समाचार

  • news

    ‘प्रेम गीत–२’ को कभर गीत प्रतियोगिता सुरु

    काठमाडौं, वैशाख १८ – नेपाली चलचित्र ‘प्रेम गीत—२’ को कभर गीत प्रतियोगिता सुरु भएको छ । चलचित्र निर्माण टिमले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी गीतको ट्रयाक र प्रतियोगताको बारेमा जानकारी गराएको हो । ‘कभर विश्वव्यापी प्रतियोगिता’ नाम राखिएको यस प्रतियोगितामा विश्वको जुनसुकै कुनामा हुनेले पनि ‘कहाँ नि यो प्रेम गीत को’ गीत गाएर भाग लिन पाउने छन् ।...

  • news

    राप्रपा सरकारबाट बाहिरियो

    काठमाडौं, वैशाख १८ – राप्रपा सरकारबाट बाहिरिएको छ । सोमबार बिहान र बेलुकी गरेर दुईपटक बसेको राप्रपाको केन्द्रिय कार्यसम्पादन समितिको बैठकले सरकारबाट फिर्ता हुने निर्णय गरेको अध्यक्ष कमल थापाले जानकारी दिनुभयो । सत्ताको नेतृत्व गरेको नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसले एकलौटी रुपले निर्णय गरेको भन्दै अब सरकारमा बसिरहनु उचित नहुने ठहर बैठकले गरेको उहाँले...

  • news

    धवलागिरि अञ्चल अस्पतालको पनि आफ्नै ‘फार्मेसी’

    बागलुङ- धवलागिरि अञ्चल अस्पतालले आफ्नै औषधि वितरण केन्द्र (फार्मेसी) सञ्चालनमा ल्याएको छ।  स्वास्थ्य मन्त्रालयले केही समयअघि अस्पतालले आफैँ ‘फार्मेसी’ चलाउनुपर्ने नियम बनाएको थियो।  केन्द्रबाट ५६२ प्रकारका औषधि उपलब्ध हुने अस्पतालका प्रमुख चिकित्सक सागरकुमार राजभण्डारीले बताए। ‘चौबीसै घन्टा सेवा दिने गरी फार्मेसी खुलेको छ’, चिकित्सक राजभण्डारीले भने,...

  • news

    उत्तर कोरिया तनाव : ट्रम्पले गरे चिनियाँ राष्ट्रपति सीको प्रशंसा

    वैशाख १५ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाको समस्या समाधानका लागि राम्रो काम गरेको भन्दै चिनियाँ राष्ट्रपति सी जिनपिङको प्रशंसा गर्नुभएको छ ।  समाचार संस्था रोयटर्ससँगको विस्तृत अन्तर्वार्ताको क्रममा ट्रम्पले सी देशलाई माया गर्ने निकै असल व्यक्ति गरेको भन्दै प्रशंसा गर्नुभएको हो । चिनियाँ राष्ट्रपति सीले उत्तर कोरियाका कारण उत्पन्न समस्या...

  • news

    एग्युरोलाई हेडबट हान्ने फेलिनीलाई रातो कार्ड, म्यानचेष्टर डर्बी बराबरीमा सकियो

    १५ बैशाख, काठमाडौं । सर्जिओ एग्युरोलाई हेडबट हानेपछि फेलिनीले रातो कार्ड पाएका छन् र म्यानचेष्टर युनाइटेडले सिटीसँग गोलरहित बराबरी खेलेको छ । बिहीबार राति भएको पि्रमियर लिगको म्यानचेष्टर डर्बीमा युनाइटेड र सिटीले गोलरहित बराबरी खेलेका हुन् । अन्तिम केही मिनेट १० खेलाडीमा सिमित भएको युनाइटेडको शीर्ष चारमा पर्ने सम्भावना अझै जिवितै छ । साथै लिगमा अपराजित यात्रा २४ खेल...

  • news

    सय किलो चाँदीसहित २ जना पक्राउ

    १५ वैशाख, बिराटनगर । झापाको भद्रपुरबाट अबैध रुपमा ल्याईएको एक सय किलो चाँदीसहित २ जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । वुद्ध एयरको उडानमार्फत काठमाडौंबाट झापाको चन्द्रगढी एयरपोर्टमा कार्गो गरी ल्याएको चाँदीसहित झापा वुद्धशान्ति गाउँपालिका(३ का ३२ बर्षीय मनोज गोयल र झापा गाउँपालिका(२ का २७ बर्षीय पुण्यप्रसाद अधिकारी पक्राउ परेका हुन् । क्षेत्रीय प्रहरी...

  • news

    समीक्षाः यस्तो छ बाहुबली द कन्क्लुजन

    कलाकार- प्रभास, अनु्ष्का शेट्टी, राण दग्गुबत्ती, तमन्ना भाटिया निर्देशक- एसएस राजमौली अवधी- २ घण्टा ४८ मिनेट कटप्पाले किन बाहुबलीको हत्या गर्‍यो भन्ने जिज्ञासालई अधकल्चो छाडेर टुंगिएको फिल्म बाहुबलीको दोस्रो भाग धुमधामका साथ हलमा लागिरहेको छ । बाहुबलीः द कन्क्लुजन यस्तो फिल्म हो, जो छायांकन हुनुअघि नै प्रतिक्षारत रह्यो । दुनियाँले अधैर्यसाथ पर्खिरहेको यो फिल्म...

  • news

    रूकुममा जीप दुर्घटना हुँदा तीनको मृत्यु

    १५ वैशाख, रुकुम ।  शुक्रबार दिउँसाे जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । आठबिसकोट नगरपालिका–१४ पिपलचौरमा ग १ ज २०६ नं.को जीप दुर्घटनामा तीन जनाकाे मृत्यु हुनुका साथै  ११ जना घाइते भएका हुन् । घटनामा रूकुम चौरजहारी नगरपालिका–८ का एक वर्षीय श्रीजन बुढा र जाजरकोट सक्ला– ७ का २८ वर्षीय कुमबहादुर बस्नेतकाे मृत्यु भएकाे हाे । एक जनाकाे भने परिचय नखुलेकाको जिल्ला...

  • news

    प्राधिकरण चुप लागेर बसेको छैन

    विनासकारी भूकम्प गएको आज २ वर्ष पूरा भएको छ । भूकम्प र त्यसपछिका लगातार आएका पराकम्पनले झण्डै १० हजार व्यक्तिको ज्यान जानुका साथै ७ खर्ब रुपैयाँ बढीको क्षति भएको छ । भूकम्पबाट क्षतिग्रस्त भौतिक पुर्वाधारको पुनर्निर्माणका लागि स्थापना भएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको काम सुस्त हुँदा भूकम्प पीडितको बास अझै टहरमा रहेको छ । प्राधिकरणमा प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

  • news

    मेडिकल काउन्सिलले तोक्यो डाक्टरका यस्ता १८ कर्तव्य

    काठमाडौं– नेपाल मेडिकल काउन्सिलले डाक्टरले पालना गर्नैपर्ने १८ वटा कर्तव्य तोकेको छ। काउन्सिलले शंसोधित आचारसंहितामा डाक्टरले पालना गर्नुपर्ने सामान्य कर्तव्यहरु तोकेको हो। आचारसंहिता काउन्सिलको पूर्ण बैठकले पारित गरी स्वीकृतिका लागि वैशाख १४ गते स्वास्थ्य मन्त्रालय पठाएको छ। स्वास्थ्य मन्त्री गगन थापाले स्वीकृत गरेपछि सो आचारसंहिता लागू हुनेछ। चिकित्सकले...

  • news

    पूरा भयो सँगै बाँच्ने सँगै मर्ने कसम

    वैशाख १४ – अमेरिकामा एक दम्पतीको एक घण्टाभित्रमा निधन भएको छ । अमेरिकाको इलिनाइसका दम्पतीको ४० मिनेट भित्रमा निधन भएको हो । अल्जाइमरबाट पीडित ८९ वर्षकी टेरेसा वाट्किनको निधन भएको ४० मिनेटपछि उहाँका श्रीमान ९१ वर्षका इसाक वाट्किनको निधन भएको डेली हेराल्डले जनाएको छ । शनिबार टेरासाको निधन भएपछि श्रीमतीको हात समातेर बसेका इसाकको ४० मिनेट भित्रमा निधन भएको हेराल्डले...

  • news

    नेपाली क्रिकेट खेलाडीको रोकिएको १५ महिनाको तलव दिने आईसीसीको निर्णय

    १४ बैशाख, काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीले नेपाल क्रिकेट संघको बिवादसँगै निलम्बनमा परेपछि नेपाली क्रिकेट खेलाडीको रोकिएको १५ महिनाको तलव उपलब्ध गराउने निर्णय गरेको । आईसीसीको बोर्ड बैठकले नेपाली खेलाडीलाई १५ महिनाको तलव उपलब्ध गराउने आईसीसी डेभलपमेन्ट कमिटीको प्रस्ताव स्वीकृत गरेको हो । साथै निलम्बन फुकुवाका लागि भइरहेको प्रक्रियाको पनि...

  • news

    ओखलढुंगामा एमालेले तय गर्‍यो उम्मेदवार (सूचीसहित)

    १४ वैशाख, ओखलढुंगा । नेकपा एमालेले ओखलढुंगाका एक नगरपालिकासहित ८ स्थानीय तहका अधिकांश उम्मेदवारको टुंगो लगाएको छ । प्रदेश नम्बर १ को चुनाव दोस्रो चरणमा हुने भनिए पनि ओखलढुंगामा एमालेले सर्वसम्मतिबाट उम्मेदवार तय गरेका केन्द्रीय सदस्य तथा सांसद यज्ञराज सुनुवारले बताए । एमालेले जिल्लाको एकमात्र नगरपालिका सिद्धिचरणको प्रमुखमा पार्टीका जिल्ला अध्यक्ष मोहन श्रेष्ठलाई...

  • news

    जहाँ भएको थियो मदनकृष्णको बिहे, सोही मन्दिरमा जन्मदिनको सेलिव्रेशन

    चर्चित हाँस्य कलाकार मदनकृष्ण श्रेष्ठको जन्मदिनको अवसर पारेर केक काटिएको छ । भक्तपुरको सूर्यविनायक मन्दिरमा उनको जन्मदिनको अवसरमा केक काटिएको हो । हुनत, मदनकृष्णको जन्म वैशाख ७ गते भएको हो । तर, तिथीका आधारमा उनको जन्मदिन बिहिबार पनि सेलिव्रेशन गरिएको हो । चलचित्र ‘छक्का पन्जा २’को टिमले उनको जन्मदिनमा केक काटेर सेलिव्रेशन गरेको हो । मदनकृष्णलाई उनका साथी हाँस्य...

  • news

    जनता बैंकको बचतमा ८ प्रतिशत ब्याजदर

    १४ बैशाख, काठमाडौं । जनता बैंक नेपाल लिमिटेडले सर्वसाधारण बचतकर्ताहरुको बचतलाई प्रोत्साहित गर्न उच्च ब्याजदर दिनेगरि गौतम बुद्ध बचत खाता नामक नयाँ निक्षेप खाता सञ्चालनमा ल्याएको छ । न्यूनतम रु १ सय मै खाता खोल्न सकिने यस बचत खातामा निक्षेपकर्ताले वार्षिक ८ प्रतिशतका दरले ब्याज प्राप्त गर्नेछन् । यसबाट सर्वसाधारणहरु बचत गर्न प्रोत्साहित हुने तथा उच्चतम ब्याजदरबाट...

सामाजिक संजाल

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Solududhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org