जिल्ला अस्पताल फाप्लुले दियो : ११३ जनालाई सुरक्षित प्रसुति सेवा
सोलुखुम्बु : जिल्ला अस्पताल फाप्लुमा एक वर्षमा ११३ जनाले सुरक्षित प्रसुति सेवा लिएका छन । गत आर्थिक वर्ष २०८१÷८२ मा अस्पतालमा आएर ११३ आमाहरुले सुरक्षित प्रसुति सेवा लिएको जिल्ला अस्पताल फाप्लुले जनाएको छ । जस मध्ये ४४ जनाको शल्यक्रिया र ६९ जनाको सामान्य प्रसुति गराइएको अस्पतालका मेडिकल रेकर्डर सुपरभाइजर सुजा गुरुङले जानकारी दिनुभयो। । पौष र चैत्र महिनामा सबैभन्दा कम प्रसूति भएको छ । दुवै महिनामा ६–६ वटा मात्र प्रसूति भएको थियो ।
उहाँका अनुसार गर्भवती महिलाले गर्भावस्थामा अधिकतम ८ पटक सम्म स्वास्थ्य परीक्षणमा सहभागी भए बापत ८ सय प्राप्त गर्ने सुविधा रहेको छ भने हिमाली भेगका क्षेत्रमा सबै महिलालाई यातायात खर्च ३ हजार रुपैया प्रदान गर्ने गरिएको गुरुङले बताउनुभयो । यसले महिलालाइ नियमित स्वास्थ्य जाँच गर्न प्रोत्साहन गर्ने र गर्भावस्था सम्बन्धी जोखिम कम गर्ने उदेश्यले कार्यक्रमलाई जारी राखेको अस्पताले जनाएको छ । आर्थिक बर्ष २०८० ÷ ८१ मा १६३ जनाले प्रसुति सेवा लिएका थिए ।
ताजा खबर
सबै- रसुवा बाढी : मंगलबार दिउँसोसम्म १०५८ शव भेटिए
- रेड पाण्डा म्याराथन नोभेम्बर २८ मा हुने, विपत्तिका कारण आयोजना मिति सर्यो
- लिखुपिकेको चौलाखर्क स्वास्थ्य चौकीमा अल्ट्रासाउन्ड सेवा थपिँयो , भदौ २३ देखि सञ्चालन हुने
- सल्लेरी च्याल्सा विद्युत कम्पनी सोलुखुम्बुद्वारा बाढीपीडितका लागि प्रधानमन्त्री कोषमा ५ लाख रुपैयाँ सहयोग
- प्रकाश सिंह कार्कीले एक महिनाको तलब विपद् कोषमा दिने







