समाचार

  • news

    त्रिशूली अस्पतालमा प्रसूतिको शल्याक्रिया बन्द

    त्रिशूली (नुवाकोट)- जिल्लाको एक मात्र सरकारी अस्पतालमा विशेषज्ञ चिकित्सक नहुँदा प्रसूतिको शल्याक्रिया सेवा एक सातादेखि बन्द भएको छ।  त्रिशूली जिल्ला अस्पतालमा प्रसूतिका क्रममा जटिलता देखिएमा शल्यक्रिया गराउने विशेषज्ञ चिकित्सक नहुँदा सेवा बन्द भएको अस्पतालले जनाएको छ। सामान्य प्रसूति गराउने सेवा बन्द नभए पनि शल्यक्रिया सेवा बन्द भएका कारण प्रसूतिका समयमा...

  • news

    भाजपाका नेता रामनाथ कोविन्द भारतको १४ औं राष्ट्रपतिमा निर्वाचित

    भारतीय जनता पार्टीका नेता रामनाथ कोविन्द भारतको १४ औं राष्ट्रपतिमा निर्वाचित हुनुभएको छ । बिहीबार भएको मतगणनामा राष्ट्रिय प्रजातान्त्रिक गठवन्धनका राष्ट्रपतिका उम्मेदवार कोविन्दले ६५ प्रतिशत मत पाउनुभएको भारतीय सञ्चार माध्यमले  जनाएका छन् । उहाँका प्रतिस्पर्धी युपीएकी उम्मेदवार मिरा कुमारले ३४ प्रतिशत मत पाउनुभयो । कोविन्दले राष्ट्रपति प्रणव मुखर्जीलाई...

  • news

    यू-१९ विश्वकप छनोटः अफगानसँग नेपालको लज्जास्पद हार

    आइसीसी यू-१९ विश्वकपको एशियाली छनोटमा नेपालले अफगानिस्तानसँग लज्जास्पद हार व्यहोरेको छ । १९१ रनको लक्ष्य पछ्याएको नेपाल २६ ओभरमा मात्र ४९ रनमा अलआउट भयो र अफगानसँग १४१ रनले पराजित भएको छ । सुरुवाति दुई खेल जितेको नेपाली किशोर टोलीको वास्तविक परीक्षा अफगानी टिमसँग हुने मानिएको थियो । जसमा बलिङतर्फ ठीकै प्रदर्शन गरेपनि ब्याटिङ निकै खराब रहृयो । नेपालले बनाएको ४९ रन...

  • news

    निर्माता सुनिल रावललाई नायिकाले लगाइन् यस्तो आरोप (भिडियो)

    फिल्म सायद २ की नायिका स्यारोन श्रेष्ठले निर्माता सुनिल रावललाई विभिन्न आरोपहरु लगाएकी छिन् । सुटिङ सेटमा जिस्काउने देखि आफ्नो गर्ल फ्रेन्ड बन्न दबाब दिएको भन्ने समेतको आरोप नायिका श्रेष्ठको छ । बिहिबार चलचित्र संघको कार्यालय विशालनगरमा प्रेससँग कुरा गर्दै स्यारोनले निर्माता रावलप्रति आरोप लगाएकी हुन् । निर्माता रावलको गलत व्यावहारका कारण आफुले सुटिङको सेट समेत...

  • news

    निर्वाचन क्षेत्र निर्धारण आयोग गठन, २१ दिन म्याद

    सरकारले पूर्वन्यायाधीश कमलनारायण दासको नेतृत्वको निर्वाचन क्षेत्र निर्धारण आयोग गठन गरेको छ ।   मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले प्रदेश र संघीय संसदको निवर्वाचन क्षेत्र निर्धारण गर्न ५ सदस्यीय आयोग गठन गरेको हो । आयोगको सदस्यमा माधव अधिकारी, विश्वकल्याण पराजुली, गणेशराज कार्की छन् भने सदस्य सचिव योगेन्द्र शर्मा पौडेल छन् । स्थानीय तह पुनर्संरचना आयोगको सदस्य...

  • news

    ‘हामी त सकियौं, अध्यक्ष मण्डलका नेताजीहरुको दाह्रीमा आगो लागेको छ’

    राष्ट्रिय जनता पार्टीका अध्यक्षमण्डलका नेताहरु बालुवाटारमा वार्ता गरिरहँदा बुधबार सोही पार्टीका बरिष्ठ नेता हृदयेश त्रिपाठी अनलाइनखबरसँग पार्टीभित्रका दुःखहरु सुनाउँदै थिए । राजपा पार्टी बनिनसक्दै ठूलो संकट र अकर्मन्यतामा फसेको विश्लेषण गर्दै त्रिपाठीले साउन १५ भित्रमा केन्द्रीय समिति बैठक बोलाएर विधान र घोषणापत्रबारे छलफल गर्न अल्टिमेटम दिएका छन् । पछिल्लो...

  • news

    विराटनगर जुट मिल पुनः सन्चालनको तयारी

    देशकै जेठो उद्योगको रुपमा स्थापना भएकोे विराटनगर जुट मिल पुनः सञ्चालनमा ल्याउने तयारी भएको छ ।   जुट मिल सन्चालक समितिले साढे दुई वर्षदेखि वन्द अवस्थामा रहेको जुट मिल सानो आकारमा भएपनि सञ्चालन गर्ने तयारी गरेको हो । उसले पहिलो चरणमा १० टन प्रतिदिन जुट सामग्री उत्पादन गर्ने उद्देश्यका साथ मिल सञ्चालनको तयारी अघि बढाएको हो । मिल पूर्णरुपमा सन्चालनमा आएको खण्डमा दैनिक...

  • news

    मिर्गौला प्रत्यारोपणपछि स्वस्थ रहन यस्तो छ मेरो जीवनशैली : राजु कटुवाल

    मिर्गौला प्रत्यारोपण गरेपछि धेरै कुरामा ख्याल गर्नुपर्छ । प्रत्यारोपणपछिको जीवन हाम्रो नयाँ जीवन हो । हामीले लामो समयसम्म औषधि खानुपर्छ । सबैभन्दा महत्वपूर्ण कुरा खानपान, सरसफाइ र नियमित औषधि सेवन नै हो । हामीले खाने औषधिका कारण हाम्रो रोग प्रतिरोधात्मक क्षमता घटेको हुन्छ । त्यसकारण हामीले अरु रोग नलागोस् भनेर उमालेको शुद्ध पानी पिउने, सन्तुलित भोजन गर्ने, व्यक्तिगत र...

  • news

    नुवाकोट : श्राद्धको प्रसाद खाँदा पचास बिरामी

    बेल्कोटगढी नगरपालिका–५ पिप्लेमा श्राद्धको प्रसाद खाएका ५० जना बिरामी परेका छन् । बिरामीमध्ये १० जनाको अवस्था गम्भीर रहेको र उनीहरुलाई उपचारका लागि काठमाडौँ लागिएको छ।  पिप्लेका भोजबहादुर आलेमगरको घरमा यही साउन १ गते श्राद्धको प्रसाद खाएपछि बान्ता हुने, पखाला लाग्ने, ज्वरो आउने समस्याले सिकिस्त भएपछि दुई परिवारका दश जनालाई आज बिहान एम्बुलेन्समार्फत काठमाडौँ...

  • news

    ७५ वर्षअघि हराएको जोडी हिउँमुनि पुरिएको अवस्थामा भेटिए

    दोस्रो विश्वयुद्धताका आफ्नै फार्महाउसबाट हराएको एक स्विस जोडी ७५ वर्षपछि हिउँले पुरिएको अवस्थामा मृत फेला परेका छन् । सन् १९४२ मा मार्सेलिन र फ्रान्सिन डुमोलिन आफ्नै फार्म हाउसमा दुध दुहुन गएपनि कहिल्यै फर्केनन् ।   स्कि रिर्सोटका एक जना कामदारले गत हप्ता काम गर्दै गर्दा ती दुई दम्पतीको शव फेला पारेका थिए ।  एल्पस पर्वतको हिउको चट्टानमा जमेकोअवस्थामा ती दुईको शव...

  • news

    जिग्रीले दृष्टिविहिनलाई बुझाए घरको साँचो

    जिग्री पाँडे प्रतिष्ठानले सप्तरीका तीन दृष्टिविहिन परिवारलाई घरको साँचो हस्तान्तरण गरेको छ । हास्य कलाकार कुमार कट्टेल (जिग्री)को जन्म दिनको अवसरमा दृष्टिविहिन परिवारलाई दाजु सिताराम कट्टेल (धुर्मसु)को हातबाट हस्तान्तरण गरिएको हो । भद्रगोल हास्य टेलिश्रृंखलाका अर्जुन घिमिरे पाँडेसँगको सहकार्यमा जिग्री पाँडे प्रतिष्ठान स्थापना गरेर नै उनीहरुले यो सामाजिक काम...

  • news

    नेइमारद्वारा पिएसजीको प्रस्ताव स्वीकार, छोड्लान् त बार्सिलोना

    बार्सिलोनाका स्टार खेलाडी नेइमारले फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेनको प्रस्ताव स्वीकार गरेको खबर सार्वजनिक भएको छ । बार्जिलका विभिन्न सञ्चारमाध्यमलाई उद्धृत गर्दै बेलायती पत्रिका डेली मेलले २५ वर्षका नेइमारले पिएसजीको प्रस्ताव स्वीकार गरेको उल्लेख गरेको हो ।  पिएसजीले नेइमार अनुबन्धका लागि बार्सिलोनालाई एक सय ९५ मिलियन पाउण्ड तिर्न तयार भएको खबरमा उल्लेख छ । तर...

  • लोकमार्गको ड्रेन भलले भत्कायो

    खोटाङमा कालोपत्रेको चरणमा रहेको मध्यपहाडी लोकमार्गको विभिन्न खण्डमा निर्माण गरिएको ड्रेन वर्षामा भल आउँदा भत्किएको छ ।  गुणस्तरहीन काम भएकाले सामान्य भलकै कटानले दिक्तेल हलेसी सडक खण्डका विभिन्न ठाउँका ड्रेन कामै नलाग्नेगरी भत्किएको हो । कालोपत्रेको चरणमा रहेको दिक्तेल–हलेसी सडक खण्डको कारागार, मुढे र नुनथला आसपासका सडकको कुनामा निर्माण गरिएको ड्रेन भलले...

  • news

    अर्थमन्त्री भन्नुहुन्छ - ‘एउटा कुरा सधैँ हेक्का राख्नोस्’

    ‘एउटा कुराको सधैँ हेक्का राख्नुहोस् कि तपाईंहरुले कार्यान्वयन गर्ने कार्यक्रम र खर्च गर्ने रकमबाट नै देशको आर्थिक वृद्धि माथि जान्छ र देशले खोजेको आर्थिक समुन्नतिको मार्गमा अघि बढ्न सकिन्छ ।’  प्रायः राजनीतिक अभिव्यक्ति दिइरहने मन्त्रीहरु भन्दा भिन्दै रुपमा अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की बुधबार गम्भीर मुद्रामा प्रस्तुत हुनुभयो – नेपाल सरकारका सबै...

  • news

    एउटा बाँदरका कारण ५० हजार मानिस अँध्यारोमा

    बाँदरले पावर स्टेशनमा क्षती पुर्‍याएपछि जाम्बियाका ५० हजार भन्दा धेरै मानिस अँध्यारोमा बस्न बाध्य भएका छन् । एउटा लंगुरे बाँदरले गएको आइतबार दक्षिण जाम्बियामा रहेको एउटा पावर स्टेशनको विजुलीको तारमा क्षती पुर्‍याएपछि ५० हजार भन्दा धेरै मानिस अन्धकारमा बस्न बाध्य भएका बिबिसीले जनाएको छ ।   मानिसका कारण विद्युत आपूर्तिमा समस्या भएको भए कारवाही गर्न सकिने भए पनि...

सामाजिक संजाल

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Solududhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org