हिउँमा फसेका ७ सय ५० जनालाई सुरक्षित स्थानमा ल्याइयो
सोलुखुम्बुः असोज ११ गते रातिदेखि हिमाली भेगका केही जिल्लाहरूमा परेको हिउँका कारण फसेका व्यक्तिहरूको नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले सुरक्षित स्थानमा स्थानान्तरण गर्नुका साथै उद्धार गरेको छ ।हिउँका कारण फसेका ७ सय ५० जनालाई मनाङको तिलिचो बेस क्याम्पबाट डिस्याङ गाउँपालिका–९ स्थित खाङसारसम्म सुरक्षित साथ ल्याइएको सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए । यसैगरी ५० जनालाई तिलिचो वेश क्याम्पमा सुरक्षित साथ राखिएको छ ।
मनाङ घुम्न गएका पर्यटकहरुलाई बस्ने र खानाको खाङसारमा पर्याप्त ठाउँ नभएपछि केही पर्यटकहरुलाई सुरक्षित साथ फर्कने व्यवस्था मिलाइएको उनले बताए ।त्यसैगरी काठमाडौँ महानगरपालिका–३१ बस्ने ४५ वर्षका वीरेन्द्र रसाइलीको लेक लागेर बेहोस अवस्थामा उद्धार गरिएको छ ।तिलिचो ताल भ्रमण गरी फर्कने क्रममा उनलाई एक्कासि लेक लागी बेहोस भएपश्चात् सशस्त्र प्रहरी बल नेपाल पर्वतीय उद्धार तालिम शिक्षालय मनाङको सुरक्षा फौजले उनलाई स्टेचरमा राखी खाङसारबाट हुम्डे स्वास्थ्य चौकीसम्म ल्याएको हो । मनाङ्गमा सशस्त्र प्रहरी बलको पर्वतीय उद्धार तालिम शिक्षालय स्थापना भएर उच्च भूभाग खोज तथा उद्धार तालिम समेत सञ्चालन गर्न थालेपछि हिमपातमा परेका नागरिकहरुको उद्धारमा सहजता भएको छ ।
ताजा खबर
सबै- प्रहरी उपरीक्षक श्रेष्ठद्वारा जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुको निरिक्षण
- रेड पाण्डा म्याराथनको तयारी पुरा, ३ सय धावक सहभागी हुदै , अभिनेता दयाहाङ राई सोलुुखुम्बुमा
- हिमालयन डायमण्ड फाउन्डेसनद्वारा टाक्सिन्दु माविका १८५ विद्यार्थी र २२ शिक्षक(कर्मचारीलाई न्यानो ज्याकेट तथा पोशाक वितरण
- रामेछाप हुँदै सगरमाथा आधारशिविर जोड्ने सडक निर्माणका लागि ५ अर्ब बजेट सुनिश्चित
- माप्य दुधकोशीका २ आगलागीबाट १ करोड बढिको क्षति






