एभरेष्ट दुधकोशी कल्चरल ट्रेलको औपचारिक शुरुवात
सोलुखुम्बु — माप्य दुधकोशी गाउँपालिकाले बिगत लामो समयदेखि पर्यटन क्षेत्रको विकासलाई लक्षित गरी खोज अनुसन्धान गर्दै आएको एभरेष्ट दुधकोशी कल्चरल ट्रेल को औपचारिक शुरुवात गरिएको छ । सोमबार काठमाडौँमा आयोजित एक विशेष कार्यक्रममा प्रमुख अतिथि रक्षा मन्त्री मानवीर राईले ५ देखि ९ दिन अवधिको ट्रेल सम्बन्धी वृत्तचित्र, नक्सा (म्याप), आइटेनरी तथा विभिन्न प्रचार–प्रसार सामग्रीहरू सार्वजनिक गर्दै ट्रेलको उद्घाटन गर्नुभएको हो ।
गाउँपालिकाले सो ट्रेललाई सांस्कृतिक र प्राकृतिक आकर्षणसहितको विशेष पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने लक्ष्य लिएको जनाएको छ । २ सय भन्दा बढि ट्रेकिङ कम्पनी, ट्रेकिङ गाइड, सम्बद्ध निकायका प्रतिनिधि, पर्यटकीय सङ्घसंस्था तथा पत्रकारहरूको उपस्थितिमा पदमार्ग लन्च गरिएको गाउपालिका उपाध्यक्ष गौरव राइले जानकारी दिनुभयो ।
कार्यक्रमलाई सम्बोधन गर्दै रक्षामन्त्री राईले स्थानीय तह सरकारले सुरुवात गरेको यो कार्यमा आफ्नो तर्फबाट आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै सहकार्य गर्नका लागि सबैलाई आह्वानसमेत गर्नुभयो । सम्बद्ध पर्यटकीय संघसंस्थाका नेतृत्व तथा प्रतिनिधि, पर्यटन व्यवसायी तथा सरोकारवालाहरुको उपस्थितिमा आयोजित उक्त कार्यक्रममा बोल्ने वक्ताहरुले यो नयाँ पदमार्गलाई दीर्घकालिन रुपमा सञ्चालन गर्नका लागि समयसापेक्ष मार्केटिङ तथा ब्राण्डिङ गर्नुपर्ने सुझाव दिएका छन् ।
सिलगुढी डाँडाबाट सुरु हुने पदमार्ग घुम्नेमेरा, कुधम डाँडाबाट लालिगुराँसको बगैँचा तथा सुन्दर प्राकृतिक भ्यु पोइन्ट र जङ्गलहरू छिचोल्दै योतेल्म्य पर्यटन सेल्टर, राप्छा, बासा, खास्ताप, जुभिङ, वाकु हुँदै काँकुलाई समेत समेटिएको छ । यसमार्फत स्थानीय सांस्कृतिक सम्पदा, प्राकृतिक दृश्यावलोकन र साहसिक यात्रालाई प्रवद्र्धन गर्ने उद्देश्य रहेको आयोजकले जानकारी दिएको छ । ट्रेकिङ एजेन्सीज एशोसिएसन अफ नेपाल (टान) का महासचिब सोनाम ग्याल्जेन शेर्पाले स्वागत मन्तव्य व्यक्त गरेको सो कार्यक्रममा मन्त्री राईसहित नेपाल पर्यटन बोर्डका सीइओ दिपक राज जोशी, टानका अध्यक्ष सागर पाण्डे, वरिष्ठ उपाध्यक्ष कर्मा शेर्पा, पूर्ब अध्यक्ष खुम सुवेदी, पूर्ब प्रथम उपाध्यक्ष चोलेन्द्र कार्की, पर्यटन बोर्डका निर्देशक हिमाल गौतम, शेर्पा पर्यटन ब्यबसायी संघका अध्यक्ष पासाङ शेर्पा लगायत पर्यटन ब्यबसायी र सोलुखुम्बु जिल्लाका राजनीतिकर्मीहरुको उपस्थिति रहेको थियो ।
ताजा खबर
सबै- रसुवा बाढी : मंगलबार दिउँसोसम्म १०५८ शव भेटिए
- रेड पाण्डा म्याराथन नोभेम्बर २८ मा हुने, विपत्तिका कारण आयोजना मिति सर्यो
- लिखुपिकेको चौलाखर्क स्वास्थ्य चौकीमा अल्ट्रासाउन्ड सेवा थपिँयो , भदौ २३ देखि सञ्चालन हुने
- सल्लेरी च्याल्सा विद्युत कम्पनी सोलुखुम्बुद्वारा बाढीपीडितका लागि प्रधानमन्त्री कोषमा ५ लाख रुपैयाँ सहयोग
- प्रकाश सिंह कार्कीले एक महिनाको तलब विपद् कोषमा दिने







