनले रेफ्रीमाथि धकेलेका थिए । रेफ्रीले आफ्नो म्याच रिपोर्टमा रोनाल्डोले आफूलाई हल्का धकेलेको उल्लेख गरेका छन् । अब आर्टिकल ९६ अनुसार रोनाल्डोमाथि ४ देखि १२ खेलको प्रतिवन्ध लाग्न सक्ने मार्काले...

  • news

    १९ वर्षमुनिको एसियाली क्रिकेटका लागि नेपाली टोलीको घोषणा, को को परे ?

    मलेसियामा एक महिनापछि हुने १९ वर्षमुनिको एसियाली क्रिकेट (पूर्वी क्षेत्र) का लागि प्रारम्भिक नेपाली टोलीको घोषणा भएको छ ।  नेपाली टोलीका मुख्य प्रशिक्षक जगत टमाटा र १९ वर्षमुनिको टोलीका प्रशिक्षक विनोदकुमार दास रहेको छनौट समितिले प्रारम्भिक टोली घोषणा गरेको हो । आउँदो सेप्टेम्बर ८ देखि १७ सम्म मलेसियामा हुने प्रतियोगिताका लागि २८ सदस्यीय टोली घोषणा भएको हो...

  • news

    काउटिन्होले लिभरपुललाई सुनाए क्लब छाड्ने इच्छा

    लिभरपुलका मिडफिल्डर फिलिप काउटिन्होले क्लब छाड्ने इच्छा व्यक्त गरेका छन् । लिभरपुलले उनलाई नबेच्ने भन्दै वक्तव्य पारी गरेको केही घन्टापछि उनले ट्रान्सफरका लागि अनुरोध गरेका हुन् ।   उनले इमेलमार्फत क्लब छाड्ने प्रस्ताव राखेका छन्, जसलाई लिभरपुलले अस्वीकार गरेको छ । यसअघि बार्सिलोनाले राखेको १०० मिलियन युरोको प्रस्ताव लिभरपुलले अस्वीकार गरेको थियो...

  • news

    बेललाई भित्र्याउने युनाइटेडको प्रयास असफल

    म्यान्चेस्टर युनाइटेडका प्रशिक्षक जोसे माउरिन्होले रियल मड्रिडका वेल्स स्टार ग्यारेथ बेललाई अनुबन्ध गर्ने युनाइटेडका योजना यस सिजनका लागि असफल भएको बताएका छन् ।   माउरिन्होले यसअघि भनेका थिए कि मड्रिड बेललाई बेच्न चाहन्छ भने युनाइटेडले उनका लागि बोली लगाउनेछ । तर युरोपियन सुपर कपमा २-१ को जित हासिल गरेसँगै बेल मडि्रडमै रहने निश्चित भएको छ । माउरिन्होले भने, ‘मलाई...

सामाजिक संजाल

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Solududhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org