एनपीएलको उपाधिका लागि आज लुम्बिनी र सुदूरपश्चिम खेल्दै
तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को उपाधिका लागि आज लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स खेल्दैछन् । यो खेल त्रिवि अन्तराष्ट्रिय क्रिकेट रङ्गशालामा बेलुका ५ बजे शुरु हुनेछ । यसअघि दोस्रो संस्करणमा पनि सुदूरपश्चिम र लुम्बिनीले फाइनल खेलेका थिए । अघिल्लो पटक सुदूरपश्चिमलाई ६ विकेटले हराउँदै लुम्बिनीले पहिलो उपाधि जितेको थियो । लुम्बिनीलाई लगातार दोस्रोपटक एनपीएलको उपाधि जित्ने मौका छ ।
त्यस्तै लगातार तेस्रो पटक फाइनल खेल्न लागेको सुदूरपश्चिमका लागि पहिलो पटक उपाधि जित्ने अवसर छ । अस्ति बिहीबार भएको दोस्रो क्वालिफायरमा सुदूरपश्चिमले चितवन राइनोजलाई ३ विकेटले हराउँदै फाइनलमा पुगेको हो । पहिलो क्वालिफायरमा सुदूरपश्चिम लुम्बिनीसँग ६ विकेटले पराजित भएको थियो । त्यस्तै लिग चरणको पहिलो खेलमा पनि सुदूरपश्चिमले लुम्बिनीसँग ७ विकेटको हार बेहोरेको थियो । लगातार तेस्रोपटक फाइनल खेल्ने सुदूरपश्चिम एक्लो टोली हो । सुदूरपश्चिम पहिलो संस्करणमा जनकपुर बोल्ट्ससँग फाइनलमा ५ विकेटले पराजित भएको थियो ।
तेस्रो संस्करणको उपाधि विजेता टोलीले एक करोड ५० लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ । त्यस्तै व्यक्तिगत पुरस्कारको प्रतिस्पर्धा पनि रोचक बनेको छ । सर्वोत्कृष्ट नेपाली खेलाडीले कार तथा उदीयमान खेलाडीले मोटरसाइकल प्राप्त गर्नेछन् । गएको कात्तिक ९ गतेदेखि शुरु भएको एनपीएलको तेस्रो संस्करण आज सकिंदैछ । यो संस्करणमा अम्पायरको निर्णय चित्त नबुझेमा वा गलत भएजस्तो लागेमा त्यसलाई रिभ्यू गर्ने प्रविधि अर्थात् डीआरएसको प्रयोग अनि आईसीसीबाट प्राप्त मान्यता महत्वपूर्ण र चर्चाका विषय बनेका छन् । यसपटक विदेशी खेलाडीहरु डेभिड मिलर, डेभिड वार्नर, आन्द्रे रसेललगायतको सहभागिता एनपीएललाई विशेष बनाउन महत्वपूर्ण रह्यो ।
ताजा खबर
सबै- प्रहरी उपरीक्षक श्रेष्ठद्वारा जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुको निरिक्षण
- रेड पाण्डा म्याराथनको तयारी पुरा, ३ सय धावक सहभागी हुदै , अभिनेता दयाहाङ राई सोलुुखुम्बुमा
- हिमालयन डायमण्ड फाउन्डेसनद्वारा टाक्सिन्दु माविका १८५ विद्यार्थी र २२ शिक्षक(कर्मचारीलाई न्यानो ज्याकेट तथा पोशाक वितरण
- रामेछाप हुँदै सगरमाथा आधारशिविर जोड्ने सडक निर्माणका लागि ५ अर्ब बजेट सुनिश्चित
- माप्य दुधकोशीका २ आगलागीबाट १ करोड बढिको क्षति







