अनमोल केसीको ‘जेरी अन टप’ को छायाङ्कन लुक्लामा
फिल्म ‘जेरी अन टप’को छायाङ्कन सुरु भएको छ । ६० दिनको सेड्युल लिएर फ्लोरमा निस्केको फिल्म काठमाडौँ, लुक्ला र भारतको लद्धाखमा छायाङ्कन हुने एसोसिएट निर्माता विवेक थापाले जानकारी दिनुभयो । फिल्मको सुटिङ अहिले लुक्लामा भइरहेको छ । अनमोल केसीको मुख्य भूमिका रहने ‘जेरी अन टप’मा भुवन केसी, जसिता गुरुङ, आँचल शर्मा, केदार घिमिरे, विपना थापा, निर्मल शर्मा, सुरक्षा पन्त, सङ्गीता मगर र सुष्मा निरौलाको अभिनयमा रहने छ ।
सरोज न्यौपानेको निर्माणमा बन्न लागेको फिल्मको कार्यकारी निर्मातामा ईश्वर श्रेष्ठ र अनिरुद्र गिरी छन् भने ओमप्रकाश अग्रवाल र विवेक थापा एसोसिएट निर्माताका रूपमा रहेका छन् । सुयोग गुरुङको निर्देशन रहने फिल्मको कथा हेमराज बिसीको हो । यो फिल्ममा विश्व तिमिल्सिनाको पटकथा छ । फल्मलाई रीच इन्टरटेन्मेन्ट र एफडी कम्पनीले वितरण अधिकार लिएका छन् । फिल्ममा किरण थापाको कोरियोग्राफी र विर्जेश श्रेष्ठको संगीत रहनेछ ।






2026-10-09-08-52-42.jpeg)
.2026-06-23-11-04-44.2026-10-06-10-49-00.jpeg)