आइतबार मङ्सिर १६, २०८१
अब नेतृत्व आफैले धानेर पठाउनु पर्छ
छवी बास्तोला
नेचासल्यान, सोलुखुम्बु ।
हुल्याहा कपटी जाली छानेर पठाउनु पर्छ
मान्दैनन् ती जबर्जस्ती तानेर पठाउनु पर्छ ।
भन्दैनन् म गलत हुँ सकार्दैनन् गल्ती आफ्नो
खोजी गरेर आफैले जानेर पठाउनु पर्छ ।
खोइ फेरिए पटकपटक मौका दिँदाखेरि
फेरि गल्ती दोहोरिने ठानेर पठाउनु पर्छ ।
कतै वृद्द रोगी नेता धान्न नसक्ने फालौँ मान्छे
अब नेतृत्व आफैले धानेर पठाउनु पर्छ ।
झण्डा बोक्दैमा लाग्दैन नेता हुन्छ
वस्तु न बजार कहाँ क्रेता हुन्छ ?
न अनुभव छ न प्रमाणपत्र
उमेर पुग्दै कहाँ योग्यता हुन्छ र ?
आफै हार्छ रिसले पार्छ समाप्ति
सहनशील् जो छ ऊ विजेता हुन्छ ।
नगहिरिएर हुन्न तत्वबोध
किताब हेर्दै कहाँ अध्यता हुन्छ र?






2026-10-09-08-52-42.jpeg)
.2026-06-23-11-04-44.2026-10-06-10-49-00.jpeg)