समाचार

  • news

    सोलुखुम्बुमा मानव अधिकार उल्घंनको घटनामा बृद्धि ।

    सुबास दर्नाल,सोलु एफ एम मङ्सिर ७–सोलुखुम्बुमा मानव अधिकार उल्घंनको घटनामा बृद्धि भएकोे छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (ईन्सेक) को प्रतिबेदन अनुसार सन २०१७ मा ५२ ओटा मानव अधिकार उलघंनका घटना दर्ता भएकोमा  सन २०१८ मा ५८ ओटा घटना दर्ता भएको छ ।  ईन्सेक सोलुखुम्बुले शुक्रबार बार्षिक समिक्षा कार्यक्रम गर्दै सो तथ्यकं सार्वजनिक गरेको हो । ईन्सेकको तथ्यकं अनुसार...

  • news

    सोलुखुम्बुमा घरेलु हिसां पिडितमा पुरुष बढिः सासंद राजभण्डारी ।

    सुबास दर्नाल,सोलु एफ एम मङ्सिर ७–नेकपा प्रदेश १ प्रमुख सचेतक एवं प्रदेश सभा सदस्य बुद्धि कुमार राजभण्डारीले सोलुखुम्बुमा पुरुषको बढि मानव अधिकार हनन भएको दाबी गर्नुभएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (ईन्सेक) सोलुखुम्बुले आयोजना गरेको मानव अधिकार उल्घंनका घटनाबारे बार्षिक समिक्षा कार्यक्रममा बोल्नुहुदै उहाँले सोलुखुम्बुमा महिला भन्दा बढि पुरुष पिडित बनेको...

  • news

    प्रसिद्ध धार्मिक स्थल ज्वालामाई मन्दिरमा ५० हजारले दर्शन गरेको अनुमान ।

    सुबास दर्नाल,सोलु एफ एम मङ्सिर ७–सोलुखुम्बुको प्रसिद्ध धार्मिक स्थल तामाखानी लोदिङ स्थित ज्वालामाई देविको मन्दिरमा करिब ५० हजार भक्तजनले देवीको दर्शन गरेका छन् । हरिबोधनी एकादशि देखी आज पुर्णिमाको दिन सम्म लागेको मेलामा उक्त संख्याको भक्तजनले देवीको दर्शन गरेको मन्दिर ब्यवस्थापन समितिका सदस्य सचिव भाईकाजी पुलामी मगरको भनाई छ । मसिंर ३ गते देखि सुरु भएको उक्त मेला...

  • थुलुङदुधकोशी गाउँपालिकाको मोबाइल एप सार्वजनिक ।

    भोजराज कार्की, ६ मंसिर    सोलुखुम्बु :     थुलुङदुधकोशी गाउँपालिकाले सूचना मूलक मोबाइल एप सार्वजनिक गरेको छ । गाउँपालिकाको सम्पूर्ण विवरण सहित मोबाइल एप सार्वजनिक गरिएको गाउँपालिका अध्यक्ष असिम राईले जानकारी दिनुभयो ।         उक्त मोबाइल एपमा सुझाव तथा गुनासो, समस्या दर्ता, हाम्रो बारेमा, सेवाहरु, कार्यक्रम तथा परियोजना, सूचना तथा जानकारी, वडा विवरण,...

  • news

    अलैँचिले मूल्य नपाए पछि किसान चिन्तीत ।

    महेन्द्र शाही  सोलु एफ.एम ४ मंसिर  सोलुखम्बु ः सोलुखुम्बुको लिखु पिकेमा उत्पादित अलाइचि बजार नपाएको स्थानिय कृषकले गुनासो गरेका छन । दुई वर्ष अगाडिसम्म प्रति किलो २ हजार ५ सयमा विक्रि हुने अलैँचि अहिले ६ सय रुपयाँमा पनि विक्रि नभएको स्थानिय कृषकको गुनासो छ । अहिले अलाइचि खरिद गर्ने ठेक्केदार पनि नआएको भन्दै उत्पादन बढे पनि उचित बजार र मूल्य नपाउदा आपूmहरु समस्यामा...

  • news

    सोलुखुम्बुमा ६७ जना नयाँ भुकम्प प्रभावित थपिए ।

    सोलु एफ.एम ४ मंसिर  सोलुखुम्बु ः भुकम्प प्रभावितको लाभग्राही सुचिमा छुटेका ६७ जनाको लाभग्राहिको सूचिमा नाम आएको छ । राष्ट्रिय पुनः निर्माण प्राधिकरण जिल्ला शाखा सोलुखुम्बुले दिएको जानकारी अनुसार जिल्लामा पूर्ण क्षतिको सूचिमा पर्नेको सङ्ख्या ६७ जना रहेको र आंशिक क्षतिको सूचिमा पर्नेको सङ्ख्या २ सय २७ रहेको छ । जिल्लाभरिबाट परेका निवेदन उपर छानविन गरेर केन्द्रले नै...

  • news

    सोलुखुम्बुको अधिकांश वडामा सचिव नहुँदा कार्यसम्पादनमा समस्या ।

    महेन्द्र शाही  सोलु एफ.एम ३ मंसिर सोलुखुम्बु ः सोलुखुम्बुका अधिकांस स्थानिय तहमा कर्मचारी अभाव  हुँदा सेवा प्रवाहमा समस्या भएको छ । सोलुखुम्बुका अधिकांश गाउँपालिकाका वडा कार्यालयहरुमा वडा सचिव नहुदा सेवा प्रवाहमा समस्या भएको स्थानिय जनप्रतिनिधिहरुको गुनासो रहेको छ । सोलुखुम्बुको खुम्बुपासाङ ल्हमु गाउँपालिकामा एउटा पनि वडा सचिव नभए पछि कृषि तथा पशुका...

  • news

    सल्लेरी तापक्रम ५.२ डिग्रिमा जनजीवन प्रभावित ।

    भोजराज कार्की  सोलु एफ.एम ३ मंसिर सोलुखुम्बु ः सोमबार सोलुखुम्बु सदरमुकाम सहित आसपासको क्षेत्रमा अत्याधिक चिसो महशुस गरिएको छ । मौसम प्रतिकुल भई चिसो महशुस भएको यहाँका स्थानीयले बताएका छन् ।  अघिल्लो दिनको तुलनामा सोमबार २.४ डिग्रीले चिसो बढेको छ । सल्लेरी स्थीत मौसम अवलोकन केन्द्रका अनुसार आइतबारको तुलनामा सोमबार २.४ डिग्रीले चिसो बढेको हो । आइतबार साझको न्यूनतम...

  • news

    मौसम प्रतिकुलताले हवाइ सेवा ठप्प ।

    महेन्द्र शाही  सोलु एफ.एम ३ मंसिर  सोलुखुम्बु ः सोलुखुम्बुको तेञ्जिङ हिलारी बिमानस्थल लुक्लामा मौसमा प्रतिकुल भए पछि हवाइ सेवा प्रभावित भएको छ । मौसममा आएको खराविले लुक्ला विमानस्थलमा कुनै पनि उडान र अवतरण हुन नसकेको नागरिक उड्यान प्राधिकरण लुक्लाले जनाएको छ । मौसम प्रतिकुलताका कारण उडान रोकिदा पर्यटक समस्यामा परेका छन । काठमाडौँको लागि टिकट लिइसकेका पर्यटक उडान...

  • news

    तामाखानिको ज्वालामाई मन्दिरमा मेला सुरु ।

    सोलु एफ.एम ३ मंसिर  सोलुखुम्बु ः हरिबोधनी एकादशी अर्थात ठुलो एकादशीबाट सोलुखुम्बुको चर्चित तिर्थस्थल ज्वालामाई मन्दिरमा मेला लाग्न शुरु भएको छ । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका ३ तामाखानीमा रहेको उक्त मन्दिरमा बार्षिक रुपमा एकादशीदेखि पूर्णिमासम्म भब्य मेला लाग्ने गर्छ । बर्षैभरी दर्शनार्थीको आगमन भईरहने उक्त मन्दिरमा एकादशीदेखि पूर्णिमासम्म भक्तजनहरुको...

  • news

    फैसला कार्यान्वयनको अवस्था दयनिय भएको न्यायाधिश सुवेदीको भनाई ।

    महेन्द्र शाही  सालु एफ.एम २ मंसिर  सोलुखुम्बु ः सोलुुखुम्बुका जिल्ला न्यायाधिश नारायण प्रसाद सुवेदीले जिल्लामा दण्डहिन्ता बढेको बताउनुभएको छ । जिल्लामा न्यायालयले गरेको फैसला कार्यन्वयनको अवस्था अत्यन्त दयनिय भएको भन्दै न्यायाधिश सुवेदीले यसबाट कानुन कार्यान्वयन पक्ष फितलो भएको बताउनुभएको हो ।      फैसला कार्यान्वयन वर्ष सम्बन्धि घोषणा कार्यक्रममा...

  • news

    फैसला कार्यान्वयन वर्ष घोषणा ।

    महेन्द्र शाही  सोलु एफ.एम २ मंसिर  सोलुखुम्बु ः जिल्ला अदातल सोलुखुम्बुमा फैसला कार्यान्वयन वर्ष घोषणा सुरुवात भएको छ । जिल्ला न्याय क्षेत्र समन्वय समिति सोलुखुम्बुको आयोजनामा भएको कार्यक्रमको जिल्ला न्यायाधिश नारायण प्रसाद सुवेदीले व्यानर पढेर सुरुवात भएको घोषणा गर्नु भएको हो । कार्यक्रममा बोल्दै जिल्ला न्यायाधिश सुवेदीले जिल्लाका अन्य निकायको सहयोगले मात्र...

  • news

    मन्दिरद्धारा सहयोगिलाई धन्यबाद ज्ञापन ।

    सोलु एफ.एम २ मंसिर  सोलुखुम्बु ः सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिकाको वडा नं ६ र ७ मा रहेको ज्वालामाइ मन्दिर व्यवस्थापन समितिले सहयोगी दातालाई धन्यबाद ज्ञापन गरेको छ । मन्दिरलाई विभिन्न व्यक्ति तथा संस्थाहरुले विभिन्न सामग्री तथा आर्थिक सहयोग गरेको भन्दै धन्यवाद ज्ञापन गरेको मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।       मन्दिरमा लाग्ने मेलालाई लक्षित गरि वडा नं ७...

  • news

    आइतबार प्रशासन सेवाग्राहीको भिड ।

    महेन्द्र शाही  सोलु एफ.एम २ कात्तिक  सोलुखुम्बु ः आइतबार जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुमा नागरिकता तथा रहदानी बनाउनेको सङ्ख्या बढेको छ । शिनिबारको विदा पछिको दिन भएकाले प्रशासनमा सेवाग्राहिको सङ्ख्या बढेको प्रशासनले जनाएको छ ।       अरु दिन दैनिक ८–१० जना नागरिकता लिने सेवाग्राहि आउने गरेकोमा आइतबारको दिन २०–२५ जना सम्म आउने गरेको निमित्त प्रमुख जिल्ला...

  • news

    बालबालिकालाई खाजाको व्यवस्था गर्दै विद्यालय ।

    सोलु एफ.एम २ कात्तिक  खोटाङ ःमहेन्द्रोदय मा.वि. हलेसीले आजबाट बालबालिकाहरुलाई खाजा खुवाउन थालेको छ । बौद्धमार्गीहरुको रामजुङ हिसे सेनफेन नेपाल नामक संस्थाको सहयोगमा विद्यालयले कक्षा १ देखी ५ सम्मका बालबालिकाहरुलाई खाजा खुवाउन थालेको विद्यालयका प्रधानाध्यापक चक्रबहादुर राईले बताउनु भयो ।      उहाँका अनुसार २ महिना अगाडी संस्थासँग सम्झौता भएअनुरुप आजबाट प्रति...

सामाजिक संजाल

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Solududhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org