आइतबार, १६ कार्तिक, २०८३ (1793384100)
शनिबार कार्तिक १५, २०८३

खराब मौसमका कारण मन्थली–लुक्ला उडान २ दिनदेखि ठप्प

सोलुखुम्बु  :   खराब मौसमका कारण २ दिनदेखि लुक्लामा हवाइ उडान प्रभावित बनेको छ । नागरिक उड्ययान प्राधिकरण लुक्लाले दिएको जानकारी अनुसार २ दिनमा करिब ५०   भन्दा बढी उडान स्थगित भएका छन् । २ दिनदेखि उडान प्रभावित भएपछि केही कम्पनीले हेलिकप्टरमार्फत पर्यटक ओसारपसार गरिहेका छन ।   लुक्लातर्फको मौसम एकदमै खराब भएकाले जहाजलाई अवतरण गर्न असजिलो हुने प्राधिकरणले जनाएको छ । अवतरणका लागि पाइलटले केही टाढा देखिनै विमानस्थल देख्नपर्छ ।

तर लुक्लाको विमनस्थलमा बाक्लो हुस्सु लाग्ने, हावाको वेग नराम्ररी चल्ने भएपछि पछिल्लो समयमा अवतरणमा समस्या भएको हो ।  निश्चित समयसम्मका लागि भिसा लिएर नेपाल आएका पर्यटक समयमा लुक्ला जान र फर्कन नपाएपछि चिन्तित बनिरहेका छन् ।  काठमाडौँबाट लुक्ला जाने पर्यटकलाई विभिन्न कम्पनीले काठमाडौँदेखि मन्थलीसम्म सडकमार्गबाट ल्याएपछि लुक्लासम्म जहाज तथा हेलिकप्टरमा पठाउने गरिएको छ ।