समाचार

  • news

    तामेल भयो लोकमानको म्याद

    २ कात्तिक, काठमाडौं । करिव एक महिनाको लामो प्रयासपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमान सिंह कार्कीको म्याद तामेल भएको छ ।   करिव एक महिनाको लामो प्रयासपछि सोमबार बानेश्वरस्थित कार्कीको घरमा म्याद तामेल भएको प्रतिवेदन मंगलबार अदालतमा प्राप्त भएको छ । अब मुद्दा पेशीमा चढ्ने बाटो खुलेको छ ।   काठमाडौं महानगरपालिका वडा नं १० की सचिव सरिता राईको रोहबरमा...

  • news

    व्यवसायीबीच विवादका कारण अनिश्चितकालिन यातायात बन्द

    महेन्द्रनगर, कात्तिक २ । कञ्चनपुरको महेन्द्रनगरमा यातायात व्यवसायीबीच विवाद बढ्दै गएपछि सम्पूर्ण यातायात सेवा ठप्प भएका छन् ।   कञ्चनपुरमा नयाँ यातायात प्रालिले सेवा शुरु गरेपछि भएको विवादले उग्ररुप लिंदा सम्पूर्ण यातायात सेवा नै ठप्प भएको हो । नमस्ते शुक्लाफाँटा यातायात प्रालिले सेवा सञ्चालन गरेपछि महाकाली, पवनदूत र महाकाली टेम्पु यातायात व्यवसायी समितिबीच विवाद...

  • news

    प्रधानमन्त्री निवास अगाडी अस्थायी शिक्षकद्वारा धर्ना

    काठमाडौं, कात्तिक २ । सरकारसँग भएको सहमति कार्यान्वयन गर्न माग गर्दै अस्थायी शिक्षकहरुले मंगलबार प्रधानमन्त्री निवास बालुवाटार अगाडी धर्ना दिएका छन् ।   अस्थायी शिक्षक आन्दोलन संघर्ष समितिले अस्थायी शिक्षकहरुलाई प्रतियोगितामा सहभागी हुने अवसर दिनुपर्ने, सम्पूर्ण अस्थायी सेवा अवधि गणना स्थायी सेवामा गर्नुपर्ने, स्थायी हुने अवसर नपाएका शिक्षकलाई औषधि उपचार खर्च र...

  • news

    सिमाना निर्धारण आयोगकै सदस्यबाट इलाकालाई मापदन्ड बनाउने निर्णय अस्वीकार

    काठमाडौं, कात्तिक २ । गाउँपालिका, नगरपालिका, विशेष, संरक्षित वा स्वायत्त क्षेत्रको संख्या तथा सिमाना निर्धारण आयोगका सदस्य सुनिलरञ्जन सिंहले इलाकालाईसमेत प्रमुख आधार बनाउन सरकारले दिएको मापदन्ड अस्वीकार गरेका छन् ।   आयोगद्वारा पूर्वप्रस्तावित ५६५ स्थानीय तहको संख्या तोकिएकामा त्यसमा तराई–मधेस र थरुहट पक्षको असन्तुष्टिलाई समर्थन गर्दै अधिवक्तासमेत रहेका...

  • news

    सर्वोच्चले लोकमानका ज्वाइँलाई समेत अदालतको अवहेलनामा कारवाही गर्न सक्ने !

    २ कात्तिक, काठमाडौं । अख्तियार प्रमुख लोकमानसिंह कार्कीको घरमा म्याद तामेल गर्न खोज्दा अवरोध गर्नेलाई सर्वोच्च अदालतले कारबाही गर्न सक्ने एक अधिकारीले बताएका छन् ।   सर्वोच्चको टोली पुरानो बानेश्वरस्थित कार्कीको घरमा म्याद तामेलीका लागि जाँदा सोमबार केही मानिसहरुले अवरोध गरेका थिए । जसमा कार्कीका कान्छा ज्वाइँ प्रवल थापा पनि थिए । उनी राप्रपा नेपालका अध्यक्ष कमल...

  • news

    लोकमानको घरमा म्याद नटाँस्ने कर्मचारीलाई १५ दिन जेल र एक हजार रुपैयाँ जरिवानाको चेतावनी

    २ कात्तिक, काठमाडौं । सर्वोच्च अदालतले अख्तियार प्रमुख लोकमानसिंह कार्कीको घरमा म्याद तामेली नगरी र्फकने तामेलदार शम्भुबहादुर खत्रीसहित तीन जनामाथि कारवाहीको प्रक्रिया अघि बढाएको छ ।   तामिलदार खत्रीले बहानाबाजी गरेर म्याद तामेल नगरेको आशंका गर्दै अदालतले सात दिनभित्र चित्तबुझ्दो स्पष्टीकरण नआए १५ दिन जेल र एक हजार रुपैयाँ जरिवाना गर्ने भएको छ ।   सातदिने...

  • news

    मोसुल सहरलाई आईएस मुक्त बनाउन सैन्य अभियान

    बग्दाद, कार्तिक १ । इराकको मोसुल शहरलाई ईस्लामिक स्टेट (आईएस) विद्रोहीको पडकबाट मुक्त गराउन सेनाले कारवाही थालेको छ ।   सामरिक हिसाबले निकै महत्वपुर्ण मोसुल शहर आईएसको गढ मानिन्छ ।   इराकी प्रधानमन्त्री हैदर अल अबादीले मोसुल शहर विद्रोहीको पकडबाट मुक्त गराउन सेनाले कारवाही सुरु गरेको जानकारी दिएका हुन् । कुर्दीश लडाकु, इराकी सेना र सरकार निकट अन्य लडाकु समुहको...

  • news

    उत्तर कोरियाको ब्यालेस्टिक मिसाइल परीक्षण असफल

    असोज ३० – उत्तर कोरियाले ब्यालेस्टिक मिसाइल परीक्षण गरेको र त्यो परीक्षण असफल भएको अमेरिकी सेनाले जनाएको छ । उत्तर कोरियाले मध्यमस्तरको ब्यालेस्टिक मिसाइलको असफल परीक्षण गरेको अमेरिकाले दाबी गरेको छ ।  उत्तर कोरियाले चार हजार किलोमिटर परसम्म मार हान्न सक्ने मिसाइलको परीक्षण देशको उत्तर पश्चिमी तटबाट गरेको हो । यो मिसाइलले दक्षिण कोरिया, जापान र अमेरिकाको भूभाग...

  • news

    ब्राजिल : जेलमा भिडन्त, २५ जनाको मृत्यु

    कात्तिक १ – ब्राजिलको एक जेलमा कैदीका दुई समूहबिच झडप हुँदा कम्तिमा २५ जना कैदीको ज्यान गएको छ । क्षमता भन्दा बढी कैदी रहेको ब्राजिलको उत्तरी राज्य रोराइमाको राजधानी बोए भिस्टाको जेलमा कैदीका दुई समूहबिच झडप भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । कैदीबन्दीलाई उनीहरुका आफन्तसँग भेट्नका लागि दिइएको समयमा भिडन्त भएको हो । कैदी बन्दीले बन्धक बनाएका एक सयजनालाई मुक्त...

  • चीनले गर्‍यो मानिससहितको अन्तरिक्ष यान प्रक्षेपण

    कात्तिक १ – चीनले दईजना अन्तरिक्ष यात्रीसहितको अन्तरिक्ष यान शेनजू–११ प्रक्षेपण गरेको छ । गोवी मरुभूमिमा बनाइएको जियोचुयान स्याटलाइट लन्च सेन्टरबाट सोमबार बिहान शेनजू–११ प्रक्षेपण गरिएको हो । अमेरिका र रुसपछि आफ्नै अन्तरिक्षयात्रीलाई अन्तरिक्षमा पठाउने चीन तेस्रो देश बनेको छ । अन्तरिक्ष यानमा ४९ वर्षका जिंग हैपेंग र ३७ वर्षका चेन डोंग अन्तरिक्षमा गएका हुन्...

  • news

    हिटलरको जन्मघर भत्काउने तयारी

    भियना, कात्तिक २ । अष्ट्रिया सरकारले जर्मनीका तानाशाह एडोल्फ हिटलरको जन्म भएको घर भत्काउने तयारी गरेको छ । जर्मनी र अष्ट्रियाको सीमामा रहेको सो भवनमा सन् १८८९ मा हिटलरको जन्म भएको थियो । नाजी शासनका समयमा हिटलरको स्मारक बनाइएको सो भवन पर्यटकको आकर्षणको केन्द्र बन्दै आएको थियो । यद्यपी सन् १९४४ मा नाजी शासनको अन्त्यपछि सो भवन बन्द गरिएको थियो । यो भवन नाजीहरुको...

  • news

    अस्पतालमा आगलागी हुँदा २३ जनाको मृत्यु

    उडिसा, कात्तिक २ । भारतको उडिसास्थित एक निजी अस्पतालमा भएको आगलागीमा परी २३ जनाको मृत्यु भएको छ । उडिसाको भुवनेश्वरस्थित सम अस्पतालमा आगलागी हुँदा ५० जनाभन्दा बढी बिरामी जलेका छन् । डायलासिस विभागबाट शुरु भएको आगलागी पुरै अस्पतालमा फैलिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । आगलागी शुरु भएलगत्तै बिरामीहरुमा भागदौड मच्चिएको थियो । आगो आइसीयु विभागमा समेत पुगेपछि...

  • news

    ईम्जाको पानी घटाउने कार्य शुरु

    असोज ०८ । सोलुखुम्बु सोलुखुम्बु स्थित ईम्जा तालको  पानिको सतह घटाउने काम शुरु भएको छ । ताल विष्फोटन हुने खतराको सुचिमा रहेको ईम्जा तालको पानी आजबाट घटाउने कार्य सुरु गरिएको हो ।  ईम्जा तालको पानि ३.४ मिटर पानि घटाउनका लागि ३ हप्ताको समय लाग्ने जल तथा मौषम विज्ञान विभागका  महानिर्देशक  रिऋीराम शर्माले जानकारी दिनुभयो । वहाँका अनुसार प्रति सेकेण्ड ६ देखि ७ घनमिटर पानि...

  • news

    ‘अब दलहरुको निर्णय सुझाव मात्र हुन्छ, आयोग निर्देशित हुँदैन’

    आयोगको काम सुस्त भएको हो ?   सुस्त भन्न मिल्दैन । कामले गति लिइरहेकै छ । हामीलाई दिइएको फागुन मसान्तसम्मको समय आफैंमा कम थियो । अन्तर्राष्ट्रिय अनुभव हेर्‍यो भने ५/६ वर्ष लगाएर काम गरेको देखिन्छ । तर, हाम्रा संविधान निर्माताहरुले संविधानमै एक वर्षको समय राखिदिनुभयो । हामीले त्यो एक वर्षको पनि पूरै समय पाएनौं । सुरुका दुई-तीन महिना कार्यालय व्यवस्थापनमै बित्यो । हामीले...

  • news

    संरक्षण दिवस

    असोज ०७ । सोलुखुम्बु ताप्लेजुङको घुन्सामा श्री एयरलाईन्सको हेलिकोप्टर दुर्घटना भएको शुक्रबार  १० वर्ष पुगेको छ ।  २०६३ साल असोज ७ गते ताप्लेजुङको घुन्सामा भएको हेलिकोप्टर दुर्घटनामा परी डा. हर्क गुरुङलगायतका संरक्षणविद्हरुको निधन भएको थियो ।  दुर्घटनाको सम्झनामा शुक्रबार ताप्लेजुङको घुन्सालगायत देशभर स्मृति कार्यक्रम गरिएको छ  । दुर्घटनामा तत्कालीन वन तथा...

सामाजिक संजाल

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Solududhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org