नेचासल्यानमा महिला स्वास्थ्य स्वयंसेविका लक्षित अभिमुखिकरण तालिम
सोलुखुम्बु । नेचासल्यान गाउँपालिकाका महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई लक्षित गरी एक दिवसीय अभिमुखिकरण तालिम सम्पन्न भएको छ। नेचासल्यान गाउँपालिकाको स्वास्थ्य शाखाको आयोजनामा सोमबार भएको कार्यक्रममा पालिका भित्रका ४० जना महिला स्वास्थ्य स्वयंसेविकाको सहभागिता रहेको थियो । तालिममा नसर्ने तथा मानसिक रोग सम्बन्धी महत्वपूर्ण जानकारीहरू प्रदान गरिएको गाउँपालिका स्वास्थ्य शाखाले जनाएको छ ।
कार्यक्रममा गाउँपालिका अध्यक्ष धनजन राईले स्थानीय तहको स्वास्थ्य प्रणालीमा महिला स्वास्थ्य स्वयंसेविकाहरूको योगदान अतुलनीय रहेको बताउँनुहुँदै स्वयंसेविकाहरूको क्षमता विकास गर्न गाउँपालिका तल्लिन रहेको बताउनुभएको छ । यस्ता तालिमहरुका कारण समुदायस्तरमै रोगको पहिचान र रोकथाम गर्न सहयोग पुग्ने वहाको धारणा रहेको छ ।
तालिममा गाउँपालिका भित्रका महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई नसर्ने रोग जस्तै मधुमेह, उच्च रक्तचाप आदि तथा मानसिक स्वास्थ्यका विषयमा आधारभूत ज्ञान साथै, मानसिक स्वास्थ्यसम्बन्धी जनचेतना अभिवृद्धिका लागि डिप्रेसन, तनाव व्यवस्थापन, आत्महत्या निवारण, मनोपरामर्श सेवा र सामाजिक समर्थन प्रणालीबारे विस्तृत रुपमा जानकारी प्रदान गरिएको नेचासल्यान गाउँपालिकामा कार्यरत दुर्योधन राइले जानकारी दिनुभएको छ ।
तालिमको उद्देश्य नसर्ने रोगहरू तथा मानसिक स्वास्थ्यका बारेमा महिला स्वयंसेविकालाई जानकारी प्रदान गर्दै उनीहरूलाई स्थानीय स्तरमै प्रभावकारी सेवा दिन सक्षम बनाउनु रहेको जनाइएको छ । कार्यक्रम नेचासल्यान गाउँपालिकाको सभाहलमा आयोजित गरिएको थियो सहभागी स्वयंसेविकाहरूले तालिम उपयोगी भएको प्रतिक्रिया दिएका छन्।
ताजा खबर
सबै- रसुवा बाढी : मंगलबार दिउँसोसम्म १०५८ शव भेटिए
- रेड पाण्डा म्याराथन नोभेम्बर २८ मा हुने, विपत्तिका कारण आयोजना मिति सर्यो
- लिखुपिकेको चौलाखर्क स्वास्थ्य चौकीमा अल्ट्रासाउन्ड सेवा थपिँयो , भदौ २३ देखि सञ्चालन हुने
- सल्लेरी च्याल्सा विद्युत कम्पनी सोलुखुम्बुद्वारा बाढीपीडितका लागि प्रधानमन्त्री कोषमा ५ लाख रुपैयाँ सहयोग
- प्रकाश सिंह कार्कीले एक महिनाको तलब विपद् कोषमा दिने







