आजपनि भारी वर्षा र हिमपातको सम्भावना
काठमाडौंः काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा वर्षा भइरहेको छ। बिहीबार साँझदेखिन नै देशका विभिन्न भूभागमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो र राति पनि वर्षाको सम्भावना छ। नेपाल मौसम विज्ञान विभागका अनुसार दिउँसो कोसी, मधेस र वाग्मती प्रदेशको एकदुई स्थानमा भारी वर्षा÷हिमपात सम्भावना छ।
विभागले दिउँसो कोसी, मधेस, वाग्मती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा अधिकांश स्थानमा बादल लाग्ने बताएको छ। सुदूरपश्चिम प्रदेशमा साधारणतया बादल लाग्नेछ। कोसी, मधेस र वाग्मती प्रदेशका धेरै स्थान, गण्डकी प्रदेशको केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भूभागको केही स्थानमा मेघगर्जन चट्याङसहित मध्यमसम्मको वर्षा÷हिमपातको सम्भावना छ।
लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागको थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ। विभागले राति देशभर साधारणतया बादल लाग्ने बताएको छ। देशको हिमाली थोरै स्थानमा मध्यम सम्मको वर्षा÷हिमपातको सम्भावना छ।
कोसी र गण्डकी प्रदेशको पहाडी भूभागको एकदुई स्थानमा हल्का वर्षाको समभावना छ। हाल नेपालमा बंगालको खाडीमा विकसित चक्रवात ‘अर्नब’को अवशेषका साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव छ। आज अपराह्नदेखि भने यसको प्रभाव क्रमिक रूपमा कम हुने विभागले बताएको छ।






