सोताङ प्राथमिक अस्पतालद्वारा सामाजिक सञ्जालमा सार्वजनिक विषयप्रति स्पष्टीकरण, चिकित्सकको व्यवहारप्रति क्षमा याचना
सोलुखुम्बु : सोताङ गाउँपालिकास्थित सोताङ प्राथमिक अस्पतालले विगत केही दिनदेखि सामाजिक सञ्जालमा सार्वजनिक भएको एक घटनाको विषयलाई लिएर आफ्नो आधिकारिक स्पष्टीकरण पत्र जारी गरेको छ । अस्पताल प्रशासनले उक्त घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै वास्तविकता सार्वजनिक गरेको हो।
अस्पताल प्रशासनद्वारा जारी विज्ञप्ति अनुसार, खगेन्द्र राई नाम गरेका एक सेवाग्राही हातमा चोट लागेर अस्पताल आइपुगेका थिए। ओपिडी (इएम्) टिकट काटेपछि चोटको प्रकृति हेरी ड्युटीमा रहेका कर्मचारीले उनलाई आकस्मिक कक्षमा जान सुझाव दिएका थिए।
त्यसपछि राई इमर्जेन्सी कक्षमा बसिरहेको अवस्थामा चिकित्सक उक्त कोठामा प्रवेश गरेका थिए। सोही समयमा इमर्जेन्सी कक्षभित्र एक जना महिला बिरामीको पनि उपचार र जाँच भइरहेको थियो। महिला बिरामीको गोपनीयता र संवेदनशीलतालाई ध्यानमा राख्दै चिकित्सकले खगेन्द्र राईलाई केही समयका लागि कक्षाबाहिर बसिदिन अनुरोध गरेका थिए। तर, सोही क्रममा चिकित्सकले प्रयोग गरेको भाषा र प्रस्तुतिप्रति असन्तुष्टि जनाउँदै राई उक्त कक्षबाट बाहिरिएको अस्पतालले स्पष्ट पारेको छ ।
अस्पताल प्रशासनले उक्त घटनामा चिकित्सकले प्रयोग गरेको भाषा तथा व्यवहारबाट सेवाग्राही राईलाई पर्न गएको पीडा तथा दुःखप्रति आधिकारिक रूपमा क्षमा मागेको छ । आगामी दिनमा स्वास्थ्य सेवा प्रवाहका क्रममा सेवाग्राहीसँग गरिने बोलीवचन र व्यवहारलाई थप मर्यादित, शिष्ट तथा सेवाग्राहीमैत्री बनाउन अस्पताल प्रशासनले आवश्यक सुधार गर्ने प्रतिबद्धता समेत व्यक्त गरेको छ ।
स्वास्थ्य सेवा प्रवाहका क्रममा सेवाग्राहीको संवेदनशीलता, गोपनीयता र मर्यादालाई उच्च प्राथमिकता दिनुपर्ने भन्दै अस्पतालमा कार्यरत सम्पूर्ण स्वास्थ्यकर्मी तथा कर्मचारीहरूलाई थप संवेदनशील, जिम्मेवार र सेवामुखी भएर कार्य गर्न अस्पताल प्रशासनले निर्देशन दिएको छ । यस घटनालाई लिएर सामाजिक सञ्जालमा विभिन्न टिकाटिप्पणी भइरहेको सन्दर्भमा अस्पतालले अनर्गल, भ्रामक तथा अपुष्ट प्रचारप्रसार नगर्न र घटनाको वास्तविकता बुझेर मात्र आफ्नो धारणा व्यक्त गर्न सम्पूर्णमा हार्दिक अनुरोध गरेको छ । साथै, अस्पतालबाट सेवा लिने क्रममा कुनै किसिमको असहजता वा गुनासो भएमा सोझै सोताङ गाउँपालिकाको स्वास्थ्य शाखासमक्ष आफ्नो गुनासो राख्न समेत अस्पताल प्रशासनले आग्रह गरेको छ ।
ताजा खबर
सबै- सोताङ प्राथमिक अस्पतालद्वारा सामाजिक सञ्जालमा सार्वजनिक विषयप्रति स्पष्टीकरण, चिकित्सकको व्यवहारप्रति क्षमा याचना
- सोलुदुधकुण्ड नगरपालिकाद्वारा ब्याकहो लोडर र स्काभेटर भाडामा लिन दरभाउ पत्र आह्वान
- एनपीएलमा आज लुम्बिनी र जनकपुर तथा विराटनगर र काठमान्डु भिड्ने
- आज र भोलि सुन र चाँदीका सिक्का किन्न पाइने
- नागरिकले प्रहरीसँग भरोसा गरून्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : आईजीपी केसी
.2026-10-28-06-32-32.2026-11-05-05-51-39.jpeg)
2026-11-05-07-40-23.jpeg)





