ओखलढुङ्गाको मोलुङमा बन्दु,क सहितको श,व भेटियो
लिला सुनुवार, ओखलढुङ्गा ।ओखलढुङ्गाको मोलुङ गाउँपालिका ६ श्रीचौरमा भरुवा बन्दु,क सहित एक जना परुष मृ,त अवस्थामा फेला परेका छन । मोलुङ गाउँपालिका वडा नम्बर ६ मंसिरे निवासी कर्णबहादुर तामाङको ला,स भरुवा बन्दु,क सहित सोमवार बिहान जङ्गलमा फेला परेको इलाका प्रहरी कार्यालय रामपुरका प्रमुख प्रहरी निरीक्षक मनिस लुइँटेलले बताउनु भएको छ ।
घाँस काट्न गएका स्थानीयले श,व देखे पछि प्रहरीलाई खबर गरेका थिए । मृतक तामाङ आइतबार बिहान देखी घरबाट हिँडेको पारिवारिक श्रोतको भनाई रहेको छ । खबर पाउन साथ प्रहरी चौकी श्रीचौरका प्रहरीहरू घटना स्थलमा पुगेका छन ।
थप अनुसन्धानका लागी इलाका प्रहरी कार्यालय रामपुरका प्रमुख प्रहरी निरीक्षक मनिस लुइँटेलको टोली घटना स्थल तर्फ जाँदै गरेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका सूचना अधिकारी प्रहरी निरीक्षक विजय कार्कीले बताएका छन ।
ताजा खबर
सबै- सोलुखुम्बुमा प्रहरीको ७१ औँ स्थापना दिवस, नागरीकको विश्वास जित्न निर्देशन
- नेपाली कांग्रेसको सहमहामन्त्रीमा सोलुका शेर्पा निर्वाचित
- सल्लेरीमा खसीको मासु प्रतिकिलो १२२० सम्म
- नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा प्रकाशसिंह कार्की निर्वाचित
- निम्सदाईको नेतृत्वमा सगरमाथा क्षेत्रमा निर्माण गरिएको लोबुचे पोर्टर हाउसलाई अन्तर्राष्ट्रिय अवार्ड




2026-10-12-03-58-15.jpeg)


