स्रोत साधनकै अभावमा संक्रमितको मृत्यु भएको छ : नि.प्रमुख शेर्पा
हिमाली जिल्ला सोलुखुम्बुको विभिन्न गाउँबस्तीमा कोरोना संक्रमण फैलिएको छ । समुदायस्तरमानै कोरोना फैलिएको पुष्टि भएको छ । अहिले जिल्लामा संक्रमितको संख्या ७ सयबाट उकालो लाग्दै छ भने मृतकको संख्या पनि ६ पुगेको छ ।
ती मध्ये केहीको त थप उपचारको लागि लैजादै गर्दा बाटोमानै मृत्यु भएको छ भने दुई जनाको जिल्ला अस्पताल फाप्लुमा । संक्रमितको मृत्युको मुख्य कारण लगायतको विषयमा जिल्ला अस्पताल फाप्लुकी निमित्त प्रमुख शानी शेर्पासंग सहकर्मी सुबास दर्नालले यीनै विषयमा केन्द्रित रहेर गरेको कुराकानी यहाँ प्रस्तुत गरिएको छ ।
जिल्ला अस्पताल फाप्लुमा अहिले कुन प्रकृतिका संक्रमितहरुले उपचार सेवा पाईरहेका छन् ?
अक्सिजन नपाउँने पनि हुन्छ । अक्सिजन नभएकाहरुलाई हामीले आईसोलेशनमा बस्नका लागि घरमा पठाउँने ब्यवस्था गरेका छौँ । अनि कसैलाई त अक्सिजन चाहिने तर काउन्टथेटरबाट नहुने र सिलिन्डरबाट दिनुपर्नेहरु ५ लिटरभन्दा माथिका अक्सिजन दिनुपर्ने केसहरु आउँछन् । त्यस्तो सम्मलाई चै हामी म्यानेज गरेर सेवा दिईरहेका छौ ।
कस्तोे बिरामीलाई बाहिर रेफर गर्नुहुन्छ ?
हामीले अक्सिजन सिलिन्डरबाट दिदा नि उनीहरुको अक्सिजन लेभल मेन्टेन नहुने र फोक्सोमा धेरै असर भईसकेकालाई रेफर गर्छौैं ।
जिल्लाबाट अधिकांश बिरामी मिसन अस्पताल रेफर गरिन्छ, त्यहाँ र यहाँ पाउने पाउने सेवामा के भिन्नता छ ?
फाप्लु अस्पतालमा अक्सिजन सिलिण्डरमा छ र यो सिमित मात्रामा छ । भरेर ल्याएको सिलिन्डरबाट हामीले असक्सिजन दिइरहेका हुन्छौं । अब त्यो भरेर ल्याएको सिल्डिरबाट चै एउटै ब्यक्तिलाई २४ घण्टा राख्दा १५–२० वटा खर्च भएर जान्छ । मिसनमा चै अक्सिजन प्लान्ट छ । त्यसैले त्याहाँ अक्सिजन नियमित दिदा पनि कुनै समस्या हुँदैन त्यसैले हामीले यहाँबाट मिसन अस्पताल रेफर गर्छौं । अन्यथा आईसीयू भेन्टिलेटरकै आवश्यकता पर्ने बिरामीलाई हामीले प्रदेश १ को विराटनगर पठाउँछौ ।
मिसनमै रेफर गर्नुको मुख्य उदेश्य र कारण ठ्याक्कै के हो ?
मिसन रेफर गर्नुको मुख्य उदेश्य नै अक्सिजनको सहजताको लागि मात्रै नै हो । भेन्टिलेटरमै राख्नु पर्ने अवस्था भएमा काठमाडौं लगायत अन्य ठाउँमा रेफर गर्छौं । प्रदेश नं. १ को बिराटनगरमा समन्वय गरेर बिराटनगरमा पठाउँछौं । भने बिरामीहरुले आफैले आईसीयूको बेडहरु खोजेर काठमाडौं लान चहानुहुन्छ भने त काठमाडौंनै पठाउने गरेका र्छौं ।
केही बिरामीको बाटोमानै ज्यान गएको छ, यसको मतलब हामीले अन्तिम अवस्थामा मात्रै रेफर गर्छौ हैन त ?
त्यसमा चै अस्पतालमा आउँदा नै बिरामीको अन्तिम अवस्था हुन्छ, त्यसैले यो भन्न सक्छौ कि अन्तिम अवस्थामै पुगेपछि यहाँबाट रेफर हुन्छ ।
अस्पताल मै आएका संक्रमितको मृत्यु हुनुको मुख्य कारण चाही के हो ?
अस्पतालमा उपयुतm श्रोत साधनहरु संगै आईसीयूको ब्यवस्था नभएको कारणले धेरै ज्यानको मृत्यु भईरहेको हुन्छ । यि सेवा उपलब्ध हुने हो भने मात्रै पनि जिल्लामानै हामीले धेरैको ज्यान बचाउन सक्छौ ।
ताजा खबर
सबै- रसुवा बाढी : मंगलबार दिउँसोसम्म १०५८ शव भेटिए
- रेड पाण्डा म्याराथन नोभेम्बर २८ मा हुने, विपत्तिका कारण आयोजना मिति सर्यो
- लिखुपिकेको चौलाखर्क स्वास्थ्य चौकीमा अल्ट्रासाउन्ड सेवा थपिँयो , भदौ २३ देखि सञ्चालन हुने
- सल्लेरी च्याल्सा विद्युत कम्पनी सोलुखुम्बुद्वारा बाढीपीडितका लागि प्रधानमन्त्री कोषमा ५ लाख रुपैयाँ सहयोग
- प्रकाश सिंह कार्कीले एक महिनाको तलब विपद् कोषमा दिने







