नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा प्रकाशसिंह कार्की निर्वाचित
सोलुखुम्बु ः नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत खुलातर्फको केन्द्रीय सदस्य पदमा प्रतिनिधिसभा सदस्य प्रकाशसिंह कार्की निर्वाचित हुनुभएको छ । बिहीबार सम्पन्न मतगणनाको अन्तिम परिणामअनुसार कार्कीले २ हजार ४१९ मत प्राप्त गर्दै केन्द्रीय सदस्य पदमा निर्वाचित हुनुभएको हो।
खुलातर्फका ४५ केन्द्रीय सदस्य पदका लागि भएको प्रतिस्पर्धामा ८९ जना उम्मेदवार सहभागी थिए। लामो समयदेखि नेपाली कांग्रेसको राजनीति, व्यावसायिक क्षेत्र तथा सामाजिक सेवामा सक्रिय रहँदै आउनुभएका कार्कीको यो विजयलाई उहाँको राजनीतिक यात्राको महत्त्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ। सोलुखुम्बुबाट विद्यार्थी राजनीतिमार्फत आफ्नो राजनीतिक जीवन सुरु गर्नुभएका उहाँ पार्टीको जिल्ला तहदेखि केन्द्रीय नेतृत्वसम्म पुग्न सफल हुनुभएको छ।
कार्कीले विसं २०३५ सालमा नेपाल विद्यार्थी संघ (नेविसंघ) मार्फत राजनीतिक यात्रा सुरु गर्नुभएको थियो। त्यसपछि विसं २०४७ सालमा सम्पन्न नेपाली कांग्रेसको चाक्सीबारी सम्मेलनमा सोलुखुम्बुबाट प्रतिनिधित्व गर्नुभएको उहाँले सोलुखुम्बु–काठमाडौं सम्पर्क समितिको महासचिवको जिम्मेवारीसमेत सम्हाल्नुभएको थियो। त्यसक्रममा उहाँले पार्टीको जिल्ला सदस्य तथा महाधिवेशन प्रतिनिधिका रूपमा रहेर संगठन विस्तार र पार्टीका गतिविधिमा योगदान पु¥याउनुभएको थियो।
राजनीतिक यात्राका क्रममा पार्टी संगठन निर्माण, सामाजिक सेवा तथा व्यावसायिक क्षेत्रमा सक्रिय रहनुभएका कार्कीले प्रतिनिधिसभा सदस्यका रूपमा संसदीय अनुभवसमेत हासिल गर्नुभएको छ। विभिन्न क्षेत्रमा प्राप्त अनुभवलाई जनसेवा र पार्टी संगठन सुदृढीकरणमा उपयोग गर्दै आउनुभएका उहाँको केन्द्रीय सदस्यमा निर्वाचित हुनुले सोलुखुम्बुको प्रतिनिधित्व पार्टीको केन्द्रीय तहमा थप सुदृढ हुने अपेक्षा गरिएको छ। सोलुखुम्बुबाट सुरु भएको कार्कीको राजनीतिक यात्रा नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिसम्म पुगेको छ ।
ताजा खबर
सबै- सोलुखुम्बुमा प्रहरीको ७१ औँ स्थापना दिवस, नागरीकको विश्वास जित्न निर्देशन
- नेपाली कांग्रेसको सहमहामन्त्रीमा सोलुका शेर्पा निर्वाचित
- सल्लेरीमा खसीको मासु प्रतिकिलो १२२० सम्म
- नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा प्रकाशसिंह कार्की निर्वाचित
- निम्सदाईको नेतृत्वमा सगरमाथा क्षेत्रमा निर्माण गरिएको लोबुचे पोर्टर हाउसलाई अन्तर्राष्ट्रिय अवार्ड
2026-10-16-05-32-28.jpeg)


2026-10-12-03-58-15.jpeg)


