भोटेकोशी बाढीमा बेपत्ता भएकाहरूको आधिकारिक विवरण यकिन गर्न महाकुलुङ गाउँपालिकाको आह्वान
सोलुखुम्बु – रसुवा भोटेकोशी बाढीमा परी बेपत्ता भएका व्यक्तिहरूको आधिकारिक विवरण यकिन गर्न महाकुलुङ गाउँपालिकाले स्थानीय नागरिकहरूलाई निवेदन पेश गर्न आह्वान गरेको छ। नेपाल सरकारद्वारा जारी “बेपत्ता भएका व्यक्तिहरूको आधिकारिक विवरण यकिन गर्ने प्रक्रिया, २०८३“ बमोजिम गाउँपालिकाले सूचना जारी गर्दै यस्तो आह्वान गरेको हो।
गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत खरिधन राईद्वारा हस्ताक्षरित सूचनाअनुसार, महाकुलुङ गाउँपालिकाका स्थायी बासिन्दा भई उक्त बाढीमा बेपत्ता भएका व्यक्तिका सम्बन्धित परिवारका सदस्यले आवश्यक कागजातसहित सूचना प्रकाशित भएको मितिले ५ दिनभित्र सम्बन्धित वडा कार्यालयमा आवेदन दिनुपर्नेछ। यदि अन्तिम दिन सार्वजनिक विदा परेमा सो विदापछिको कार्यालय खुल्ने पहिलो दिनभित्र निवेदन पेश गर्न सकिने व्यवस्था गरिएको छ।
निवेदनका लागि बेपत्ता भएका व्यक्तिको एकाघरका परिवारका सदस्यले बेपत्ता व्यक्तिको नाम, थर, ठेगाना, उमेर खुल्ने सरकारी कागजात वा पहिचान खुल्ने अन्य कागजातका साथै नाता प्रमाणित हुने कागजात र सोही बाढीमा बेपत्ता भएको हो भन्ने स्वघोषणा संलग्न गर्नुपर्नेछ। त्यसैगरी बेपत्ता भएका व्यक्तिको एकाघरका परिवारका सदस्य नभएको अवस्थामा भने सम्बन्धित वडा अध्यक्षले वडा सचिव र स्थानीय प्रहरीको रोहबरमा सोही बाढीबाट बेपत्ता भएको यकिन गरी सर्जमिन मुचुल्कासहित सम्बन्धित वडा कार्यालयमा निवेदन पेश गर्नुपर्ने सूचनामा उल्लेख छ।
ताजा खबर
सबै- सोलुखुम्बुमा प्रहरीको ७१ औँ स्थापना दिवस, नागरीकको विश्वास जित्न निर्देशन
- नेपाली कांग्रेसको सहमहामन्त्रीमा सोलुका शेर्पा निर्वाचित
- सल्लेरीमा खसीको मासु प्रतिकिलो १२२० सम्म
- नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा प्रकाशसिंह कार्की निर्वाचित
- निम्सदाईको नेतृत्वमा सगरमाथा क्षेत्रमा निर्माण गरिएको लोबुचे पोर्टर हाउसलाई अन्तर्राष्ट्रिय अवार्ड




2026-10-12-03-58-15.jpeg)


