लिखुपिके १ गोलीमा स्थानीय स्रोतबाटै साबुन उत्पादन सुरु
सोलुखुम्बु । लिखु पिके गाउँपालिका वडा नम्बर १ गोलीमा स्थानीय स्रोत साधनबाट साबुन उत्पादन सुरु गरिएको छ । उद्यम विकास शाखा लिखुपिकेको आयोजना तथा गरिबी निवारणको लागि लघु उद्यम विकास कार्यक्रम (मेड्पा)को आर्थिक सहयोगमा स्थानीय स्तरको कच्चा पदार्थबाट साबुन उत्पादन सुरु गरिएको हो ।
परम्परादेखि स्थानीयले तीतेपातीलाई जडीबुटीका रूपमा प्रयोग गर्दै आए पनि यसलाई सदुपयोग गर्न अन्य संस्थाको सहकार्यमा गाउँपालिकाले साबुन उत्पादन गर्न थालेको लिखु पिके गाउँपालिकाकी अध्यक्ष मिना कार्की बस्नतेले सोलु एफ।एमलाई जानकारी दिनुभयो । ग्रामीण भेगमा प्रशस्तै मात्रामा पाइने तीतेपाती, मह, दूध, स्याउ, सुन्तला, लालीगुराँस प्रयोग गरेर अर्ग्यानिक साबुन उत्पादन थालिएको उहाँको भनाई छ ।
सोलु एफ.एम. सँग कुराकानी गर्दै अध्यक्ष बस्नेतले गाउँमै पाइने तीतेपाती र अन्य कच्चापदार्थबाट साबुन उत्पादन गर्न सकेमा रोजगारी सिर्जना हुने र आयआर्जन पनि सहज रूपमा गर्न सकिने उल्लेख गर्नुभयो ।
गाउँपालिका क्षेत्रमा पाइने कच्चापदार्थ प्रयोग गरेर साबुन उत्पादन गर्न सकिने प्रचुर सम्भावना रहेको र त्यसको लागि अहिले उत्पादन भएका साबुनको गुणस्तर परीक्षणको काम भइरहेको बताउनुभयो । गुणस्तर परीक्षण पछि गाउँपालिकाले साबुन उत्पादनलाई व्यावसायिक रूपमै अगाडि बढाउने लक्ष्य रहेको उहाँको भनाई छ ।
लिखु पिके गाउँपालिकाको वडा नम्बर १ मा साबुन निमार्ण तालिमका लागि काठ्माडौँबाट दक्ष प्रशिक्षक ल्याई १५ जना स्थानीयलाई ५ दिने तालिम समेत प्रदान गरिएको गाउँपालिकाले जनाएको छ ।
ताजा खबर
सबै- रसुवा बाढी : मंगलबार दिउँसोसम्म १०५८ शव भेटिए
- रेड पाण्डा म्याराथन नोभेम्बर २८ मा हुने, विपत्तिका कारण आयोजना मिति सर्यो
- लिखुपिकेको चौलाखर्क स्वास्थ्य चौकीमा अल्ट्रासाउन्ड सेवा थपिँयो , भदौ २३ देखि सञ्चालन हुने
- सल्लेरी च्याल्सा विद्युत कम्पनी सोलुखुम्बुद्वारा बाढीपीडितका लागि प्रधानमन्त्री कोषमा ५ लाख रुपैयाँ सहयोग
- प्रकाश सिंह कार्कीले एक महिनाको तलब विपद् कोषमा दिने







