सोमबार कार्तिक १७, २०८३
सोलुखुम्बुमा घरकै आगनमा भालुको आक्रमण, एक जना घाईते
सोलुखुम्बु: सोलुखुम्बुको सोलु दुधकुण्ड नगरपालिका ६ मा भालुको आक्रमणबाट एक जना घाईते भएका छन् । नगरपालिकाको वडा नम्बर ६ दोर्पु आज दिउँसो करिब ३ बजे आफ्नै घरको आगनमा भालुले आक्रमण गरेर घाइते बनाएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका सूचना अधिकारी मौसम तामाङले जानकारी दिनुभयो ।
भालुको आक्रमणबाट ७० वर्षीय निरकाजी मगर गम्भिर घाइते हुनुभएको छ । उहाँको, दाहिने हात, टाउँको र पेटमा गम्भिर चोट लागेको छ । स्वास्थ्य चौकी दोर्पुमा प्रारम्भिक उपचार पश्चात थप उपचारका लागि जिल्ला अस्पताल फाप्लु लगिएको छ ।
ताजा खबर
सबै- सोलुखुम्बुमा उद्योग प्रवद्र्धनका उपायबारे छलफल
- कारागार सोलुखुम्बुलाई श्रम संस्कृति पार्टीद्वारा पुस्तक प्रदान
- चम्पादेवीको ह्याट्रिक, देण्डी शेर्पा स्मृति कपको उपाधि चम्पादेवी पलापुलाई
- श्रम संस्कृति पार्टीे सोलुखुम्बुले तिव्रता दियो संगठन विस्तारलाई
- सोलुखुम्बुमा घरकै आगनमा भालुको आक्रमण, एक जना घाईते






