लुक्लामा सोलुखुम्बु जिल्ला स्तरीय व्याडमिन्टन प्रतियोगिता सम्पन्न
सोलुखुम्बुः खुम्बु पासाङल्हामु गाउँपालिका २ हिमालय क्लब लुक्लाको आयोजनामा सोलुखुम्बु जिल्ला स्तरीय व्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ । हिमालय क्लब लुक्लाको ३५ औं वार्षिकोत्सबको अवसरमा असार ७ र ८ गते दुई दिन संचालन भएको प्रतियोगिता आज सम्पन्न भएको हो ।
प्रतियोगितामा सिंगलतर्फ संयोग बस्नेत प्रथम हुनुभएको छ । यस्तै सगुन कार्की द्दितिय र बुद्धि वीर तामाङ र विभुषण तामाङ तृतीय हुनुभएको जिल्ला ब्याडमिन्टन संघ सोलुखुम्बुका सचिव अर्जुन श्रेष्ठले जानकारी दिनुभयो ।
डबलतर्फ संयोग बस्नेत र सगुन कार्कीको जोडी प्रथम हुनुभएको छ । यसैगरी विभुषण तामाङ र नौवीर राईको जोडी द्दितिय हुनुभयो भने सुभम राई र कुमार सिं राई यस्तै बाबू राम मगर र बुद्दिवीर तामाङको जोडी तृतीय हुनुभएको खुम्बु पासाङल्हामु गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष आङ फूर्वा शेर्पाले जानकारी दिनुभयो । सिंगलतर्फ १५ टिम र डबलतर्फ १० टिमको सहभागिता रहेको थियो ।
प्रतियोगितामा सिंगलतर्फ प्रथम दितिय तृतीय हुने विजयीलाई ..३० हजार, १५ हजार र १० हजार रुपैयाँको पुरस्कार प्रदान गरिएको छ । यस्तै डबलतर्फ प्रथम दितिय र तृतीय हुने विजयीले ५० हजार, ३० हजार र १५ हजार रुपैयाँको साथमा ट्रफि र मेडल र प्रमाणपत्रको प्राप्त गरेका छन ।
कार्यक्रम कोशी प्रदेश सभा सदस्य एवं पूर्वमन्त्री बुद्धि कुमार राजभण्डारीको प्रमुख आतिथ्यता एवं खुम्बु पासाङल्हामु गाउँपालिका अध्यक्ष मिङमा छिरी शेर्पाको सभाध्यक्षमा सप्पन्न भएको हो ।
ताजा खबर
सबै- रसुवा बाढी : मंगलबार दिउँसोसम्म १०५८ शव भेटिए
- रेड पाण्डा म्याराथन नोभेम्बर २८ मा हुने, विपत्तिका कारण आयोजना मिति सर्यो
- लिखुपिकेको चौलाखर्क स्वास्थ्य चौकीमा अल्ट्रासाउन्ड सेवा थपिँयो , भदौ २३ देखि सञ्चालन हुने
- सल्लेरी च्याल्सा विद्युत कम्पनी सोलुखुम्बुद्वारा बाढीपीडितका लागि प्रधानमन्त्री कोषमा ५ लाख रुपैयाँ सहयोग
- प्रकाश सिंह कार्कीले एक महिनाको तलब विपद् कोषमा दिने







