मनसुनजन्य विपद् प्रतिकार्य :सुरक्षा निकाय र सरकारी संयन्त्र उच्च सतर्कतामा
देशभर मनसुनी प्रणाली सक्रिय बनेर मौसम थप प्रतिकूल हुने अनुमानसँगै सरकारी संयन्त्रहरू उच्च सतर्कतामा रहेका छन् । सशस्त्र प्रहरी बलले जोखिमयुक्त ठाउँहरूको पहिचान गरी देशका ५४ ठाउँमा अस्थायी मनसुन प्रतिकार्य बेस र १६ स्थायी विपद् व्यवस्थापन बेस स्थापना गरेको छ । सूचना तथा उद्धारका लागि ‘एपीएफ कम्युनिटी अलर्ट सिस्टम’ एप र १११४ हटलाइन सेवा सञ्चालनमा ल्याइएको छ ।
नेपाली सेनाले पनि तीन चरणको विशेष पूर्वतयारी कार्ययोजना अघि सारेको छ । धादिङ, चितवन र बारामा बेलिब्रिज स्ट्यान्डबाई राखिएका छन् भने इटहरी र सुर्खेतमा हेलिकप्टर पूर्वतैनाथ गरेको छ । सेनाका प्रवक्ता राजाराम बस्नेतका अनुसार सामुदायिक स्वयंसेवक परिचालनमार्फत विपद् प्रतिकार्यलाई थप प्रभावकारी बनाउने लक्ष्य रहेको छ । सरोकारवाला निकायहरूले नागरिकलाई मौसम पूर्वानुमान गम्भीरतापूर्वक पालना गर्न र विपद्का घटना भएमा नजिकको प्रहरी वा स्थानीय विपद् व्यवस्थापन समितिमा तुरुन्तै जानकारी गराउन अनुरोध गरेका छन् ।
पूर्वाधार विकास समितिका सभापति एवम् सांसद आशिष गजुरेलले नेपालको छरिएको बस्ती संरचनाका कारण विपद् व्यवस्थापन चुनौतीपूर्ण रहेको बताउँदै पालिकालाई थप सक्रिय र स्रोत–साधनयुक्त बनाउनुपर्ने बताउनुभयो । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार गएको वैशाखयता बाढीका कारण ६ जनाको ज्यान गएको छ । त्यस्तै हावाहुरीका कारण १३, पहिरोमा परी ५ र अत्यधिक वर्षाले ३ जनाको ज्यान गएको प्राधिकरणले जनाएको छ । प्राधिकरणले आज र भोलि केही ठाउँमा मुसलधारे वर्षाको सम्भावना रहेको भन्दै उच्च सतर्कता अपनाउन भनेको छ ।
ताजा खबर
सबै- रसुवा बाढी : मंगलबार दिउँसोसम्म १०५८ शव भेटिए
- रेड पाण्डा म्याराथन नोभेम्बर २८ मा हुने, विपत्तिका कारण आयोजना मिति सर्यो
- लिखुपिकेको चौलाखर्क स्वास्थ्य चौकीमा अल्ट्रासाउन्ड सेवा थपिँयो , भदौ २३ देखि सञ्चालन हुने
- सल्लेरी च्याल्सा विद्युत कम्पनी सोलुखुम्बुद्वारा बाढीपीडितका लागि प्रधानमन्त्री कोषमा ५ लाख रुपैयाँ सहयोग
- प्रकाश सिंह कार्कीले एक महिनाको तलब विपद् कोषमा दिने







