३२ जना फरार प्रतिवादी पक्राउ
सोलुखुम्बु । जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले आर्थिक वर्ष २०८०/०८१ मा ३२ जना फरार प्रतिवादी पक्राउ गरेको छ । ३२ जना फरार प्रतिवादी पक्राउ गरी फैसला कार्यान्वयनका लागि जिल्ला अदालत पेस गरिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।
विभिन्न मिति र समयमा फरार रहेकालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
उनीहरूलाई १२ लाख पाँच हजार एक सय ६२ रुपैयाँ जरिवाना तोकिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक एवं सूचना अधिकारी लक्ष्मण गिरीले जानकारी दिनुभयो । वहाँका अनुसार पक्राउ परेकाहरूको कैद सजाय हिसाब गर्दा ४ वर्ष २ महिना ४ दिन कैद सजाय हुन आउँछ ।
यसैबिच आव २०८/०८१ म कर्तव्य ज्यान, बाल यौन दुर्व्यवहार लगायतका विभिन्न एक सय ५५ वटा मुद्दा जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुमा दर्ता भएका छन् । जसमा ४८ वटा मुद्दा फर्छ्यौट गरिएको छ भने एक सय सात वटा अनुसन्धानको क्रममा रहेको प्रहरी निरीक्षक लक्ष्मण गिरीले जानकारी दिनुभयो ।
2026-10-11-08-11-22.jpeg)





2026-10-09-08-52-42.jpeg)
.2026-06-23-11-04-44.2026-10-06-10-49-00.jpeg)