शुक्रबार, ३० असोज, २०८३ (1690222500)
मंगलबार श्रावण ९, २०८०

मन्त्रालयको कार्यसम्पादन सफल भएको छ : निर्वतमान मन्त्री राजभण्डारी

सोलुखुम्बु । कोशी प्रदेशका निवर्तमान सामाजिक विकास मन्त्री बुद्धिकुमार राजभण्डारीले सामाजिक विकास मन्त्रालयको कार्यसम्पादन सफल भएको बताउनुभएको छ । वहाँले सामाजिक विकास मन्त्रालय र पर्यटन मन्त्रालयको पदभार सम्हाल्दा को अनुभव सुनाउँदै आफनो मन्त्रालयको कार्यसम्पादनमा सचिवालय सफल भएको बताउनुभएको हो  ।

सोलु एफ. एम. सँग कुरा गर्दै वहाँले ६ महिनाको अवधिमा धेरै काम गर्न नसकेपनि उपलब्धिमूलक र उल्लेखनीय कामहरु गरेको स्मरण गर्नुभयो । 
आफनो सचिवालयको टिम सक्रिय भएकै कारण सचिवालयको कार्यसम्पादन सफल भएको वहाँको भनाई छ । सामाजिक विकास मन्त्रालय अन्तर्गतका कार्यसम्पादनमा सचिवालय टिमले खेलेको भूमिकाप्रति आफु सन्तुष्ट भएको बताउँदै सचिवालयका सबै सदस्यहरुलाई धन्यवाद व्यत्त गर्नुभयो । 

कुराकानीको क्रममा संघ र प्रदेशबाटै हिमाली साथै दुर्गम जिल्लालाई बजेट विनियोजनका क्रममा उपेक्षा गरिएको कारण आफनो कार्यकालमा दुर्गम जिल्लाहरुलाई बजेट पार्नका लागि पहल गरेको वहाँको भनाई छ । 

निवर्तमान मन्त्री बुद्धी कुमार राजभण्डारी २०७९ पुष २९ गते कोशी प्रदेशको सामाजिक विकास मन्त्रीमा नियुक्त हुनुभएको थियो । निर्वतमान मुख्यमन्त्री हिक्मतकुमार कार्कीले राजभण्डारीलाई २०८० जेठ २३ गते पर्यटन, वन तथा वातावरण मन्त्रीमा नियुक्त गर्नुभएको थियो । 

प्रमुख स्वकिय सचिवमा हर्क बहादुर राई, प्रेस सल्लाहकार नुतन श्रेष्ठ, कम्प्युटर अपरेटर नविन श्रेष्ठ लगायतको टिम वहाँको सचिवालयमा रहनुभएको थियो ।