शुक्रबार, १२ मङ्सिर, २०८३ (1795716900)
शुक्रबार मङ्सिर १२, २०८३

 हिमालयन डायमण्ड फाउन्डेसनद्वारा टाक्सिन्दु माविका १८५ विद्यार्थी र २२ शिक्षक(कर्मचारीलाई न्यानो ज्याकेट तथा पोशाक वितरण


सोलु दुधकुण्ड नगरपालिका वडा नं  १ स्थित टाक्सिन्दु माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थी तथा शिक्षक–कर्मचारीहरूलाई विद्यालय पोसाक र न्यानो ज्याकेट वितरण गरिएको छ।​हिमालयन डायमण्ड फाउन्डेसन अस्ट्रिया एण्ड नेपालको सहयोगमा मिति २०८३ मङ्सिर १० गते एक औपचारिक कार्यक्रमका बीच उक्त सामग्री वितरण गरिएको हो। फाउन्डेसनका नेपाल निर्देशक चन्द्रश्वोर राई र कोषाध्यक्ष सागर राईको आर्थिक सहयोगमा विद्यालयका १८५ जना विद्यार्थी तथा २२ जना शिक्षक र कर्मचारीहरूलाई पोसाक र न्यानो ज्याकेट प्रदान गरिएको विद्यालयले जनाएको छ।

​वडा नं १ का वडाध्यक्ष छोङ्बा शेर्पाको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, शिक्षक–अभिभावक संघका पदाधिकारी तथा अभिभावकहरूको उपस्थिति रहेको थियो। ​फाउन्डेसनले यसअघिका वर्षहरूमा पनि विद्यालयलाई पोसाक सहयोग गर्दै आएको थियो। कार्यक्रममा बोल्दै फाउन्डेसनका निर्देशक चन्द्रशेर राईले यसै वर्षभित्र विद्यालयको घेराबार निर्माण गरिदिने प्रतिबद्धतासमेत व्यक्त गर्नुभएको विद्यालयका माध्यमिक तहका शिक्षक एवं सूचना अधिकारी शक्ति कुलुङले जानकारी दिनुभयो।