लिखुपिके गाउँपालिकाको सार्वजनिक सुनुवाई सम्पन्न, हालसम्मका उपलब्धिहरू सार्वजनिक
लिखुपिके सोलुखुम्बुः लिखुपिके गाउँपालिकाले पालिका स्तरीय सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । लिखुपिके गाउँपालिकाको पालिका स्तरीय सर्वाजनिक सुनुवाई कार्यक्रममा हालसम्मको उपलब्धि सार्वजनिक गरिएको हो । पालिका अध्यक्ष मिना कार्की बस्नेतको सभापतित्वमा सम्पन्न कार्यक्रममा हालसम्मको सेवा प्रवाह र विकास निर्माण सम्बन्धि छुट्ट छुट्टै प्रगति विवरण पेश गरिएको थियो ।
उक्त सर्वाजनिक सुनुवाई कार्यक्रममा पालिका अध्यक्ष बस्नेतले नागरिकको सहभागिता लोकतान्त्रिक शासन प्रणालीको आधारभूत तत्व भएको उल्लेख गर्दै स्थानीय सरकार जनताको सेवामा निरन्तर क्रियाशील रहेको बताउनुभयो । पालिकाले शिक्षा र स्वास्थ्यलाई उच्च प्राथमिकतामा राखेर काम गरेको भन्दै प्रशासनिक भवन निर्माण र अस्पताल निर्माण रहेको बताउनु भयो ।
पालिका उपाध्यक्ष ङवाङ ल्हाक्पा शेर्पाले आफुहरुले ईमान्दारी पुर्वक काम गरिरहेको भन्दै पालिका पारदर्शी, जबाफदेही र शुसासन कायम गर्न सफल भएको बताउनु भयो । विषयगत शाखा प्रमुखहरुले आ–आफ्नो शाखाको हालसम्मको प्रगति पेश गरेका थिए । आर्थिक प्रशासन शाखा प्रमुख राजकुमार खत्रीले हालसम्मको आय ब्ययको विवरण प्रस्तुत गर्दै चालु र पुँजिगत समेत गरि ५५ प्रतिशत वित्तिय प्रगति भएको जानकारी दिनुभयो । कुल २८ करोड ३६ लाख बजेट मध्ये हालसम्मको चालु तर्फ ६३ प्रतिशत र पुँजिगत ४२ प्रतिशत खर्च भएको लेखा प्रमुख खत्रीको विवरणमा उल्लेख छ ।
कार्यक्रममा पाँचवटै वडाका वडा अध्यक्ष तथा कार्यपालिका सदस्यहरु समेत उपस्थित रहेको थियो । कार्यक्रममा सहभागि जनताहरुले शिक्षा, स्वास्थ्य, कृषि र समसामयीक विषयमा प्रश्न, जिज्ञासा र सुझाब राखेका थिए । नागरिकले उठाएको जिज्ञासा गुनासा लाई गाउँपालिका अध्यक्ष मिना कार्की बस्नेत प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद पराजुलीले जवाफ दिनुभएको थियो कार्यक्रम लिखुपिके गाउँपालिकाको वडा नम्बर १ साफेमा भएको हो ।
ताजा खबर
सबै- रसुवा बाढी : मंगलबार दिउँसोसम्म १०५८ शव भेटिए
- रेड पाण्डा म्याराथन नोभेम्बर २८ मा हुने, विपत्तिका कारण आयोजना मिति सर्यो
- लिखुपिकेको चौलाखर्क स्वास्थ्य चौकीमा अल्ट्रासाउन्ड सेवा थपिँयो , भदौ २३ देखि सञ्चालन हुने
- सल्लेरी च्याल्सा विद्युत कम्पनी सोलुखुम्बुद्वारा बाढीपीडितका लागि प्रधानमन्त्री कोषमा ५ लाख रुपैयाँ सहयोग
- प्रकाश सिंह कार्कीले एक महिनाको तलब विपद् कोषमा दिने







