समाचार

  • news

    तोजिङमा जिप दुर्घटना हुदा एक जना घाइते ।

    सोलु एफ.एम साउन १७ सोलुखुम्बु ः सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालीका ७ तोजिङमा जिप दुर्घटना हुदा एक जना घाईते भएको छ । विहिबार विहान करिब ८ बजे सल्लेरीबाट नेलेतर्फ जादै गरेको बा १४ च ३७७७ नम्बरको बोलेरो जिपको टायर पड्किएर सामान्य दुर्घटना भएको जिल्ला प्रहरी कार्यलय सोलुखुम्बुले जनाएको छ ।  दुर्घटनामा सोताङ गाउपालीका ४ की अन्दाजी २२ बर्षिय कबिता नाछिरिङ घाईते भएको...

  • news

    स्थानिय निकायका कर्मचारी र जनप्रतिनिधिकालागि तालिम सञ्चालन ।

    सोलु एफ.एम साउन १७ सोलुखुम्बु ः जिल्ला समन्वय समिति सोलुखुम्बुको आयोजनामा खरिद व्यवस्थापन तथा सार्वजनिक वित्त र न्यायिक समितिका पदाधिकारी र कर्मचारीकालागि क्षमता अभिवृद्धी कायक्रम जारी रहेको छ ।      जिल्ला समन्वय समितिले स्थानिय सरकारलाई खरिद व्यवस्थापनका बारेमा जानकारी गराउने उदेश्यले तालिमको आयोजना गरिएको आयोजकले जनाएको छ । तालिममा स्थानिय सरकारले के कसरि काम...

  • जलविद्यूतको इन्ट्याङ्कमा क्षती पुग्दा लोखीमका सात सय घरधुरी अन्धकारमा ।

    उत्तरकुबीर राई सोलु एफ.एम साउन १७ सोलुखुम्बु ः अबिरल बर्षात संगै माथिबाट आएको ढुंगाले दुदुखोला जलविद्युत परियोजनाको मुहानको इन्ट्याङ्कमा क्षती पुगेको छ । बुधकार राती अबीरल बर्षात संगै माथिबाट आएको ढुंगाले इन्ट्याङ्कमा क्षती पु¥याएको हो ।  सोलुखुम्बुको थुलुङ दुधकोशि गाउपालिका ९ लोखिममा रहेको उक्त जलविद्युतको इन्ट्याङ्कमा ढुंगाले लाग्दा ६ लाख बराबरको क्षती भएको वडा...

  • news

    काग्रेस नेता प्रकाश सिं कार्कीद्धारा विभिन्न समुहलाई स्टेचर वितरण ।

    भोजराज कार्की सोलु एफ एम, साउन १७ सोलुखुम्बु ः नेपाली काङ्ग्रेस सोलुखुम्बुका  नेता एबम समाजसेवी प्रकाशसिंह कार्कीले जिल्लाको बिभिन्न गाउँका लागि बिरामी बोक्न प्रयोग गरिने स्टेचर वितरण गर्नुहुने भएको छ । जिल्लाको सोताङ र नेचा सल्यानका लागि २४ हजार मूल्यबराबरको ६ वटा स्टेचर वितरण गर्ने कार्यक्रम रहेको प्रकाश सिंह कार्कीलाई उदृत गर्दै दिनराज बास्तोलाले जानकारी...

  • news

    कक्षा १२ को नतिजा प्रकाशन भयो । आफ्नो नतिजा थाहा पाउने तरिका यस्तो छ ।

    काठमाडाैं –  कक्षा १२ को परीक्षाफल प्रकाशित भएको छ । राष्ट्रिय परीक्षा बोर्ड भक्तपुरले पहिलोपटक ग्रेडिङ  प्रणाली अनुसार १२ कक्षाको नतिजा प्रकाशित गरेको हो । बोर्डले सार्वजनिक गरेको नतिजाअनुसार नियमिततर्फ ३ दशमलव ६१ देखि ४ जीपीएसम्म ल्याउने ११ हजार १ सय ६९ जना, ३ दशमलव २१ देखि ३ दशमलव ६० सम्म जीपीए ल्याउने ११ हजार २ सय २१ जना छन् । यस्तै, २ दशमलव ०१ देखि २ दशमलव ८० जीपीए...

  • news

    कक्षा १२ को नतिजा आज सर्वजानिक हुने ।

    साउन १७,  काठमाडौं ः कक्षा १२ को नतिजा बिहीबार सार्वजनिक हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गर्ने तयारी गरेको हो। बोर्डले बुधबार नतिजा सार्वजनिक गरिने बताएको थियो । तर, प्राविधिक समस्याका कारण बुधबार नतिजा सार्वजनिक गर्न नसकेको वोर्डले बिहीबार सार्वजनिक गर्ने तयारी गरेको हो ।  गत वैशाखमा सञ्चालित कक्षा १२ को परीक्षामा करिब चार लाख...

  • news

    वर्षातले आलु भित्रयाउन समस्य ।

    सोलु एफ.एम साउन १६ सोलुखुम्वु,    बर्षाका कारण पहाडी भेगका कृषकहरुको मुख्य बालीको रुपमा रहेको आलु भित्र्याउन समस्या भएको छ । आलु भित्र्याउने यो समयमा निरन्तर झरी पर्दा सोलुखुम्बु लगायत आसपासका जिल्लाका कृषकहरुलाई समस्या भएको हो । आलु खन्ने यो समयमा निरन्तर पानी पर्दा आलु भित्र्याउन समस्या भएको सोलुखुम्बु तामाखानीका कृषक ल्हाक्पा शेर्पाले बताउनुभयो ।      आलु...

  • news

    अव्यवस्थित ढलका कारण वस्ती दुर्गन्धीत ।

      सोलु एफ.एम साउन १६ सोलुखुम्वु,  सोलुदुधकुण्ड नगरपालिका ४ फाप्लुको दलितबस्तीमा दुर्गन्ध फैलिएको छ । फाप्लु बजारको घर घरबाट निस्केका शौचालयको ढल खोल्सामा मिसाउदा बजार भन्दा तल रहेको दलित बस्ती दुर्गन्धित भएको हो । खोलासँगै पानीको मुहान पनि भएकाले ढलको व्यवस्थापन समयमानै गर्न स्थानीयले माग गरेका छन् । सम्बन्धीत निकायमा पटक पटक कुरा गर्दा पनि समस्या समाधान तर्फ...

  • news

    पार्ककीङ् गरेकै ठाउबाट मोटर साईकल चोरी ।

    सोलु एफ.एम साउन १६ सोलुखुम्वु,       सोलुखुम्बुको जिरोपोईन्ट नजिकै लघुवित्त कार्यालय अगाडी पार्ककीङ् गरेर राखेको अवस्थामा हराएको मोटरसाइकल भेटिएको छ । मङ्गलबार राति एनएमबी लघुवित्तमा कार्यरत उदयपुरका बलराम बरालको से ४ प ५२१८ नम्बरको मोटर साइकल अज्ञात समूहले राति चोरी गरि करिब १ किलोमिटरको दुरीमा पर्ने मुख्य सडकको तलतीर भिरमा पल्टिएको अवस्थामा फेला परेको हो ।  ...

  • स्वर्गिय चित्रकुमार राईको नाममा शोक सभा ।

    सोलु एफ.एम साउन १६ सोलुखुम्वु,       थुलुङदुधकोशी गाउँपालिका वडा नम्बर पाँचमा तत्कालीन नेकपा माओवादी केन्द्रका जिल्ला सल्लाहकार स्वर्गिय चित्रकुमार राईको नाममा शोक सभा सम्पन्न भएको छ । सावीक जुबु गाविस हाल वडा नम्बर ४ र ५ को संयुक्त आयोजनामा उक्त शोक सभा सम्पन्न भएको वडा नम्बर ५ का वडा कमिटि सचिव प्रकाश राईले जानकारी दिनुभयो ।      जिल्ला समन्वय समिति...

  • सहिद मनोज झपेन्द्र स्मृति दिवसको अवसरमा विभिन्न कार्यक्रम सम्पन्न ।

     सोलु एफ.एम साउन १५,सोलुखुम्बु ः नेपाल निजामति कर्मचारी सगंठन जिल्ला कार्यसमिति सोलुखुम्बुले सहिद मनोज झपेन्द्र स्मृति दिवसको अवसरमा विभिन्न कार्यक्रम गरेको छ । वि स २०४८ सालमा निजामति कर्मचारी हकहितका लागी गरिएको आन्दोलनमा प्रहरीको गोली लागी मृत्यु भएका निजामति कर्मचारी मनोज जोशी र झपेन्द्र कार्कीको स्मृति दिवसको अवसरमा सोलुखुम्बुमा पनि विभिन्न कार्यक्रम गरिएको हो...

  • news

    वर्षाका कारण खोटाङका अधिकांश ठूला आयोजनाको काम ठप्प ।

    सोलु एफ.एम साउन १५,खोटाङ ः वर्षाका कारण खोटाङका अधिकांश ठूला आयोजनाको काम ठप्प भएको छ । मध्यपहाडी लोकमार्गको दिक्तेल–चखेवा भञ्ज्याङ, हलेसी–बिजुले, बिजुले–हुर्लुङ र हुर्लुङ–दिक्तेल सडक खण्डको काम प्रभावित भएको हो । बेस राख्ने, मेसिनरी ढलान, ड्रेन राख्ने, निर्माण सामग्री जुटाउने, पर्खाल लगाउनेलगायतका काम गर्न सकिने भए पनि ठेकेदारले वर्षाको कारण देखाउँदै काम रोकेका...

  • news

    पहाड र हिमालमा समेत पाइन थाल्यो खतरनाक कोब्रा ।

    सोलु एफ.एम साउन १५,सोलुखुम्बु ः विषालु सर्प कोब्रा पहाडी र हिमाली भेगमा पनि पाइन थालेको छ । यसअघि तराईमा मात्रै पाइने गरेको कोब्रा अहिले पहाडी क्षेत्रमा पाइन थालेको अध्ययनले देखाएको हो । सोलुखुम्बु, ताप्लेजुङ, सल्यान, मनाङ, डोटी, दैलेखलगायतका पहाडी र हिमाली जिल्लामा पनि विषालु सर्पको डसाईबाट ज्यान जान थालेको डाक्टर बाबुराम मरासिनीले जानकारी दिनुभयो ।  यस्तै सामान्यतया...

  • news

    सोलुखुम्बुका संजिवको तिब्बतमा ज्यान गयो ।

    सोलु एफ.एम साउन १५, सोलुखुम्बु ः सोलुदुधकुण्ड नगरपालिका ७ निवासी संजिब भुजेलको ट्रेकिङको क्रममा मृत्यु भएको छ । बिदेशी पर्यटक सहित चिनको तिब्बत ट्रेकिङ गएका २३ बर्षिया भुजेलको लेक लागेर मृत्यु भएको छिमेकी भानुभक्त श्रेष्ठले जानकारी दिनुभयो ।  केहि दिन अगाडी आफ्नै बुबा र काकाको साथमा ट्रेकिङ गएका भुजेलको आईतबार राती मृत्यु भएको मृतकका बुबा मानबहादुर भुजेलले जानकारी...

  • news

    अधिनायकबाद तर्फ सरकार अग्रसर भएकाले काग्रेंस सदनदेखी सडक सम्म आउनुप¥यो ः पुर्व मन्त्री केसी ।

    सोलु एफ.एम साउन १५,सोलुखुम्बु ः नेपाली कांग्रेस सोलुखुम्बुले  मङ्गबार सदरमुकाम सल्लेरीमा सरकारविरुद्ध प्रदर्शन गरेको छ । सो अवसरमा नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य बलबहादुर के सी ले सरकार अधिनायकबाद तर्फ अग्रसर भएकाले नेपाली काङ्ग्रस सदनदेखी सडक सम्म आउनुपरेको बताउनुभयो । सोलुखुम्बुमा आयोजित विरोध सभामा सम्बोधन गर्दै पुर्वमन्त्रि समेत रहनुभएका केसीले काङ्ग्रले...

सामाजिक संजाल

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Solududhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org