समाचार

  • ताप्लेजुङको सिरिजंघाबाट भरुवा बन्दुकसहित युवक पक्राउ

    तेल्लोकमा भरुवा बन्दुक सहित एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिरिजंघा गाउँपालिका ४ का २४ वर्षीय सुगमर सन्ते भन्ने फुङनाम मावो लिम्बु रहेको प्रहरीले बताएको छ ।   हतियार बोकेर हिँडिरहेको भन्ने गोप्य सूचनाका आधार इलाका प्रहरी कार्यालय तेल्लोकबाट खटिएको प्रहरी टोलिले मंगलबार दिउँसो लिम्बुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ...

  • news

    खाना पकाउने ग्यासको मूल्य घट्यो, अरू इन्धनको मूल्य यथावत

    सरकारले खाना पकाउने ग्यासको मूल्य पुनः घटाएको छ । नेपाल आयल निगमले प्रतिसिलिण्डर २५ रुपैयाँले ग्यासको मूल्य घटाएको हो ।   अब खाना पकाउने एक सिलिण्डर ग्यासको मूल्य १३ सय २५ रूपैयाँमा झरेको छ । नयाँ मूल्य मंगलबार मध्यरातिदेखि नै लागू हुनेछ । मूल्य घटाएपछि पनि आयल निगमलाई एक सिलिण्डर ग्यासमा ७४ रुपैयाँ ९० पैसा अझै नाफा छ । आयल निगमले यही असार १८ गते पनि खाना पकाउने...

  • news

    डोल्पाः खुट्टा भाँच्चिएकी आशाको हेलिकोप्टरबाट उद्धार

    खुट्टा भाँचिएर रगत धेरै बगेका कारण गम्भीर अवस्थामा पुगेकी रुकुम गोतामकोट–५ घर भएकी आशा सार्कीलाई हेलिकोप्टरबाट उद्धार गरी उपचारका लगि सुर्खेत पुर्‍याइएको छ।  साउन १४ गते ठूलीभेरी नगरपालिका अन्तर्गत सुलिर्गाडमा गिट्टी कुट्दै गर्दा उनको दाँयाखुट्टा ढुंगाले लागेर भाँच्चिएको थियो। खुट्टा भाँचिएपछि अत्यधिक रक्तस्राब भइ गम्भीर अवस्थामा पुगेकी आशालाई नेपाली सेनाको...

  • news

    घरमा दुहुना नभए पनि थालभरी खिर !

    मिलन तिमिल्सिना – बल्लतल्ल मकैले चमरा काढ्यो, सुत्ला पनि च्याप्यो । अनि असारको मध्यतिरबाट हामी केटाकेटी गुनगुनाउन थाल्थ्यौं– ‘असारमा खाने दुधिला मकै साउनमा खाने खिर...!’ सुन्दैमा मुख मीठो हुने । दुधिलाभन्दा भरिला मकै नै टन्न पाइने भएकाले असारमा यो उक्तिको त्यति वास्ता भएन । तर साउनमा त दुधिला मकै होइन, दुधै दूधको खिर खाने सिजन ।साउने संक्रान्तिमा लुतो फाल्ने रमझमले...

  • news

    रियल मड्रिडका कप्तानले भने - नेइमारले बार्सिलोना छाडे हाम्रो समस्या कम हुन्छ

    स्पेनिस क्लब रियल मड्रिडका कप्तान सर्जियो रामोसले बार्सिलोनाका स्टार स्ट्राइकर नेइमारले बार्सिलोना छाड्नु आफूहरुको एउटा समस्या कम हुने प्रतिक्रिया दिएका छन् ।   ‘सबैलाई आफ्नो भविष्य सोच्ने अधिकार छ, आफ्नो भविष्यलाई लिएर निर्णय गर्ने अधिकार छ, मेरो इच्छा छ, नेइमारले बार्सिलोना छाडुन्, खेलपछि मैले नेइमारसँग जर्सी पनि साटेँ । आशा गरौँ बार्सिलोनाबाट यही उनको अन्तिम खेल...

  • news

    ७५५ अमेरिकी कुटनीति कर्मचारीलाई रुस छोड्न पुटिनको आदेश

    अमेरिकाले रुसमाथि नयाँ प्रतिबन्ध लागएपछि दुई देशबिचको सम्बन्धमा थप तनाव उत्पन्न भएको छ । अमेरिकाले मस्कोमाथि नयाँ प्रतिबन्ध लगाउने निर्णय गरे लगतै रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले मस्कोमा रहेका अमेरिकी कुटनीतिकज्ञलाई देश छाड्न आदेश दिनुभएको छ ।  अमेरिकी कुटनीतिक मिसनका सात सय ५५ जनाले रुस छोड्नु पर्ने पुटिनले घोषणा गर्नुभएको हो । ती सबै अमेरिकी अधिकारीले आउँदो...

  • news

    तेश्रो सातामा ‘म यस्तो गीत गाउँछु’, विदेशमा पनि रुचाए दर्शकले

      पल शाह र पुजा शर्मा स्टारर चलचित्र ‘म यस्तो गीत गीत गाउँछु’ तेश्रो सातामा पनि राम्रो ब्यापार गरिरहेको छ । चलचित्रका निर्माता तथा निर्देशक सुदर्शन थापाका अनुसार चलचित्र अझै पनि काठमाण्डौँका मुख्य मुख्य हलहरुमा लागिरहेको छ । निर्देशक थापाका अनुसार चलचित्र अझै पनि क्युएफएक्स, एफक्युब, गोपिकृष्ण, गुण, अष्टनारायण, बाराही सिनेमा पोखरामा भब्यताका साथ प्रदर्शन...

  • news

    योजना आयोगको उपाध्यक्षबाट श्रेष्ठले दिए राजीनामा

    राष्ट्रिय योजना आयोगका उपाध्यक्ष पदबाट डा. मीनबहादुर श्रेष्ठले राजीनामा दिएका छन् । सोमबार अपरान्ह प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर श्रेष्ठले मंगलबारबाट लागू हुने गरी राजिनामा दिएका हुन् । माओवादीका अध्यक्ष पुष्पकमल दाहल प्रचण्ड नेतृत्वको सरकारले उनलाई गत वर्षको भदौ १६ गते उपाध्यक्षमा नियुक्त गरेको थियो । श्रेष्ठलाई आजै आयोगका कर्मचारीले औपचारिक विदाइ पनि...

  • news

    ताप्लेजुङमा अहिलेसम्मकै धेरै चिकित्सक कार्यरत

    पूर्वी नेपालको हिमाली जिल्ला ताप्लेजुङमा कार्यरत चिकित्सकको संख्या बढ्दै गएको छ ।  जिल्ला अस्पताल र प्राथमिक स्वास्थ्य केन्द्रमा गरी जिल्लामा हाल १० जना डाक्टरहरु कार्यरत छन् । जिल्ला जनस्वास्थ्य कार्यालय प्रशासन शाखाका अनुसार सदरमुकाम फुङलिङमा रहेको अस्पतालमा ७ र गाउँका प्राथमिक स्वास्थ्य केन्द्रमा तीन जना कार्यरत रहेका छन । गाउँमा, ढुङगेसाँघु र तेल्लोकमा...

  • news

    डडेल्धुराः बिरामीको चाप बढ्दो, जनशक्ति अभावले उपचारमा कठिनाइ

    सुदूरपश्चिमको एक मात्र उपक्षेत्रीय अस्पताल डडेल्धुरामा बिरामीको चाप बढ्दै गएको छ। मौसममा आएको परिर्वतनले गर्दा अस्पतालमा ज्वरो, रुघाखोकी जस्ता मौसमी बिरामीको संख्या बढेको हो।  अस्पतालमा अहिले दैनिक तीन सयभन्दा बढी बिरामी आउने गरहेको मेडिकल सुपरिटेन्डेन्ट डा.शिवराज पनेरुले बताए।  ५० शय्याको अस्पतालमा डडेल्धुरासहित सुदूरपश्चिमका सात पहाडी जिल्ला बैतडी, डोटी,...

  • news

    एनआरएनको भावनाले मात्र पुग्दैन, प्रतिवद्धता पनि चाहिन्छ

    शेष घले सर्वप्रथम बिभिन्न मुलुकबाट यो सम्मेलनमा सहभागी हुन आफ्नो समय र स्रोत खर्चिएर यहाँ पाल्नुभएका सम्पूर्ण गैरआवासीय नेपाली साथीहरुलाई हार्दिक स्वागत गर्न चाहान्छु ।   दुई दिनसम्म चल्ने यो बैठकमा युरोपका गैरआवासीय नेपालीहरुका स्थानीय मुद्दा तथा सरोकारका बिषयमा गहन छलफल हुने छ । सँगै आठौं युरोपेली महिला सम्मेलन पनि रहेकाले युरोपेली नेपाली महिला शसक्तिकरणका...

  • news

    इन्टर मेडिकल फुटसलको उपाधि फिलिप्स हस्पिटेकलाई

    प्रथम इन्टर मेडिकल फुटसल प्रतियोगिताको उपाधि फिलिप्स हस्पिटेक इन्टरप्राइजेजले जितेको छ ।   हृयाण्ड नेपाल नामक संस्थाको आयोजनामा शनिबार शान्तिनगर फुटसल मैदानमा सम्पन्न फाइनलमा अल्का अस्पतालको फार्मेसी टोलीलाई ३-२ गोलले हराउँदै उपाधि जितेको हो । फिलिप्सलाई उपाधि दिलाउन प्रतियोगिताको उत्कृष्ट खेलाडीसमेत चुनिएका प्रहृलाद चौलागाईंले हृयाटि्रक गरे । एक शून्यले पछि...

  • लागुऔषध तस्करी विरुद्धको कारबाहीमा मेयर मारिए

    फिलिपिन्सका राष्ट्रपति रोद्रिगो दुतेर्तेको विशेष कार्यक्रमका रुपमा सञ्चालित लागुऔषध तस्करी विरुद्धको कारबाहीका क्रममा आइतबार बिहान फिलपिन्सको एक नगरपालिकाका मेयर मारिएका छन् । प्रहरीले यो कारबाही फिलिपिन्सका विभिन्न नगर र ग्रामीण क्षेत्रमा पनि जारी राखेको छ ।  प्रहरीको कारबाहीमा परी आइतबार बिहान ती मेयरसहित ११ जना व्यक्तिको मृत्यु भएको अधिकारीहरुले जानकारी...

  • news

    प्रेमगीत २ : यस्तो छ दोस्रो दिने व्यापार

    ‘प्रेम गीत -२’ ले निकै आक्रमक कारोबार गरेको छ । पहिलो दिन देशभरिका ८० पर्दाबाट १ करोड १३ लाख ५६ हजार ४ सय ४५ रुपैयाँ कारोबार गरेको फिल्मले दोश्रो दिन १ करोड ४० लाख २५ हजार ६ सय ८७ रुपैयाँ कलेक्सन गर्दै कूल २ करोड ५३ लाख ८२ हजार १ सय ३२ रुपैयाँ ग्रस कारोबार गरेको छ । शनिबार फिल्मले मोफसल तर्फ ६४ लाख ११ हजार २ सय १५ रुपैयाँ र राजधानी टेरिटोरीबाट ७६ लाख १४ हजार ४ सय ७२ रुपैयाँ...

  • news

    भोजपुरका ३ बालबालिका हत्याबारे सीआइबीद्वारा अनुसन्धान सुरु

    अरुण गाउँपालिका-३ प्याउलीमा एक महिनाअघि ३ बालबालिकाको हत्या भएको विषयमा अनुसन्धान गति सुस्त भएकोमा चौतर्फी बिरोध हुन थालेपछि शनिबारदेखि नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले अनुसन्धान सुरु गरेको छ ।   प्रहरी नायव उपरीक्षक ददीराम न्यौपानेको नेतृत्वमा रहेको अनुसन्धान टोलीले शनिबारबाट अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । असार...

सामाजिक संजाल

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Solududhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org