सोमबार भदौ १६, २०८२
हुँगा खोलामा आएको बाढीले बेलिब्रिज र हाईड्रोको निर्माण सामाग्रीमा क्षेती
सोलुखुम्बुः सोलुखुम्बुको महाकुलुङ गाउँपालिकाको ३ र ४ हुँदै बहने हुँगा खोलामा निर्माणाधिन २२ मे. क्षेमताको ‘मिड हुँगा खोला ए’ को काम लागी राखिएको बेलिब्रिज र हाईड्रोसामाग्री बगाएको छ । आज सोमबार विहान एक्कारी वर्षासँगै आएको बाढीले उक्त क्षति पुरयाएको हो ।
एपेक्स मकालु हाईड्रोपावर कम्पनिले निर्माणका लागि खोलामा बनाउदै गरेको बेलिब्रिजको वारी पारी दुबै तर्फको बेस बगाएको जिल्ला प्रहरी कार्यायल सोलुखुम्बुका सुचना अधिकारी प्रहरी निरीक्षक विकास राईले जानकारी दिनुभयो ।
निरीक्षक राईका अनुसार खोला छेउमा राखीएको निर्माण सामाग्री रेडिउसर पाइप थान–२, एम एस पाईप थान–५, सुरुङ भित्र ड्रील गर्ने बुमर मेसिन थान–१ र सुरुङ भित्र ओछ्याउने करिब ५०० मिटर अर्थिङ प्लेट बगाएको छ । उक्त घटनामा मानवीय क्षति भने नभएको बुझिएको छ।
ताजा खबर
सबै- रसुवा बाढी : मंगलबार दिउँसोसम्म १०५८ शव भेटिए
- रेड पाण्डा म्याराथन नोभेम्बर २८ मा हुने, विपत्तिका कारण आयोजना मिति सर्यो
- लिखुपिकेको चौलाखर्क स्वास्थ्य चौकीमा अल्ट्रासाउन्ड सेवा थपिँयो , भदौ २३ देखि सञ्चालन हुने
- सल्लेरी च्याल्सा विद्युत कम्पनी सोलुखुम्बुद्वारा बाढीपीडितका लागि प्रधानमन्त्री कोषमा ५ लाख रुपैयाँ सहयोग
- प्रकाश सिंह कार्कीले एक महिनाको तलब विपद् कोषमा दिने







