सोलुखुम्बुमा कोरोना संक्रमितको संख्या १ सय ४७ पुग्यो
सोलुखुम्बु : सोलुखुम्बुमा कोरोना संक्रमितको संख्या करिब डेढ सय पुगेको छ । जिल्लामा १ हजार ६ सय ३१ जनाको पिसिआर गरिएकोमा १ सय ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय सोलुखुम्बुले जनाएको छ ।
कार्यालयका कोरोना फोकल पर्सन राम कुमार विश्वकर्माका अनुसार जस मध्ये १३ जना आईसोलेसनमा छन् भने १३४ जना कोरोना मुक्त भएका छन् । हाल उपचार गराईरहेका संक्रमितमा तीन जना जिल्ला अस्पताल फाप्लुको आईसोलेसन तथा १० जना काठमाण्डौको होटल आईसोलेसनमा रहेका छन् ।
कुल संक्रमितको संख्या मध्ये ३२ जना जिल्ला स्वास्थ्य कार्यालय मार्फत स्वाब पठाएका ब्याक्ति हुन् भने ११५ जना पालिका र हाईड्रोपावरहरुबाट स्वाब संकलन गरिएका ब्याक्तिहरु रहेको स्वास्थ्य कार्यालयले जनाएको ।
नेपालमा सोमबार २६ सय बढी संक्रमित थपिए
नेपालमा सोमबार २५ सय बढीमा कोरोना भाईरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ११ हजार एक सय ७७ जनाको नमुना परीक्षण गर्दा २ हजार ५ सय ७१ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यससँगै नेपालमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या १ लाख ९७ हजार २४ पुगेको छ ।
त्यस्तै १ हजार सात सय ९८ जना निको भएर फर्किएसँगै डिस्चार्ज हुनेको सङ्ख्या एक लाख ५९ हजार सात सय २४ पुगेको छ । अब नेपालमा ३६ हजार एक सय ७४ जना सक्रिय सङ्क्रमित आइसोलेशनमा छन् भने ९ सय ६७ जना क्वरेण्टीनमा रहेको मन्त्रालयले जनाएको छ ।
यस्तै गएको २४ घण्टा भित्र १८ जनाको ज्यान गएसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या १ हजार १ सय २६ पुगेको छ ।
सम्बन्धित खवर
ताजा खबर
सबै- रसुवा बाढी : मंगलबार दिउँसोसम्म १०५८ शव भेटिए
- रेड पाण्डा म्याराथन नोभेम्बर २८ मा हुने, विपत्तिका कारण आयोजना मिति सर्यो
- लिखुपिकेको चौलाखर्क स्वास्थ्य चौकीमा अल्ट्रासाउन्ड सेवा थपिँयो , भदौ २३ देखि सञ्चालन हुने
- सल्लेरी च्याल्सा विद्युत कम्पनी सोलुखुम्बुद्वारा बाढीपीडितका लागि प्रधानमन्त्री कोषमा ५ लाख रुपैयाँ सहयोग
- प्रकाश सिंह कार्कीले एक महिनाको तलब विपद् कोषमा दिने





