शुक्रबार, १२ मङ्सिर, २०८३ (1795716900)
शुक्रबार मङ्सिर १२, २०८३

रेड पाण्डा म्याराथनको तयारी पुरा, ३ सय धावक सहभागी हुदै ,  अभिनेता दयाहाङ राई सोलुुखुम्बुमा 

सोलुखुम्बु : दुर्लभ वन्यजन्तु रेड पाण्डाको संरक्षण र यसको प्राकृतिक बासस्थानको पुनस्र्थापनाबारे जनचेतना फैलाउने उद्देश्यले सोलुखुम्बुको सल्लेरीमा ‘रेड पाण्डा म्याराथन २०२६’ आयोजना हुने भएको छ । मंसिर १२ गते शनिबार आयोजना हुने म्याराथनको सम्पूर्ण कार्यक्रम बिहान ६ः३० बजेबाट सुरु हुने आयोजकले जनाएको छ । निर्धारित समयअनुसार ४८ किलोमिटर लामो मुख्य म्याराथन दौड बिहान ठीक ७ः०० बजे सुरु हुनेछ भने ५ किलोमिटर दूरीको ‘कम्युनिटी रन’ बिहान ठीक ८ः०० बजे सुरु हुनेछ। आयोजकले सबै सहभागी, स्थानीयवासी तथा सरोकारवालालाई निर्धारित समयमै उपस्थित हुन अनुरोध गरेको छ ।

   प्रतियोगितामा प्रख्यात अभिनेता दयाहाङ राई  तथा रेड पाण्डा नेटवर्कका संरक्षण एम्बासेडर दयाहाङ राईको समेत सोलुखुम्बु आइपुग्नुभएको छ । यस वर्ष स्थानीय समुदाय र सबै उमेर समूहका व्यक्तिको सहभागिता बढाउने उद्देश्यले पहिलोपटक ५ किलोमिटरको कम्युनिटी रन समावेश गरिएको हो। ४८ किलोमिटर लामो मुख्य दौड सल्लेरीस्थित थेकछेन पेमा छोलिङ गुम्बाबाट सुरु भई ४ हजार ५४ मिटर उचाइमा रहेको पिके पिक पुगेर पुनः सुरुवात बिन्दुमै फर्किएर सम्पन्न हुनेछ । कठिन भौगोलिक बनावट र उच्च उचाइका कारण यो प्रतियोगिता साहसिक ट्रेल रनिङका रूपमा समेत महत्वपूर्ण मानिएको छ । आयोजना तथा प्ले फर नेचरको मुख्य आर्थिक सहयोगमा हुने प्रतियोगिताको स्थानीय साझेदार हिमाली स्वास्थ्य तथा वातावरणीय सेवा सोलुखुम्बु रहेको छ । ४८ किलोमिटर तर्फ ४  महिला र २६ जना पुरुषको सहभागी रहने रेडपाण्डा नेटवर्कका म्यानेजर सोनाम टासी लामाले जानकारी दिनभयो । यस्तै ५ किलोमिटरको फन रनका लागि भने २५०  जना भन्दा बढि सहभागी हुदै छन । यसअघि सन् २०२४ मा ताप्लेजुङको पाथीभरा र सन् २०२५ मा इलाममा म्याराथनका दुई संस्करण सम्पन्न भइसकेका छन्। प्रतियोगिताले रेड पाण्डा संरक्षणसँगै सोलुखुम्बुको पर्यटन, प्राकृतिक सम्पदा र साहसिक खेल पर्यटनको अन्तर्राष्ट्रियस्तरमा प्रवद्र्धन गर्ने अपेक्षा गरिएको छ।

४८ किलोमिटर लामो म्याराथन सल्लेरीस्थित थेकछेन पेमा छोलिङ गुम्बाबाट सुरु भई ४ हजार ५४ मिटर उचाइको पिके पिक पुगेर पुनः सुरुवात बिन्दुमै फर्किएर सम्पन्न हुनेछ । समुद्री सतहबाट २ हजार ३ सय ६० मिटर उचाइबाट सुरु हुने दौडमा धावकहरूले २ हजार ८ सय ७२ मिटरभन्दा बढीको उचाइ पार गर्नुपर्नेछ । मुख्य दौड ७ घण्टा ३० मिनेटभित्र पूरा गर्नुपर्नेछ । उक्त ट्रेललाई अन्तर्राष्ट्रिय ट्रेल रनिङ एसोसिएसनले ३ पोइन्ट प्रदान गरेको छ । थानीय समुदाय तथा सबै उमेर समूहका व्यक्तिको सहभागिता प्रोत्साहन गर्न यस वर्ष पहिलोपटक ‘रेड पाण्डा फन रन’ समावेश गरिएको छ । ५ किलोमिटरको फन रनमा अभिनेता तथा रेड पाण्डा संरक्षण एम्बासेडर दयाहाङ राई सहभागीहरूसँगै उपस्थित हुनुहुनेछ  । अघिल्ला संस्करणः सन् २०२४ मा ताप्लेजुङको पाथीभरा र २०२५ मा इलाममा पहिलो र दोस्रो संस्करण सम्पन्न भएका थिए। ती प्रतियोगितामा नेपालका १६ भन्दा बढी जिल्लासहित भारत र जापानका गरी १४० जना धावक सहभागी भएका थिए। हिमाली स्वास्थ्य तथा वातावरणीय सेवा सोलुखुम्बुका अध्यक्ष ङिमा तेण्डुप शेर्पाले वनजंगलमा रहेका अमूल्य प्राकृतिक सम्पदामध्ये रेड पाण्डा पनि एक भएकाले यसको संरक्षण वर्तमान र भावी पुस्ताको साझा जिम्मेवारी भएको बताउनुभएको छ ।