शुक्रबार, १२ मङ्सिर, २०८३ (1795716900)
शुक्रबार मङ्सिर १२, २०८३

प्रहरी उपरीक्षक श्रेष्ठद्वारा जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुको निरिक्षण 

सोलुखुम्बु : नेपाल प्रहरी प्रदेश कार्यालय, धरानका प्रहरी उपरीक्षक बुद्ध श्रेष्ठले जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुको अनुगमन तथा निरीक्षण गर्नुभएको छ । अनुगमनका क्रममा प्रहरी उपरीक्षक श्रेष्ठले जिल्ला प्रहरी कार्यालयअन्तर्गतका अपराध अनुसन्धान शाखा, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र, उजुरी छानबिन शाखा तथा हिरासत कक्षको निरीक्षण गर्नुभएको थियो । 

    निरीक्षणपश्चात् प्रहरी कर्मचारीहरूसँग अन्तरक्रिया गर्दै उहाँले अपराध अनुसन्धानलाई थप प्रभावकारी बनाउने, प्रहरी कर्मचारीको व्यावसायिक क्षमता अभिवृद्धि गर्ने तथा दैनिक कार्यसम्पादनलाई व्यवस्थित र परिणाममुखी बनाउने विषयमा आवश्यक निर्देशन तथा सुझाव दिनुभएको थियो ।   उहाँले प्रहरी सेवालाई थप प्रभावकारी बनाउन जिम्मेवारीपूर्वक कार्यसम्पादन गर्न तथा सेवा प्रवाहमा आवश्यक सुधार गर्दै अघि बढ्न प्रहरी कर्मचारीलाई निर्देशन दिनुभएको थियो । यस किसिमको अनुगमन तथा अन्तरक्रियाले प्रहरी संगठनको कार्यसम्पादनमा सुधार ल्याउनुका साथै प्रहरी कर्मचारीको व्यावसायिक दक्षता अभिवृद्धिमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।