शरद् ऋतुमा हिमाल आरोहणका लागि १,०९८ आरोहीले लिए अनुमति
सोलुखुम्बुः यस वर्षको शरद् ऋतुमा नेपालका विभिन्न हिमाल आरोहणका लागि ७१ देशका १ हजार ९८ जना आरोहीले अनुमति लिएका छन् ।पर्यटन विभागका अनुसार सन् २०२६ को यस याममा ४१ वटा हिमाल चढ्न एक सय ३० वटा टोलीलाई आरोहण अनुमति दिइएको हो । अनुमति लिनेमा ८ सय ३३ पुरुष र २ सय ६५ जना महिला आरोही रहेका छन् ।
आरोहण अनुमति बापत सरकारले २८ करोड २४ लाख रुपैयाँभन्दा बढी रोयल्टी सङ्कलन गरेको छ । यस याममा सबैभन्दा बढी आकर्षक ८ हजार १ सय ६३ मिटर अग्लो मनास्लु हिमाल बनेको छ ।मनास्लु आरोहणका लागि मात्रै ४३ वटा टोलीका ५ सय जनाले अनुमति लिएका छन्, जसबाट २२ करोड ५८ लाख रुपैयाँभन्दा बढी रोयल्टी प्राप्त भएको छ ।
यस्तै, आमादब्लमका लागि १ सय ७८ जना र हिम्लुङ हिमालका लागि ९४ जनाले अनुमति लिएका छन् । धौलागिरि, मकालु, पुथा हिउँचुलीजस्ता अन्य हिमालमा पनि आरोहण अनुमती लिएका छन् ।विभागका अनुसार आरोहण अनुमति लिनेमा सबैभन्दा बढी चीनका १ सय ३२ जना नागरिक रहेका छन् । त्यसैगरी रसियाका ९६, अमेरिकाका ९४ र फ्रान्सका ९३ जना आरोही नेपाल आएका हुन् । नेपालका पनि २६ जनाले यस याममा विभिन्न हिमाल आरोहणका लागि अनुमति लिएको पर्यटन विभागले जनाएको छ ।
ताजा खबर
सबै- सोलुखुम्बुमा प्रहरीको ७१ औँ स्थापना दिवस, नागरीकको विश्वास जित्न निर्देशन
- नेपाली कांग्रेसको सहमहामन्त्रीमा सोलुका शेर्पा निर्वाचित
- सल्लेरीमा खसीको मासु प्रतिकिलो १२२० सम्म
- नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा प्रकाशसिंह कार्की निर्वाचित
- निम्सदाईको नेतृत्वमा सगरमाथा क्षेत्रमा निर्माण गरिएको लोबुचे पोर्टर हाउसलाई अन्तर्राष्ट्रिय अवार्ड




2026-10-12-03-58-15.jpeg)


