शुक्रबार, ३० असोज, २०८३ (1792088100)
शुक्रबार असोज ३०, २०८३

 नेपाली कांग्रेसको सहमहामन्त्रीमा सोलुका शेर्पा निर्वाचित  

   सोलुखुम्बु— नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनबाट अल्पसंख्यक कोटातर्फको सहमहामन्त्री पदमा आङ्गेलु शेर्पा निर्वाचित हुनुभएको छ । निर्वाचनमा कुल ३,५५६ मत प्राप्त गर्दै शेर्पा सहमहामन्त्री पदमा विजयी हुनुभएको हो।
   पार्टी संगठन तथा हिमाली एवम् अल्पसंख्यक समुदायको अधिकार र प्रतिनिधित्वका लागि निरन्तर क्रियाशील रहँदै आउनुभएका शेर्पालाई महाधिवेशन प्रतिनिधिहरूले उच्च मूल्यांकन गर्दै फराकिलो जनमतद्वारा विजयी गराएका छन्। नेपाली कागे्रसको केन्द्रीय सदस्यमा गीता गुरुङ र प्रकाशसिहं निर्वाचीत भइसक्नुभएको छ ।