चियाको चुस्किसंगै कतै कडा बहस त कतै मीठा बात
बजारमा थरी परी चिया अनि कफी । ग्रिन टी, ब्याक टी, मिल्क टी, मड्का चिया, मसाले दार चिया, क्यापाचिनो, अमेरिकानो, एक्प्रेसो ....
चिया र कफीको चुस्किसंगै कतै कडा बहस त कतै दोषारोपण अनि कतै मीठा बात ।
व्यवसायीको उद्देश्य व्यापार बढाउनु हो भने चिया खानेको उद्देश्य पनि आफ्ना आफ्नै ।
चिया गफको अर्थ सुमधुर भेटघाट, बिग्रेका सम्बन्ध फेरि मिलाउनु, यथावत् सम्बन्धलाई अझ कसिलो बनाउनु, नयाँ सम्बन्ध बनाउनु, लेनदेन मिलाउनु, कुर्न, कुराउन अनि टाइम पास ।
राजनीतिक बहस, ठेक्का पट्टाको बहस, लेनदेन नमिलेकोमा दोषारोपण, हार-जितका कुरा, प्रेम अनि बिछोडका कुरा, कार्यक्षेत्र अनुसारको तनावको गफ, पारिवारिक गफ अनि विगत र भविष्यका कुरा । व्यवसायीक घाटा नाफाका कुरा ।
होटेल अनि चियाको प्रकार अनुसार फरक-फरक दाम ।
२० रुपैयाँ कप देखि सुरु भएको चियाले वर्षौँ वर्षसम्मको सम्बन्धलाई प्रगाढ बनाउँदै बाकी समयमा हुने सहकार्यलाई नवीकरण गर्नु पनि हो । कामको निरन्तरता, थाती राख्नुपर्ने काम अनि स्थगित कामहरूको विषयमा जानकारी लिनु दिनु हो ।
चिया खाने कि पिउने भन्ने कुरामा हाँसो पनि हुन्छ । कुन चिया खाने रोजाई पनि आफ्नै ।
चिया गफमा चियाको स्वादको पनि बयान । यद्यपि, बजारमा चियाको आफ्नै सान अनि मान छ । मीठो चिया पाउने ठाउँमा फेरि अर्को चिया गफ गर्ने बाचा गर्दै अन्तिम घुट्की ।

2024-06-29-08-42-35.jpeg)




2026-10-09-08-52-42.jpeg)
.2026-06-23-11-04-44.2026-10-06-10-49-00.jpeg)