आइतबार कार्तिक १६, २०८३
अर्नब चक्रवातको प्रभाव हट्यो, आजदेखि मौसममा सुधार
‘अर्नब’ चक्रवातको प्रभावका कारण गएको बिहीवारदेखि देशका धेरै ठाउँमा लगातार वर्षा र झरी परेकोमा हिजो बेलुकीदेखि वर्षा रोकिएको छ । हिजो दिनभर परेको वर्षा बेलुकी क्रमशः कम हुँदै गएको हो । गएराति काठमाण्डौ उपत्यका आसपासका एक÷दुई ठाउँमा छिटपुट वर्षा भए पनि देशका धेरैजसो ठाउँबाट अर्नब चक्रवातको प्रभाव हटेको जल तथा मौसम पूर्वनुमान महाशाखाको भनाइ छ ।
आजदेखि देशभरको मौसममा सुधार आउनेछ । यद्यपि, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी एक÷दुई ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।त्यस्तै, तराईका क्षेत्र, उपत्यका तथा खोँचहरूमा बिहानको समयमा केही ठाउँमा हुस्सु तथा कुहिरो लाग्ने अनुमान छ । वर्षा रोकिएसँगै मौसममा सुधार आए पनि काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा चिसो बढेको छ ।
ताजा खबर
सबै- सोलुखुम्बुमा उद्योग प्रवद्र्धनका उपायबारे छलफल
- कारागार सोलुखुम्बुलाई श्रम संस्कृति पार्टीद्वारा पुस्तक प्रदान
- चम्पादेवीको ह्याट्रिक, देण्डी शेर्पा स्मृति कपको उपाधि चम्पादेवी पलापुलाई
- श्रम संस्कृति पार्टीे सोलुखुम्बुले तिव्रता दियो संगठन विस्तारलाई
- सोलुखुम्बुमा घरकै आगनमा भालुको आक्रमण, एक जना घाईते

2020-04-18-03-21-56.2026-11-02-04-46-43.jpeg)




