Tourism



सोलु एफएम- २०६९ सालको असोज र कार्तिक महिनामा मात्रै बिभिन्न देशका १५ हजारभन्दा बढी पर्यटकहरुले खुम्बु क्षेत्रको भ्रमण गरेका छन् ।
सगरमाथा राष्ट्रिय निकुञ्जको तथ्याङ्कअनुसार असोज महिनामा ६ हजार ६ सय ४९ र कार्तिक महिनामा ९ हजार १ सय ५ पर्यटक गरी १५ हजार ७ सय ५४ पर्यटकहरुले भ्रमण गरेका हुन् ।



भोजेन्द्र बस्नेत - सोलुखुम्बुको सदरमुकाम सल्लेरीबाट करिव साढे ३ घण्टा उकालो चढेर रात्नाङ्गे पुगेँ । आँखै अगाडि सगरमाथा उभिएको थियो । चोयु त झनै मलाई छोईहाल्ला जस्तो गरी ।








